द चेनस्मोकर्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
द चेनस्मोकर्स
सन् २०१५ को एक अन्तर्वार्तामा द चेनस्मोकर्स
व्यक्तिगत विवरण
उत्पत्तिन्यु योर्क सहर, न्युयोर्क, अमेरिका
विधा
सक्रिय वर्षसन् २०२२–हाल
लेबल
सहयोगी
वेबसाइटthechainsmokers.com Edit this at Wikidata
सदस्यहरू
  • एन्ड्रयु टागर्ट
  • एलेक्स पल
  • म्याट म्याकगुरे
पूर्व सदस्य(हरू)
  • रेट ब्रिक्सलर

द चेनस्मोकर्स सदस्यहरू अलेक्जेन्डर "एलेक्स" पल र एन्ड्र्यु "ड्र्यु" टागर्ट (प्रत्यक्ष साङ्गीतिक कार्यक्रमहरूमा म्याट म्याकगुरेको साथ) सम्मिलित एक अमेरिकी विद्युतीय डिजे तथा उत्पादन साङ्गीतिक समूह हो। उनीहरूले सुरुवाती चरणमा इन्डेइ (सङ्गीतको एक किसिम) कलाकारहरूद्वारा गायिएका विभिन्न गीतहरूलाई समायोजन र पुन:प्रस्तुत गर्दै चर्चामा आएका थिए।[३] विद्युतीय नृत्य सङ्गीतमा आधारित यस समूहले सन् २०१४ मा, #सेल्फी नामक गीत सार्वजनिक गर्दै चर्चिच बन्न पुगेका थिए जहाँ उक्त गीत विभिन्न देशहरूका साङ्गीतिक तालिकाहरूमा शीर्ष २० स्थानमा आएको थियो।[४] उनीहरूले हालसम्म एकपटक ग्रामी पुरस्कार, दुई पटक अमेरिकी सङ्गीत पुरस्कार, सात पटक बिलबोर्ड सङ्गीत पुरस्कार र नौ पटक आइ हर्ट रेडियो पुरस्कार हात पारिसकेका छन्।[५] फोर्ब्सको सन् २०१९ को सूची अनुसार, उनीहरूले छ वर्षसम्म सर्वाधिक कमाइ गर्ने सङ्गीतकार क्याल्भिन ह्यारिसलाई पछि पार्दै सर्वाधिक कमाइ गर्ने डिजेको रूपमा सूचीको शीर्ष स्थानमा आएका थिए।[६]

उनीहरूको पहिलो विस्तृत साङ्गीतिक गिती सङ्ग्रह बकेट, सन् २०१५ मा, सार्वजनिक गरिएको थियो। यसमा समावेश गीत "रोजेज" अमेरिकाको बिलबोर्ड हट १००को शीर्ष १० मा, देखा परेको थियो। अमेरिकी गायिका दयाले स्वर दिएको "डन्ट लेट मी डाउन" नामक गीत बिलबोर्ड तालिकामा शीर्ष ५ मा आएक‍ो थियो भने यसले ५९औँ ग्रामी पुरस्कारमा उत्कृष्ट नृत्य सङ्गीतको तर्फबाट पुरस्कार प्राप्त गरेको थियो। उनीहरूले जारी गरेको क्लोजर नामक गीतमा अमेरिकी गायिका हल्जिलाई प्रस्तुत गरिएको थियो जहाँ यो बिलबोर्ड सङ्गीत तालिकाको शीर्ष स्थानमा आएको थियो। उनीहरूको दोस्रो विस्तारित गिती सङ्ग्रह, कलेज नोभेम्बर २०१६ मा, सार्वजनिक गरिएको थियो। उनीहरूको प्रथम गिती सङ्ग्रह मेमोरिज...डु नट ओपन अप्रिल २०१७ मा, सार्वजनिक गरिएको थियो जहाँ यो बिलबोर्ड २००को शीर्ष स्थानमा पुगेको थियो। उनीहरूको दोस्रो गिती सङ्ग्रह सिक ब्वाई डिसेम्बर २०१८ मा, सार्वजनिक गरिएको थियो।

साङ्गीतिक कार्यजीवन[सम्पादन गर्नुहोस्]

सन् २०१२: स्थापना[सम्पादन गर्नुहोस्]

द चेनस्मोकर्म प्रारम्भिक रूपमा एलेक्स पल र पूर्व डिजे रहेट बिक्सलेरद्वारा सृजना गरिएको थियो। सन् २०१२ मा, द चेन्स्मोकर्स एडम आर्पेर्टको व्यवस्थापनमा, न्यु योर्क सहरमा विद्युतीय नृत्य सङ्गीतमा आधारित समूहको रूपमा पुनर्गठन भएको थियो। पलले कला इतिहास र सङ्गीत व्यवसायको लागि न्युयोर्क विश्वविद्यालयमा अध्ययन गरेका थिएर जबकि टागर्टले सिराकुज विश्वविद्यालयमा अध्ययन गरिसकेका थिए र पछि दुईजना भेट भएको थियो। टागर्टले डिजे बन् प्रति चासो लिएका थियो र साउन्डक्लाउड वेबसाइटमा केही मौलिक गीतहरू जारी गरेका थिए। आर्पेर्टको लागि काम गरिरहेका कसैले टागर्टलाई सूचित गर्दै आर्पेर्टद्वारा व्यवस्थापन गरिएको समूहमा बिक्सलेरले छोडेपछि एक जनाको लागि स्थान खुला रहेको बताएका थिए जसले टागर्टलाई न्युयोर्क सहर जाने क्रममा गृहनगर छोड्न प्रेरित गरेको थियो। एक डिजेको रूपमा हुर्किएका र चेल्सी म्यानहटनमा रहेको कला गृहघरमा काम गरिरहेका पललाई उनका व्यवस्थापक आल्पेर्टले टागर्टको परिचय उनीसँग गराएका थिए। अप्रिल २०१३ मा, चेन्समोकर्सले डटर्सको गीत "मेडिसिन"को समायोजित संस्करण जारी गरेका थिए जुन हाइपमेसिनमा शीर्ष स्थानमा आएको थियो। समूह विभिन्न गीतहरूको समायोजित संस्करण निकाल्दै प्रारम्भिक रूपमा चर्चामा आएको थियो।

सन् २०१२ मा, उनीहरूले भारतीय अभिनेत्री तथा गायिका प्रियङ्का चोपडासँग सहकार्य गर्दै "इरेज" नामक गीत सार्वजनिक गरेका थिए भने उनीहरूले त्यसको लगत्तै सन् २०१३ मा, "रूकी" सार्वजनिक गरेका थिए।

अक्टोबर २०१६ मा, टेलिभिजनमा सञ्चालन गरिएको एक अन्तर्वार्ता कार्यक्रमको बेला, एबीसी न्युजका पत्रकार निक वाटले पल र टागर्टलाई उनीहरूको नाम चेनस्मोकर्स कसरी रहन गएको हो भन्ने बारे प्रश्न गरेका थिए जहाँ सो अन्तर्वार्तामा पलले यसको प्रतिउत्तरमा, उनलाई धुम्रपानबाट रमाइलो लाग्ने हुँदा सो नाम छनोट गरिएको बताएका थिए।

सन् २०१३–२०१४: पहिलो प्रत्यक्ष प्रदर्शन र सफलता[सम्पादन गर्नुहोस्]

सन् २०१५ अघिको प्रतिक

सेप्टेम्बर २०१४ मा, यस साङ्गीतिक समूहले टाइमफ्लाइजको लागि टर्मिनल ५ मा, आफ्नो पहिलो प्रत्यक्ष प्रदर्शन प्रस्तुत गरेको थियो। उनीहरूको पहिलो एकल गीत "#सेल्फी" नि: शुल्क रूपमा डिसेम्बर २०१३ मा, सार्वजनिक गरिएको थियो जहाँ यस गीतलाई डिम माक रेकर्डले कब्जा गर्दै जनवरी २०१४ मा, यसलाई पुन: प्रकाशित गरेको थियो भने उक्त रेकर्ड कम्पनीले यसलाई रिपब्लिक रेकर्ड्स अन्तर्गत प्रवाहित गरेको थियो। यस समूहद्वारा सार्वजनिक गरिएको उक्त गीत नृत्य/विद्युतीय गीत तालिकामा शीर्ष स्थानमा आएसँग‌ समूह एकाएक चर्चित बन्न पुगेको थियो। पलले यस गीतको सफलताले उनीहरूको जीवनलाई परिवर्तन गरेको बताएका थिए।

सेल्फी नामक गीत सार्वजनिक गरेपछि, ५ अगस्ट २०१४ मा, चेनस्मोकर्सले "केन्ये" नामक गीत सार्वजनिक गरेका थिए जहाँ यस गीतमा सिरेनएक्सएक्सको स्वर रहेको थियो। त्यसको साथ महिना पछि, उनीहरूले अमेरिकी सिन्थपप साङ्गीतिक समूह ग्रेट गुड फाइन ओकेसँग सहकार्य गर्दै "लेट यु गो" नामक गीत सार्वजनिक गरेका थिए। व्यवस्थापक एडम आल्पेर्टको साथ, उनीहरूले अप्रिल २०१५ मा, सोनी सङ्गीत मनोरञ्जनको संयुक्त उद्यमको रूपमा रहेको डिस्रप्टर नामक एक रेकर्ड लेबलसँग हस्ताक्षर गरेका थिए।

सन् २०१५–२०१६: बकेट[सम्पादन गर्नुहोस्]

१८ मे २०१५ मा, उनीहरूले अर्को एकल गीत "गुड इन्टेन्सन्स" सार्वजनिक गरेका थिए भने यसको लगत्तै एक महिना वा १६ जुनमा उनीहरूले "रोजेज" नामक गीत सार्वजनिक गरेका थिए। "रोजेज" एक व्यावसायिक सफलता प्राप्त गरेको थियो जहाँ यो समूहको मूल निवास संयुक्त राज्य अमेरिका लगायत धेरै देशहरूमा बहु-प्लेटिनेटम प्रमाणित भएको थियो भने यो बिलबोर्ड तालिकाको शीर्ष १० सम्म पुगेको थियो।उनीहरूको थप सफल एकलहरूमा नेदरल्यान्डेली डिजे तिएस्तो सहकार्यमा बनेको "वाटरबेड" र "अन्टिल यु वेर गन" पर्दछ जुन १८ सेप्टेम्बर २०१५ मा, सार्वजनिक गरिएको थियो। "स्प्लिट (ओन्ली यु) बाहेकका उनीहरूद्वारा सार्वजनिक गरिएको सबै गीतहरू समूहको पहिलो विस्तारित गिती सङ्ग्रह बकेटमा समावेश गरिएको थियो जसलाई २३ अक्टोबर २०१५ मा, सार्वजनिक गरिएको थियो। त्यसको एक हप्ता पश्चात्, "न्युयोर्क सिटी" नामक उनीहरूको पाँचौँ र अन्तिम गीत यस विस्तारित गिती सङ्ग्रह अन्तर्गत सार्वजनिक गरिएको थियो।

सन् २०१६–२०१७: कलेन, मेमोरिज...डु नट ओपन, "समथिङ जस्ट लाइक दिस"[सम्पादन गर्नुहोस्]

५ फेब्रुअरी २०१६ मा, समूहले अमेरिकी गायिका दयासँगको सहकार्यमा, "डन्ट लेट मी डाउन" सार्वजनिक गरेका थिए जहाँ यस गीतले ग्रामी पुरस्कार प्राप्त गरेको थियो।

१९ मार्च २०१६ मा, समूहले अल्ट्रा सङ्गीत समारोहमा प्रदर्शन गरेका थिए , जहाँ उनीहरूले राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पको सार्वजनिक रूपमा निन्दा गरेका थिए।

१ अप्रिल २०१६ मा, समूहले स्विडेनी गायिका चार्लीसँगको सहकार्यमा, "इन्साइड आउट" नामक गी सार्वजनिक गरेका थिए।

सङ्गीत शैली[सम्पादन गर्नुहोस्]

टागार्टले आफ्नो समूहको साङ्गीतिक शैलीलाई "इन्डेइ, पप सङ्गीत, नृत्य सङ्गीत, र हिप-हप बीचको रेखामा रहेको भनेर वर्णन गरेका छन्। [७] यस समूहले फारेल विलियम्स , लिङ्किन पार्क र डेडमउस लगायतका शैलीहरू आफ्नो सङ्गीतमा देखिएको बताएको थियो।[८][९][१०] चेनस्मोकर्सको गायक तथा साङ्गीतिक शैलीहरूमा उनीहरूलाई प्रेरणा दिने कलाकारहरूमा ब्लिङ्क १८२[८][९][१०], टेकिङ ब्याक सन्डे[११], टेलर स्विफ्ट, म्याक्स मार्टिन[१२], द एक्सएक्स[१३] , बीच हाउस , र एक्प्लोजन्स इन द स्काई लगायतका कलाकारहरू पर्दछन्। [१४]

सदस्यहरू[सम्पादन गर्नुहोस्]

समूहका सदस्य अलेक्जेन्डर "एलेक्स" पलको जन्म १६ मे १९८५ मा भएको थियो।[१५] उनले यस समूहमा निर्माता र डिजेको भूमिकामा छन् भने यस समूहका गायक अर्का सदस्य एन्ड्र्यु टागर्टले प्रत्यक्ष कार्यक्रममा प्रस्तुति दिने र गीतहरू समायोजन गर्ने गर्दछन्।[१६] उनले गीतहरू सह लेखन गर्दै सोही गीतक लागि पियानो समेत बजाउँदछन्। बिलबोर्ड पत्रिकाको अनुसार पल न्युयोर्क स्थित वेस्टचेस्टर जिल्लामा हुर्किएका थिए।

एन्ड्र्यु ड्र्यु टागर्टको जन्म ३१ डिसेम्बर १९८९ मा, भएको थियो भने उनी माइन राज्यको फ्रिपोर्ट सहरमा हुर्किएका थिए।[१७] उनले यस समूहमा निर्माता र डिजेको भूमिकामा रहेका एलेक्स पलको साथ सह रूपमा प्रस्तुति दिने गर्दछन्। उनी समूहकम प्राथमिक गीतकार तथा गायक समेत हुन्। उनले विभिन्न गीतहरूमा स्वर दिँदै सोही गीतहरूमा गितार बजाउने गर्दछन्।[१८] उनको आमा शिक्षिका हुन् र उनका बुबाले कृतिमा अङ्गको व्यापार गर्दछन्। उनी १५ वर्षको उमेरमा अर्जेन्टिनामा हुँदा विद्युतीय नृत्य सङ्गीतमा प्रवेश गरेका थिए जहाँ उनी दाभिद गेता , डाफ्ट पङ्क र त्रेन्त्रेमुल लगायतका कलाकारहरूका सङ्गीतहरूसँग परिचित भएका थिए। म्याट म्याकगुरेले प्रत्यक्ष कार्यक्रमहरूको लागि ड्रम वाधक र सङ्गीत निर्देशकको रूपमा सेवा गर्दछन् र हाल उनी पल र टागर्टसँग साङ्गीतिक भ्रमणको बेलामा संयुक्त रूपमा कार्य गरिरहेका हुन्छन्।[१९] म्याकगुरे प्रायः विभिन्न सङ्गीत भिडिओहरूमा यस समूहको साथ देखा परेका छन्।[१६]

टोनी एनले समूहको साथ उनीहरूको गिती सङ्ग्रह "मेमोरिज...डु नट ओपन"को साथ प्रत्यक्ष कार्यक्रमहरूमा किबोर्ड वाधकको रूपमा प्रदर्शन गरेका थिए।[२०][२१] उनीहरूको "सिक ब्वाई, "साइड एफेक्ट" र "कल यु माइन" लगायतका गीतहरूको श्रेय उनीसँग रहेको छ।[२२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Father John Misty, Joey Bada$ and 15 More New Albums to Hear Right Now", Rolling Stone, अप्रिल ७, २०१७, अन्तिम पहुँच अप्रिल ८, २०१७ 
  2. Fitzmaurice, Larry (अप्रिल ११, २०१७), "The Chainsmokers Are Bad, but It’s Not for the Reason You Think", भाइस, अन्तिम पहुँच मे ७, २०१७ 
  3. "Complete List of #iHeartAwards Winners", iHeart, मूलबाट अप्रिल ९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २४, २०१७  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल ९, २०१७ मिति
  4. "The Chainsmokers", ग्रामी 
  5. "American Music Award Winners 2016", द एएमए 
  6. Potrc, About the Author / Barbara (जुलाई १३, २०१९), "Calvin Harris dethroned from his highest paid DJ spot on Forbes after 6 years", वि ह्याभ यु, अन्तिम पहुँच जुलाई १५, २०१९ 
  7. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named interview
  8. ८.० ८.१ Kat Bein 10 Highlights From The Chainsmokers' Reddit AMA बिलबोर्ड. September 1, 2017. Retrieved September 7, 2017.
  9. ९.० ९.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named raver
  10. १०.० १०.१ Leight, Elias, "How The Chainsmokers Landed the Number One Hit in the Country", भोग, अन्तिम पहुँच अक्टोबर १६, २०१६  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १८, २०१६ मिति
  11. Lauren Nostro, "How Blink 182's "I Miss You" Inspired The Chainsmokers And Halsey's "Closer"", जिनियस, अन्तिम पहुँच अगस्ट १४, २०१६ 
  12. @thechainsmokers (मार्च २, २०१९), "Awesome article @taylorswift13, about song writing and thanks for mentioning one of our songs in the context of visceral song writing ... a ton of your songs inspired ours, but you know that already ❤️" (ट्विट) – ट्विटरद्वारा। 
  13. Wass, Mike (नोभेम्बर २३, २०१५), "The Chainsmokers On Rising Hit "Roses"", इडोलेटर, अन्तिम पहुँच डिसेम्बर ११, २०१५ 
  14. Coscarelli, Joe (जुलाई २८, २०१६), "Music Producers Explain How They Created a Hit", द न्युयोर्क टाइम्स, अन्तिम पहुँच सेप्टेम्बर १२, २०१६ 
  15. Norwin, Alyssa (अगस्ट २३, २०१६), "Alex Pall", Hollywood Life, अन्तिम पहुँच नोभेम्बर २०, २०१६ 
  16. १६.० १६.१ Martins, Chris (सेप्टेम्बर १५, २०१६), "The Chainsmokers on Ruling the Billboard Hot 100 & Owning the 'Frat Bro' Label", बिलबोर्ड, अन्तिम पहुँच अप्रिल २२, २०१८ 
  17. Norwin, Alyssa (अगस्ट २३, २०१६), "Andrew Taggart", हलिउड लाइभ, अन्तिम पहुँच नोभेम्बर ११, २०१६ 
  18. "Closer – The Chainsmokers | Credits | AllMusic", अल म्युजिक, अन्तिम पहुँच जुन ७, २०१८ 
  19. Routhier, Ray (अक्टोबर २०, २०१४), "Freeport grad rockets to selfie-made stardom – Portland Press Herald", Press Herald (Updated December 6, 2016) (Portland Press Herald), अन्तिम पहुँच अप्रिल २८, २०१७ 
  20. "The Chainsmokers Add 'Savage' Aussie Drummer Matt McGuire for Arena Tour", बिलबोर्ड, अन्तिम पहुँच मे २२, २०१९ 
  21. karsoowuttt (जनवरी २५, २०१८), ""It's like hitting you in the f*cking face with reality": The Chainsmokers' Drummer Reveals All", योर इडिएम, अन्तिम पहुँच मे २२, २०१९ 
  22. The Chainsmokers & Bebe Rexha – Call You Mine, अन्तिम पहुँच जुन २८, २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:द चेनस्मोकर्स