गोमस्तापुर उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोमस्तापुर
গোমস্তাপুর
गोमस्तापुर is located in बङ्गलादेश
गोमस्तापुर
गोमस्तापुर
बङ्गलादेशको नक्शामा गोमस्तापुर उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°४६.५′उ॰ ८८°१७′पू॰ / २४.७७५०°N ८८.२८३°E / 24.7750; 88.283निर्देशाङ्कहरू: २४°४६.५′उ॰ ८८°१७′पू॰ / २४.७७५०°N ८८.२८३°E / 24.7750; 88.283
देश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लाचाँपाइ नबाबगञ्ज जिल्ला
क्षेत्रफल
 • जम्मा३१८.१३ किमी (१२२.८३ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ [१])
 • जम्मा२७५,८२३
 • घनत्व८७०/किमी (२२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक कोड
6321
वेबसाइटgomostapur.chapainawabganj.gov.bd

गोमस्तापुर बङ्गाली: গোমস্তাপুর बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला नवावगञ्ज जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२][३]

भूगोल[सम्पादन गर्नुहोस्]

गोमस्तापुर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°४४' देखि २४°५८' उत्तर अक्षांश र ८८°१३' देखि ८८°५८' पूर्वी देशान्तरणमा अवस्थित छ। गोमस्तापुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३१८.१३ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई पोरशा उपजिल्ला र भारतको पश्चिम बङ्गाल राज्यले उत्तर, शिवगञ्ज उपजिल्लाल र नाचोल उपजिल्लाले दक्षिण, नियमतपुरनाचोल उपजिल्लाले पूर्व, भोलाहाट, शिवगञ्ज उपजिल्ला र भारतको पश्चिम बङ्गाल राज्यले पश्चिमबाट घेरेको छ। महानन्द, पुनर्भाह र कोलर बिल, कुडिया बिल, बारा बिल, बारन बिल, कोरल बिल, दमास बिल आदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।[४][५]

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २४०१२३ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १२२३२५ छ भने महिलाको जनसङ्ख्या ११७७९८ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २२२५६८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १४४२० रहेको छ।[६] त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १६२४, इसाई धर्मवलम्बीको जनसङ्ख्या ५० र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १४६१ रहेको छ।यस उपजिल्लामा पहाडी, मुण्डा, उराँव आदि जनजातिका मानिस बसोबास गर्छन्।[७][८]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, आलु तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, कटहर, केरा, लिची, मेवा, भुइँकटर, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, चामल, आँप, टमाटर तथा मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, जुट र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १९ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुपै मात्रामा माछापालन केन्द्र दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६२.४५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.७५% मजदुरी, उद्योग १.६१%, वाणिज्यमा १६.८७%, सञ्चार र यातायातमा १.३३%, निर्माण क्षेत्रमा १.१६%, सुविधा ३.४५%, धार्मिक सेवा ०.१७%, वैदेशिक रोजगारी ०.११% र अन्य ८.१०% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय गोमस्तापुर थानाको स्थापना सन् १८३६ भएको थियो भने सन् १९८३ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। गोमस्तापुर उपजिल्ला गोमस्तापुर नगरपालिका सहित ८ सङ्घ परिषदमा विभाजन गरिएको छ जुन यस प्रकार छन्; आलिनगर सङ्घ परिषद्, भङ्गाबाडी सङ्घ परिषद्, बाओली सङ् परिषद्, चाउडाला सङ्घ परिषद्, गोमस्तापुर सङ्घ परिषद्, पार्वतीपुर सङ्घ परिषद्, रोधानगर सङ्घ परिषद्, रोहनपुर सङ्घ परिषद्। हाल यस उपजिल्लामा ८ सङ्घ परिषद्, ३३ मौजा/महल्ला र २३४ गाउँहरू रहेका छन्।[९]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको कुल साक्षरता दर ३५.४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३७.४% छ भने महिलाको साक्षरता दर ३३.२% रहेको छ। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण।संस्था यस प्रकार छन्; आलिनगर विद्यालय तथा क्याम्पस, विजय सुनजुरा अदरासा जेआर विद्यालय, बोसनाली कन्या विद्यालय, बोसोनिताल कन्या उच्च विद्यालय, पार्वतीपुर नमुना कन्या विद्यालय, पुरातन प्रसाद पुर कन्या विद्यालय, रोहनपुर हाजी गजुदिन कन्या क्याम्पस, शोरो ग्राम उच्च कन्या विद्यालय, आलिनगर कन्या उच्च विद्यालय, बडाददापुर केएएम उच्च विद्यालय, बसानीतोला उच्च विद्यालय, बेगुनबाडी कन्या उच्च विद्यालय, भतखइर उच्च विद्यालय, बाओली कन्या उच्च विद्यालय, बाओली बिएल उच्च विद्यालय, बोहीपाडा उच्च विद्यालय, बोङ्पुर उच्च विद्यालय, ब्रोजोनाथ विद्यालय, चरणडाङ्गा उच्च विद्यालय, चरणडाङ्गा बिएल उच्च विद्यालय, चौडाला कन्या उच्च विद्यालय, दियोपुरा उच्च विद्यालय, इयानतपुर उच्च विद्यालय, गोमस्तापुर ए माहिद कन्या उच्च विद्यालय, गोमस्तापुर कन्या शिक्षण संस्था, गोमस्तापुर पाइलट उच्च विद्यालय, होगला उच्च विद्यालय, हुजरापुर नमुना शिक्षण संस्था, जोसोइल नमुना शिक्षण संस्था, कृष्णपुर उच्च विद्यालय, प्रसादपुर कन्यम उच्च माध्यमिक विद्यालय, राहानपुर जनतन उच्च विद्यालय, बिबिसन दखिल मदरसा आद

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "এক নজরে গোমস্তাপুর উপজেলা", বাংলাদেশ জাতীয় তথ্য বাতায়ন, গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, ১৫ জুলাই ২০১৪। [dead link]
  2. "গোমস্তাপুর উপজেলা - বাংলাপিডিয়া", বাংলাপিডিয়া 
  3. "গোমস্তাপুর উপজেলা", বাংলাদেশ জাতীয় তথ্য বাতায়ন 
  4. "Gomastapur Upazila", Banglapedia, अन्तिम पहुँच १५ नोभेम्बर २०१८ 
  5. "Tehsil Map of Maldah", CD Block/ Tehsil, Maps of India, अन्तिम पहुँच १५ नोभेम्बर २०१८ 
  6. "বাংলাদেশ জনসংখ্যা ও আবাসন আদমশুমারি ২০১১: জেলা রিপোর্ট - চাঁপাই নবাবগঞ্জ", লিঙ্গ এবং বাসভবনের দ্বারা গৃহস্থালী এবং জনসংখ্যা, ধর্ম দ্বারা জনসংখ্যা, বয়সের এবং আবাস, জনসংখ্যার সাক্ষরতা ७ বছর এবং তার বেশি ধর্ম, লিঙ্গ এবং বাসস্থান দ্বারা, বাংলাদেশ পরিসংখ্যান ব্যুরো, পরিকল্পনা মন্ত্রক, জনগণের প্রজাতন্ত্র বাংলাদেশ সরকার, अन्तिम पहुँच ९ डिसेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण २८ सेप्टेम्बर २०२२ मिति
  7. "ভাষা ও সংষ্কৃতি" (बाङ्लामा), মন্ত্রিপরিষদ বিভাগ, গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, ১৩ ডিসেম্বর ২০১৫। 
  8. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  9. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]