राष्ट्रिय तथ्याङ्क कार्यालय (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केन्द्रीय तथ्याङ्क विभाग[१]
निकाय विवरण
गठनसन् १९५९
अधिकार क्षेत्र Nepal
प्रधान कार्यालयथापाथली, काठमाडौँ, नेपाल
निकाय कार्यकारी
  • सुमन राज अर्याल, महानिर्देशक
भगिनी निकायराष्ट्रिय योजना आयोग, नेपाल, नेपाल सरकार
प्रमुख दस्तावेज
  • तथ्याङ्क ऐन, २०१५ वि.सं.
वेबसाइटcbs.gov.np

राष्ट्रिय तथ्याङ्क कार्यालय (पुरानो नामः केन्द्रीय तथ्याङ्क विभाग) नेपालमा तथ्याङ्कको सङ्कलन, समेकन, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रसारको लागि केन्द्रीय निकाय हो।[१] यसको मुख्य काम नेपाल सम्बन्धी विभिन्न तथ्याङ्कीय अनुसन्धान र त्यसको प्रकाशन गर्नु हो, जस मध्ये नेपालको समग्र जनसङ्ख्या गणना र जनसाङ्ख्यिकीय अध्ययन सबैभन्दा प्रमुख काम हो।[२]

विक्रम सम्वत् २०७९ भाद्र २८ मा नयाँ तथ्याङ्क ऐन, २०७९ जारी गरि केन्द्रीय तथ्याङ्क विभागलाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा स्तरोन्नति गर्ने प्रावधान राख्यो।[३] विक्रम सम्वत् २०७९ आश्विन २७ गते राष्ट्रिय तथ्याङ्क कार्यालयको स्थापना भयो। यस कार्यलयलाई हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

केन्द्रीय तथ्याङ्क विभाग सन् १९५९ नेपालको राष्ट्रिय योजना आयोग अन्तर्गत स्थापित भएको थियो, जसको नेतृत्व नेपालका प्रधानमन्त्रीले गर्नुहुन्छ।[४] सन् २०१५ अघि, नेपालका विभिन्न सरकारी निकायहरूले आवश्यकता अनुसार आफैँ तथ्याङ्कहरू सङ्कलन गरे। जसले गर्दा तथ्याङ्कीय जानकारीमा असङ्गति निम्त्यायो, जसका लागि विभागले प्रक्रिया सुधार गर्न आह्वान गर्यो, जुन सन् २०१७ सम्ममा हेर्दा कार्यान्वयन हुन सकेको छैन्। [५]

विभागको मुख्य कार्यहरूभित्र सरकारलाई सार्वजनिक नीति योजना निर्माण सहयोग पुर्‍याउन तथ्याङ्कहरू उपलब्ध गराउने, सामाजिक आर्थिक तथ्याङ्क सङ्कलन र विश्लेषण गर्ने, र विश्वसनीय तथ्याङ्क सङ्कलन र कार्यान्वयनको लागि विधि विकास गर्ने पर्दछन्। [६]

वि.सं. २०७२ सालको (अप्रिल २०१५) नेपालको भूकम्प पछि, यस विभागले संयुक्त राष्ट्र संघको समन्वयमा भूकम्प पीडितहरूलाई सहयोग र क्षतिपूर्ति दिनका लागि नेपाल सरकारलाई तथ्याङ्क उपलब्ध गराउन क्षतिको बारेमा तथ्याङ्क सङ्कलन गरेको थियो। [७] [८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "About CBS", केन्द्रीय तथ्याङ्क विभाग, अन्तिम पहुँच २६ नोभेम्बर २०१३ 
  2. "Census puts Nepal's population at 26.49 million", कान्तिपुर (दैनिक), अन्तिम पहुँच २६ नोभेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २९ नोभेम्बर २०१२ मिति
  3. "राष्ट्रिय तथ्याङ्क कार्यालय (परिचय)", nsonepal.gov.np, अन्तिम पहुँच २०२४-०२-१८ 
  4. "Introduction & History", राष्ट्रिय योजना आयोग, अन्तिम पहुँच २० अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २ नोभेम्बर २०१७ मिति
  5. "CBS launches Kathmandu Declaration", द हिमालयन टाइम्स, अन्तिम पहुँच २० अक्टोबर २०१७ 
  6. https://cbs.gov.np/main-functions/ वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-२५ मिति
  7. "CBS collecting details of loss in 14 quake-hit districts afresh", द हिमालयन टाइम्स, अन्तिम पहुँच २० अक्टोबर २०१७ 
  8. "CBS to submit data on quake survivors soon", द हिमालयन टाइम्स, अन्तिम पहुँच २० अक्टोबर २०१७