चौधरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चौधरी (बङ्गाली: চৌধুরী), (उर्दु: چودھری) नेपालमा राणा राज्यकालमा चौधराई (चारै क्षेत्रमा रेखदेख गर्ने अथवा शासन) गर्नेहरूको चौधराई पदबाट बनेको एक थर हो वा अर्को शब्दमा भन्नु पर्दा तराईवासी वा तराई मूलका थारूहरूलाई सम्मान गरि बोलाउँदा प्रयोग गरिने शब्द हो। यस शब्द संस्कृत भाषाको चतुर्धुरिक भन्ने शब्दबाट आएको थियो। चौधरी थर प्रयोग गर्ने नेपालभारतमा भेटिन्छन् भने बङ्गलादेशमा चौधरी थरलाई चौधुरी भनिन्छ।

चौधरी थर लेखने नेपालको झापा जिल्लाका पाण्डे बाहुन (ब्राह्मण) पनि थिए।[स्रोत नखुलेको] कैलाली जिल्ला निगाली गाउँ पंचायत अन्तर्गतको अलाड गाउँका ठकुरीहरु पनि कैलाली जिल्लामा राणा राज्यकालमा चौधराई गरेकाले चौधरी थर लेख्दथे| नेपालका मारवाडी उद्योगपति विनोद चौधरी, सप्तरी जिल्लाका जनै धारण नगर्ने बैस्से र थारूहरूबाट चौधरी लेखनेहरू भेटिन्छन्। नेपालको छिमेकी देश भारतमा चौधरी थर लेखने केही जाति आफुलाई राजपूत बताउने गर्दछन्।[स्रोत नखुलेको] यस कारण चौधरी पदीय थर हो अथवा पदबाट बनेको थर हो। नेपालका थारू जातिकाहरूले चौधरी थर लेखन थाले पछि चौधरी थर लेखने बाहुन र ठकुरी (राजपूत) हरूले चौधरी थर लेखन छोडेर झपाका बाहुनले आफ्नो पुरानो थर पाण्डे लेखेका थिए।[स्रोत नखुलेको] मारवाडी र सप्तरीका बैस्सेहरूले अहिले पनि चौधरी लेखेका छन्। नेपालका दगौरा अधिकांश थारूहरूले चौधरी लेखेका छन्। मध्य पश्चिम र सुदूर पश्चिमका दगौरा थारुले पञ्चायत राज्यकालमा चौधरी लेखेका थिए। थारुहरू दाङ देउखुरबाट बसाई सर्दै राणा राज्यकाल र पञ्चायत शासन कालमा सुदूर पश्चिम क्षेत्रमा प्रवेश गरेका थिए। उक्त समयमा दाङबाट गएकोले आफ्नो थर दगौरा (डगौरा) लेख्थे। अझैपनि डगौरा लेखने हरूपनि धेरै छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]