डिएगो गोडिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिएगो गोडिन
गोदिन २०१८ फिफा विश्वकपमा उरुग्वेको तर्फबाट
व्यक्तिगत जानकारी
पुरा नाम दिएगो रोबेर्ते गोदिन लिल
जन्म मिति (1986-02-16) १६ फेब्रुअरी १९८६ (उमेर ३८)
जन्म स्थान रोसारीयो, उरुग्वे
उचाइ १.८५ मिटर[१]
खेल्ने स्थान(हरू) रक्षापङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
इन्टर मिलान
युवा करियर
टोली
देफेन्सोर
सन् २००६–२००७ नास्योनाल २६ (०)
सन् २००७–२०१० भिलारियल सीएफ ९१ (४)
सन् २०१०–२०१९ एटलेटिको म्याड्रिड २७७ (१७)
सन् २०१९- इन्टर मिलान २३ (१)
सन् २०२०– काय्यारी 1 (1)
अन्तर्राष्ट्रिय करियर
वर्ष टोली उपस्थिति
सन् २००५– उरुग्वे १३१ (८)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ६ जुलाई २०१८

दिएगो रोबेर्ते गोदिन लिल (स्पेनी: Diego Godín) (जन्म: १६ फेब्रुअरी १९८६) उरुग्वेका एक व्यावसायिक फुटबल खेलाडी हुन जो सेरिए आको क्लब काय्यारीउरुग्वे राष्ट्रिय फुटबल टिमका केन्द्रीय रक्षापङ्क्ति को रूपमा खेल्छन्।[२]

प्रय: विश्वको एक उत्कृष्ट रक्षापङ्क्तिको खेलाडीको रूपमा बयान गरिएका गोदिनले आफ्नो व्यावसायिक फुटबल खेलजीवन सुरुवात उरुग्वेको सेर्रो नामक एक फुटबल क्लब मार्फत गरेका थिए[३] भने क्लबमा आबद्ध भएको तीन वर्ष पश्चात्, उनलाई प्रिमियरा दिभिसियोमा खेल्ने क्लुब नास्योनाद दे फुतबोल नामक एक फुटबल क्लबमा स्थानान्तरण गरिएको थियो। उनी फुटबल खेलमा आबद्ध भएसँगै लगभग सबैजसो समय स्पेनी क्लब बिलारेआल र आत्लेतिको माद्रिदमा बिताएका थिए जहाँ उनले क्लबहरूको प्रतिनिधित्व गर्दै ८ पटक लिग उपाधि जितिसकेका छन् जसमा सन् २०१३-१४ को ला लिगाको उपाधि समावेश छ।[४][५]

सन् २००५ देखि, उरुग्वे राष्ट्रिय फुटबल टोलीबाट प्रदर्शन गरेका गोदिनले राष्ट्रको प्रतिनिधित्व गर्दै तीनवटा फिफा विश्वकप र पाँचपटक कोपा अमेरिकामा सहभागी भइसकेका छन् जहाँ टोलीले सन् २०११ को कोपा अमेरिकाको उपाधि हात पारेको थियो।[६]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

गोदिनको जन्म १६ फेब्रुअरी १९८६ मा, उरुग्वेको र्रोसारिओमा भएको थियो। चार वर्षको उमेर माछा मार्ने क्रममा उनी नदीमा डुबेका थिए र पछि, कसैको मद्दत बिनानै आफू बाहिर निस्कन सफल भएको एक अन्तर्वार्तामा बताएका थिए।[७]

क्लब खेलजीवन[सम्पादन गर्नुहोस्]

गोदिनले आफ्नो व्यावसायिक फुटबलमा १७ वर्षको उमेरमा प्रवेश गरेका थिए जहाँ उनी युवा क्लब सेए सेर्रोमा आबद्ध भएका थिए।[७] उत्कृष्ट प्रदर्शनको तीन वर्ष पश्चात उनलाई प्रिमियरा दिभिस्योको क्लब क्लुब नास्योनाल दे फुतबोलमा अनुबन्धित गरिएको थियो जहाँ उनले उनको परिपक्वता र व्यावसायिकता मार्फत छिट्टै यसको कप्तान पद सम्हाल्न पुगेका थिए। [८]

बिलारेआल[सम्पादन गर्नुहोस्]

अगस्त २००७ मा, गोदिनले पाँच वर्षको सम्झौता ला लिगामा खेल्ने क्लब बिलारेआलसँग हस्ताक्षर गरेका थिए।[९] क्लबमा अनुबन्धन भएको दुई दिन पश्चात्, उनी आबद्ध क्लब सेआ ओसासुनासँग २–३ गोल अन्तरले पराजित भएको थियो जहाँ उनले एक गोल गरेका थिए।[१०][११][१२] त्यसपछिका संस्करणहरूमा, उनले आफ्नो सुरुवाती स्थितिलाई सुदृढ बनाएका थिए जहाँ उनले अर्जेन्टिनाका खेलाडी गोन्सालो रोद्रिगेससँग खेलमा साझेदारी गरेका थिए। रक्षापङ्क्तिबाट खेल्ने गोदिनले यस क्लबमा रहँदा ३६ खेलमा, ३ गोल गरेका थिए।[१३]

आत्लेतिको माद्रिद[सम्पादन गर्नुहोस्]

४ अगस्ट २०१० मा, बिलारेआलमा सर्वश्रेष्ठ संस्करणको अनुभव पश्चात्, उनले गोदिनले ५ वर्षको सम्झौतामा ला लिगाकै टोली आत्लेतिको माद्रिदमा अनुबन्धित भएका थिए।[१४] दुईवटा क्लब उनको स्थानान्तरणमा सहमत भएसँगै उनलाई करिव €८० लाख देखि £६० लाख ६० हजार रकमको साथ अनुबन्धित गरिएको बताइएको थियो।[१५] २७ अगस्तमा युइएफए सुपर कपमा, उनले क्लबको प्रतिनिधित्व गर्दै आफ्नो पहिलो खेल खेलेका थिए[१६] जहाँ उनले निर्धारित ९० मिनेट खेलेका थिए भने उक्त खेल क्लबले इटालेली क्लब इन्टर मिलान २–० गोल अन्तरले जित्न सफल भएको थियो।[१७][१८][१९]

सन् २०१८ मा, गोदिन

गोदिनले १ नोभेम्बर २०१३ मा आत्लेतिकोसँग एक नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए[२०] जहाँ उनले आफ्नो सम्झौतालाई सन् २०१८ सम्म लम्बाएका थिए। उनले क्लबसँग लामो समयको लागि खेल्न पाउँदा खुसी भएको र यो आफ्नै क्लब भएको बताएका थिए।[२१] सन् २०१३-१४ संस्करणको ला लिगामा, उनले ४ गोल गरेका थिए जहाँ उनले १७ मे २०१४ को खेलमा, बार्सिलोनाको विरुद्ध गोल गर्न सफल भएका थिए जसले गर्दा उक्त खेलमा १–१ को बराबरीमा रोकिएको थियो।[२२] उक्त संस्करणमा, क्लबले उपाधि समेत हात पारेको थियो जहाँ उनको भूमिका उल्लेखनीय रहेको थियो। एक हप्ता पछिको च्याम्पियन्स लिगको खेलमा, उनले हेडिङ मार्फत गोल गर्दै टोलीलाई रियल मड्रिडको विरुद्ध अग्रता दिलाएका थिए, तथापि, टोली रियल मड्रिडसँग ४–१ गोल अन्तरले पराजित भएको थियो।[२३] सन् २०१५ मा, गोदिनले उनको भूतपूर्व क्लब बिलारेआलका मालिक मानुएल पेलेग्रिनीद्वारा प्रबन्धित क्लब, म्यानचेस्टर सिटी जानका लागि अस्वीकार गरेका थिए।[६][२४] २८ अक्टोबर २०१७ मा, उनी क्लबको प्रतिनिधित्व गर्ने विदेशी खेलाडीको रूपमा सर्वाधिक उपस्थिति बनाएका थिए जहाँ उनले यस भन्दा अगाडिका लुइस पेरेआलाई उछिनेका थिए।[२५] उनले तत्कालीन समयमा, क्लबको प्रतिनिधित्व गर्दै ३१५औँ उपस्थिति बनाएका थिए। सन् २०१६ र २०१८ मा, उनलाई बालोँ दिओ पुरस्कारका लागि मनोनीत गरिएको थियो।[२६]

२० फेब्रुअरी २०१९ मा, गोदिनले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको खेलामन युभेन्तसको विरुद्ध दोस्रो गोल गरेका थिए जहाँ क्लब २–० विजयी भएको थियो।[२७] ७ मे मा ३३ वर्षका गोदिनले ९ वर्ष पश्चात्, क्लबबाट प्रस्थान हुने घोषणा गरेका थिए[२८] र १ जुनमा, सेभिया विरुद्धको खेलमा उनले कप्तानको भूमिका साङ्केतिक रूपमा स्पेनी खेलाडी कोकेलाई सुम्पिएका थिए जहाँ उक्त खेल १-१ को बराबरीमा टुङ्गिएको थियो।[२९]

इन्टर मिलान[सम्पादन गर्नुहोस्]

१ जुन २०१९ मा, इटालेली क्लब इन्टर मिलानले नि:शुल्क रूपमा उनलाई आफ्नो क्लबमा तीन वर्षको सम्झौतामा भित्र्याएको थियो।[३०] उनी अघिल्लो जनवरी महिनामा पूर्व सम्झौता अनुसार क्लबमा आउन राजी भएको बताइएको थियो।[३१] उनले "सेरिए आ"मा १ सेप्टेम्बरमा पहिलो खेल खेलेका थिए जहाँ उनले आन्तोनिओ कान्द्रेभालाई प्रतिस्थापन गर्दै अन्तिम ११ मिनेटमा मैदान प्रवेश गरेका थिए। खेल क्लबले काय्यारी काल्सिओको विरुद्धमा २–१ जितेको थियो।[३२]

उक्त संस्करणमा, इन्टर विजेता युभेन्तस भन्दा मात्र एक अङ्क पछाडि रहेको थियो। गोदिनले क्लबको तर्फबाट आफ्नो पहिलो गोल १३ जुलाई २०२० मा, गरेका थिए जहाँ टोलीले तोरिनो फुटबल क्लबलाई ३–१ ले पाखा लगाएको थियो।[३३] सन् २०२० युइएफए युरोपा लिगको फाइनलमा, सेभियाको विरुद्ध उनले बराबरी गोल फर्काएका थिए, तथापि, टोली ३–२ गोल अन्तरले पराजित भएको थियो।[३४]

काय्यारी[सम्पादन गर्नुहोस्]

२४ सेप्टेम्बर २०२० मा, गोदिनले ३ वर्षको सम्झौतामा इटालेली क्लब काय्यारीमा आबद्ध भएका थिए।[३५] क्लबको तर्फबाट उनले आफ्नो पहिलो खेल, ४ अक्टोबरमा खेलेका थिए जहाँ टोली आतालान्तासँग ५-२ गोल अन्तरले पराजित भएको थियो। खेलमा उनले एक गोल गरेका थिए। [३६]

अन्तर्राष्ट्रिय खेलजीवन[सम्पादन गर्नुहोस्]

सन् २००५ मा, १९ वर्षको उमेरमा गोदिनले उरुग्वे राष्ट्रिय फुटबल टोलीको तर्फबाट पहिलो खेल खेलेका थिए जहाँ टोली मेक्सिकोको विरुद्ध पराजित भएको थियो।[३७] मे २००६ मा, उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल अर्को प्रदर्शनी खेलमा, सर्बिया र मोन्टेनेग्रोको विरुद्ध गरेका थिए। उनले सन् २००७ को कोपा अमेरिकामा, उरुग्वेको प्रतिनिधित्व गरेका थिए जहाँ पेरू विरुद्धको पहिलो खेलमा टोली ०–३ गोल अन्तरले पराजित भएको थियो।[३८]

दक्षिण अफ्रिकामा, सम्पन्न सन् २०१० फिफा विश्वकपमा उनी उरुग्वेको राष्ट्रिय टोलीको पहिलो रोजाइमा परेका थिए।[३९][४०] उनले आफ्नो पहिलो केप टाउनमा फ्रान्सको विरुद्धमा खेलेका थिए जहाँ खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो।[४१] उनले यसका अतिरिक्त थप चार खेल खेलेका थिए जसमा टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको थियो।[४२]

उरुग्वेको लागि खेल्दै, सन् २००७

सन् २०११ मा, गोदिनले सन् २०११ को अमेरिका कोपा अमेरिकामा अभियानमा भाग लिएका थिए जसको फाइनल खेलमा, टोलीले पाराग्वेलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको थियो।[४२] उनी सन् २०२३ को फिफा कन्फेडेरेसन कपमा पनि सहभागी भएका थिए। दिएगो लुगानोसँगको सबल सहकार्यमा उनले उत्कृष्ट बचाउ गर्न सफल भएका थिए। [४३]

उरुग्वेका प्रमुख प्रशिक्षक ओस्कार ताबारेसको छनोटमा उनी सन् २०१४ फिफा विश्वकपमा पनि प्रदर्शन गरेका थिए जहाँ उनले लुगानोको अनुपस्थितिमा, खेलिएका चार खेलहरू मध्ये तीनवटा खेलमा कप्तानको पद सम्हालेका थिए।[४४] २४ जुनमा, इटाली विरुद्धको खेलमा उनले एकमात्र निर्णायक गोल हेडिङको सहायता मार्फत गरेका थिए।[४५] विजेता बनेको टोली क्वाटरफाइनलमा प्रवेश गरेको थियो। [४६]

मे २०१५ मा, चिलिमा भएको कोपा अमेरिकमा उनलाई पूर्व उपाधि रक्षा गर्नका लागि कप्तानको पद सुम्पिएको थियो। [४७]

उनलाई पछि, कोपा अमेरिका सेन्तेनारिओमा, टोलीको अग्रणी खेलाडीको रूपमा चयनित गरिएको थियो। कार्लोस सान्चेसको लामो प्रहारलाई उनले गोलमा परिणत गरेका थिए जहाँ दुबै टोली १० खेलाडीमा सिमित थियो।[४८] मेक्सिको विरुद्धको उक्त खेल उरुग्वेले १-३ गुमाएको थियो। अर्को खेलमा, उनले राष्ट्रको प्रतिनिधित्व गर्दै १०० पटक उपस्थिति बनाएका थिए जहाँ उक्त खेल भेनेजुएलाले ०-१ गोल अन्तरले जितेको थियो।[४९][५०]

गोदिन सन् २०१८ फिफा विश्वकपमा पनि सहभागी भएका थिए। २५ मार्चमा चीनमा भएको एक प्रतियोगितामा, उनले थाइल्यान्डको विरुद्ध मैदान उत्रिदै राष्ट्रको प्रतिनिधित्व गर्दै १२६औँ उपस्थिति बनाएका थिए जसमा उनले राष्ट्रिय टोलीको इतिहासमा, माक्सी पेरेइरालाई उछिन्न सफल भएका थिए।[५१]

जुन २०१९ मा, गोदिनले ब्राजिलमा भएको कोपा अमेरिकामा टोलीलाई क्वाटरफाइनलसम्मको यात्रा तय गर्न महत्त्वपूर्ण योगदान दिएका थिए।[५२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Diego Godín", Inter de Milán, अन्तिम पहुँच २६ de enero de २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०३-११ मिति
  2. [१]
  3. "Lugano y Godín, dos centrales que se hicieron capitanes ante Inglaterra", ESPN, २४ de septiembre de २०२०, अन्तिम पहुँच २३ de mayo de २०२० 
  4. MacGregor, Gregor (१८ डिसेम्बर २०१५), "The 11 best defenders in the world", फोर फोर टु, अन्तिम पहुँच ११ अप्रिल २०१६ 
  5. Jolly, Richard (५ जुलाई २०१८), "Uruguay's Diego Godin showing at World Cup that he's the best defender in football", इएसपिएन, अन्तिम पहुँच ५ जुलाई २०१८ 
  6. ६.० ६.१ Dobson, Mark (८ अक्टोबर २०१८), "Ballon d’Or 2018: contenders for football’s global honour revealed", द गार्जियन, अन्तिम पहुँच ११ डिसेम्बर २०१८ 
  7. ७.० ७.१ Cruz Valdivia, Christian (८ मे २०१९), "Diego Godín, el capitán uruguayo que se salvó de la muerte y costó 37 dólares" [Diego Godín, the Uruguayan captain who avoided death and who cost 37 dollars], El Comercio (स्पेनीमा), अन्तिम पहुँच १० मे २०१९ 
  8. "Villarreal put faith in Godín", UEFA, २ अगस्ट २००७, अन्तिम पहुँच ३ मे २०१० 
  9. "Osasuna 3–2 Villarreal", ESPN FC, ७ अक्टोबर २००७, अन्तिम पहुँच १३ जनवरी २०१२ [dead link]
  10. Fabián, Rafael (५ मार्च २००८), "La pareja de moda" [Hip duo], El Periódico Mediterráneo (स्पेनीमा), अन्तिम पहुँच १० जनवरी २०१८ 
  11. Andrés, A. (१९ सेप्टेम्बर २००८), "Old Trafford doctora a la pareja Gonzalo-Godín" [Gonzalo-Godín duo get PhD at Old Trafford], Diario AS (स्पेनीमा), अन्तिम पहुँच १० जनवरी २०१८ 
  12. Ruiz Fájula, Damián (६ जुलाई २०१०), "Godín vuelve a tiempo" [Godín returns on time], एल पाइस (स्पेनीमा), अन्तिम पहुँच १० जनवरी २०१८ 
  13. Godin ficha por el Atlético de Madrid
  14. "Atlético get Godín from Villarreal", UEFA, ४ अगस्ट २०१०, अन्तिम पहुँच १८ अगस्ट २०१० 
  15. "El súper Atlético baja al Inter del pedestal" [Super Atlético take Inter off pedestal], एल मुन्दो (स्पेनीमा), २७ अगस्ट २०१०, अन्तिम पहुँच १० जनवरी २०१८ 
  16. "Godín delighted by Atlético deal", UEFA, १ नोभेम्बर २०१३, अन्तिम पहुँच १ नोभेम्बर २०१३ 
  17. "Costa sends Atletico to summit", ESPN FC, २१ डिसेम्बर २०१३, अन्तिम पहुँच १८ मे २०१४ 
  18. "Atletico back on track", ESPN FC, १५ फेब्रुअरी २०१४, अन्तिम पहुँच १८ मे २०१४ 
  19. "Atletico open up three-point lead", ESPN FC, १३ अप्रिल २०१४, अन्तिम पहुँच १८ मे २०१४ 
  20. Martin, Richard (१७ मे २०१४), "Barcelona 1 Atletico Madrid 1, La Liga: match report", द डेली टेलिग्राफ, अन्तिम पहुँच १७ मे २०१४ 
  21. McNulty, Phil (२४ मे २०१४), "Real Madrid 4–1 Atletico Madrid", बिबिसी खेलकुद, अन्तिम पहुँच २५ मे २०१४ 
  22. "Diego Godin confirms Man City interest in signing him", Manchester Evening News, १८ अप्रिल २०१७, अन्तिम पहुँच ११ मार्च २०१८ 
  23. "Godín se convierte en el extranjero con más partidos en la historia del Atlético" [Godín becomes foreign player with most matches in the history of Atlético], Sport (स्पेनीमा), २८ अक्टोबर २०१७, अन्तिम पहुँच १० जनवरी २०१८ 
  24. "Cristiano Ronaldo wins Ballon d’Or for the fourth time", The Guardian, १२ डिसेम्बर २०१६, अन्तिम पहुँच ११ डिसेम्बर २०१८ 
  25. Lowe, Sid (२० फेब्रुअरी २०१९), "Giménez and Godín put Atlético Madrid in charge against Juventus", The Guardian, अन्तिम पहुँच २१ फेब्रुअरी २०१९ 
  26. "Diego Godin: Atletico Madrid defender to leave club this summer", BBC Sport, ७ मे २०१९, अन्तिम पहुँच ८ मे २०१९ 
  27. McTear, Euan (१६ मे २०१९), "Koke set to lead Atlético into new era", Into The Calderon, अन्तिम पहुँच १७ जुलाई २०१९ 
  28. "Diego Godín amplía su contrato hasta 2018", मूलबाट ३ de noviembre de २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० de junio de २०१४ 
  29. "Diego Godín jura la constitución" 
  30. "Diego Godín is now an Inter player", Inter Milan, १ जुलाई २०१९, अन्तिम पहुँच १ जुलाई २०१९  वेब्याक मेसिन अभिलेखिकरण १ जुलाई २०१९ मिति
  31. "Godin takes secret Inter medical, contract details revealed", Calcio Mercato, २५ जनवरी २०१९, अन्तिम पहुँच १ जुलाई २०१९ 
  32. "Italia: Debutó Godín en el Inter, que ganó 2–1 en su visita al Cagliari. Hubo más" [Italy: Godín debuted for Inter, who won 2–1 on their visit to Cagliari. There was more] (स्पेनीमा), Fútbol Uruguay, १ सेप्टेम्बर २०१९, अन्तिम पहुँच ६ अक्टोबर २०१९ 
  33. Sanderson-Murray, Joel (२१ अगस्ट २०२०), "🎯 Diego Godin has joined an exclusive goalscoring group", One Football, अन्तिम पहुँच २१ अगस्ट २०२० 
  34. "Diego Godín es ahora jugador del Inter", Inter de Milán, १ de julio de २०१९, अन्तिम पहुँच १ de julio de २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-०१ मिति
  35. "Diego Godín firma per il Cagliari" (इटालेलीमा), Cagliari Calcio, २४ सेप्टेम्बर २०२०, अन्तिम पहुँच २४ सेप्टेम्बर २०२०  वेब्याक मेसिन अभिलेखिकरण २४ सेप्टेम्बर २०२० मिति
  36. "Cagliari battuto a Bergamo" (इटालेलीमा), Cagliari Calcio, ४ अक्टोबर २०२०, अन्तिम पहुँच ५ अक्टोबर २०२०  वेब्याक मेसिन अभिलेखिकरण ५ अक्टोबर २०२० मिति
  37. "FIFA.com - Diego GODIN"  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०६-०९ मिति
  38. "Godín podría jugar la Copa América" 
  39. "Lista provisional para Brasil 2014", Asociación Uruguaya de Fútbol, १३ de mayo de २०१४, मूलबाट १३ de mayo de २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ de mayo de २०१४ 
  40. Agence France-Presse (१२ de mayo de २०१४), "Tabárez da la lista de 28 preconvocados", FIFA, मूलबाट १५ de mayo de २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ de mayo de २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०५-१५ मिति
  41. Agencia EFE (१२ de mayo de २०१४), "Tabárez prescinde de siete jugadores que fueron al Mundial de Sudáfrica", ESPN Deportes, अन्तिम पहुँच १३ de mayo de २०१४ 
  42. ४२.० ४२.१ "Uruaguay incluye a Luis Suárez en su lista definitiva"  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-२७ मिति
  43. "Italia 0-1 Uruguay", FIFA.com, २४ de junio de २०१४, अन्तिम पहुँच २८ de junio de २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०६-२७ मिति
  44. "Lo que nos deja Rusia 2018", Revista VozEd, अन्तिम पहुँच २६ de septiembre de २०१८ 
  45. "Godin delights Uruguay, sends Italy home", FIFA, २४ जुन २०१४, अन्तिम पहुँच २४ जुन २०१४ 
  46. "Germany, Portugal get big wins in World Cup warmups", Zee News, २८ मे २००६, अन्तिम पहुँच १३ जुन २००६ 
  47. "Uruguay 0–0 France", BBC Sport, ११ जुन २०१०, अन्तिम पहुँच २ अप्रिल २०१४ 
  48. Lowe, Sid (१५ जुन २०१८), "Uruguay’s Diego Godín: ‘They kicked Luis Suárez out like a dog. It was unjust, disproportionate’", The Guardian, अन्तिम पहुँच १५ जुन २०१८ 
  49. "Names in the news: Diego Godin", Sportsnet, २० मे २०१४, अन्तिम पहुँच २५ मे २०१४ 
  50. Señorans, Jorge (२४ फेब्रुअरी २०१६), "Los 10 pasos que llevaron a Godín a convertirse en líder" [The 10 steps who made Godín a leader], El Observador (स्पेनीमा), अन्तिम पहुँच १० मे २०१९ 
  51. ""We missed the goal but we made a great effort": Diego Godín", कोपा अमेरिका, जुन २०१९, अन्तिम पहुँच ६ अक्टोबर २०१९  वेब्याक मेसिन अभिलेखिकरण ६ अक्टोबर २०१९ मिति
  52. "World Cup 2018: Uruguay leave out Gaston Ramirez", BBC Sport, २ जुन २०१८, अन्तिम पहुँच १ जुन २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]