चन्द्रमानक नेपाल सम्वत्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चन्द्रमानक नेपाल सम्वत् पृथ्वीले सूर्य घुम्ने समयावधिमा आधारित छ । यो सम्वत्‌ अन्य हिन्दु वा बौद्ध पञ्चाङ जस्तै आधारमा चल्दछ । [१] [२]

महिनाहरू[सम्पादन गर्नुहोस्]

चन्द्रमानक नेपाल सम्वत्‌का सामान्य बाह्र, प्रत्येक तीन वर्षमा थपिने तेह्रौँ महिना र लगभग दुई दशकमा हराउने एक महिना यस प्रकारका छन् :

क्र.सं. महिनाको नाम उत्पत्ति वा अर्थ
कछला पहिलो महिनालाई करुणामयला पनि भनिन्छ। कार्तिक शुक्ल पक्ष प्रतिपदा सूर्योदय बेला भएको दिनलाई न्हूदँ अथवा नयाँ वर्ष भनिने हुदा अथवा नयाँ वर्ष भनिछ ।
थिंला सर्ग थिंला आकाशमा धेरै ताराहरु देखिने, आकाश छर्लङ्ग हुने महिना भनिन्छ ।
प्वँहेला पोँ असिना र हिउँ पर्ने जाडो महिना भनिन्छ ।
सिल्ला पहिला पहिला बिफरले मानिसहरूलाई सताउँथ्यो । त्यसैले सितला माईको पूजा गर्दथे, जसबाट सिल्ला हुन गयो । यस महिनामा सरस्वतीको पूजा पनि गरिन्छ। यही दुई अर्थबाट सिल्ला बनेको हुन सक्छ।
चिल्ला चिरस्वायगुला, फागु पूर्णिमा, वसन्त ऋतुको आगमन हुने महिना भनिन्छ ।
चौला
बछला विक्रम सम्बतको पहिलो महिना मानिन्छ ।
तछला तथागतछला भन्न सकिन्छ । तथागत भनेको बुद्ध हो । बुद्ध संवतको पहिलो महिना मानिन्छ । बुद्ध जेष्ठ महिनामा जन्मेको प्रमाणित भएको छ ।
दिल्ला यो देशभरि रोपाइँ गर्ने, मुख्य महिना आर्थिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण महिना भएकोले देला (दे भनेको देश हो) । भनिएको हो ।
१० गुंला गुंला भनेको सुनसान ठाउँ, जहाँ पुर्खाहरु बसोबास गर्दछन् भन्ने कथन छ । त्यसैले पुर्खाहरूको सम्झनामा गाई जात्रा, जनैपूर्णिमा जूतो घर पवित्र गर्नेको रूपमा लिइन्छ ।
११ यंला यःसिं थनिगु, इन्द्रको चिन्ह, यो महिनामा इन्द्रजात्रा गर्दछन् ।
१२ कौला कौला भनेको केही आने अथवा भोज खाने महिना याने यो महिनामा दशैं पर्दछ ।
१३ अनला तीन वर्षमा एकपटक थपिने अधिक महिना
न्हंला करीब दुई दशकमा एकपटक लुप्त हुने एक महिनालाई 'न्हंला' भनिन्छ ।

तिथि गणना[सम्पादन गर्नुहोस्]

चन्द्रमानक नेपाल सम्वत्‌मा औंशीको भोली पल्ट प्रतिपदाका दिन देखि औंशी सम्मको गणनामा एक महिना हुने गर्दछ । प्रतिपदा देखि पूर्णिमाको दिन सम्मका तिथिहरूलाई 'थ्व', पूर्णिमा पछिको प्रतिपदा देखि औंशी सम्मका तिथिहरूलाई 'गाः' भनिन्छ ।

थ्व चक्र[सम्पादन गर्नुहोस्]

क्र.सं. नेपाल सम्बतमा तिथि गणना संस्कृत / नेपाली भाषामा
पारु प्रतिपदा
दुतिया द्वितिया
तितिया तृतीया
चौथि चतुर्थी
पन्चमि पञ्चमी
खस्तमि षष्ठी
सप्तमि सप्तमी
अस्तमि अष्टमी
नःमि नवमि
१० दसमि दशमी
११ एकादसि एकादशी
१२ दुवादसि द्वादशी
१३ त्रयदसि त्रयोदशी
१४ चःह्रे चतुर्दशी
१५ पुन्हि पूर्णिमा

गाः चक्र[सम्पादन गर्नुहोस्]

क्र.सं. नेपाल सम्बतमा तिथि गणना संस्कृत / नेपाली भाषामा
पारु प्रतिपदा
दुतिया द्वितिया
तितिया तृतीया
चौथि चतुर्थी
पन्चमि पञ्चमी
खस्तमि षष्ठी
सम्प्तमि सप्तमी
अस्तमि अष्टमी
नःमि नवमि
१० दसमि दशमी
११ एकादसि एकादशी
१२ दुवादसि द्वादशी
१३ त्रयदसि त्रयोदशी
१४ चःह्रे चतुर्दशी
१५ आमै औंशी

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपाल सम्बत", झीगु information। 
  2. "चन्द्रमासिक नेपाल सम्बत", नेपाल सम्वत्।  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-३० मिति