दधिचि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दधिचि पौराणिक कालका एक प्रख्यात ऋषी थिए उनको आश्रम दैलेख जिल्लाको डुंगेश्वरमा थियो भन्ने भनाई रहेको छ। दधिचिका पिता अथर्वण र माता अथर्वणकी पत्नी क्षिती हुन्। [१] अथर्वण ब्रह्माजीका मानस पुत्र भृगु ऋषिका पुत्र हुन् । अथर्वणले अथर्ववेद पत्ता लगाएका थिए। दधिचिकी माता क्षिती कर्दम ऋषिकी पुत्री थिइन्। दधिचिकी पत्नीको नाम स्वरचा हो भने छोराका नाम पिपलादा हो।

पौराणिक कथा[सम्पादन गर्नुहोस्]

चित्र:Story of Vritra.jpg
देवताहरू दधिचि ऋषिसँग उनको हाड माग्दै

पौराणिक कालमा स्वर्गका राजा ईन्द्रले दैत्यहरूको पक्ष लगेका कारण आफ्ना गुरू विश्वरूपको हत्या गरेका थिए। विश्वरूप दैत्य खानदानका ऋषी थिए देव गुरू बृहस्पतिसँग देवराज ईन्द्रको तालमेल नमिलेका कारण देवराज ईन्द्रले ऋषि विश्वरूपलाई गुरू मानेका थिए। पछि गएर देवराज इन्द्रको यज्ञामा गुरू विश्वरूप (जसलाई "त्रिशिरा ऋषि" पनि भनिन्छ)ले दैत्यहरू आफ्ना भात्रीहरू भएका कारण उनलाई लुकि लुकि यज्ञाको भाग दिन लागे। यो थाह पाए पछि देवराज इन्द्रलाई रिश उठ्यो र गुरूको हत्या गरी दिए।[२] आफ्नो पुत्रको बध गरेका कारण विश्वरूपका पिता "त्वष्टा"ऋषि देवराज इन्द्र देखि रिसाएर ईन्द्रको बध गर्ने पुत्र प्राप्तिको यज्ञा गर्न लागे।

वृतासुरको कथा[सम्पादन गर्नुहोस्]

त्वष्टा ऋषिले घोर यज्ञा गरेका कारण यज्ञाको प्रतापले यज्ञाको होम कुण्डबाट नै वृतासुर नामको दैत्यको उत्पत्ती भएको थियो।[२] वृतासुरले महर्षी त्वष्टासँग "पिता म तपाईँको के सेवा गरौँ ? आकाशका तारा ग्रह नक्षत्रहरूलाई पृथ्वीमा झारौँकी ? पातालाका बासुकी आदी नागहरूलाई तपाईँको गुलामीको लागि हाजिर गरुँकी? मैले गर्न योग्य काम मलाई सुम्पनु भए म त्यो काम गर्न तयार छु।" भनि साहस देखाए पछि महर्षि त्वष्टाले बृतासुरलाई देवराज ईन्द्रको बध गर्ने आज्ञा दिए।

देवराज ईन्द्र र बृतासुरको लडाई[सम्पादन गर्नुहोस्]

त्वष्टाको आज्ञा पाएर बृतासुरले देवराज ईन्द्रको बध गर्ने बर प्राप्तिको लागि ब्रह्माशिवजीको घोर तपश्या गरे। उनी असुर भए पनि एक ब्रह्म ज्ञानी महाँ पुरुष थिए।[२] उनको तपश्याबाट खुसी भएर ब्रह्मा र शंकरले उनलाई देवराज ईन्द्रलाई विजय गर्ने बर दिएका थिए। बर पाई सकेपछी उनी देवराज ईन्द्रसँग यूद्ध गर्न लागे आखिर देवतारुले बृतासुरको शेनासँग लड्न नसकेर स्वर्ग छोड्नै परेको थियो।[२] बृतासुरसँगको लडाईँमा हारेर स्वर्गको राज गद्दीबाट पद्यूचित भएका देवराज ईन्द्र सहितका सबै देवताहरूले धेरै दिन पृथ्वीमा भट्किरहनु परेको थियो। केही वर्षको दु:ख झेलाई पछि देवताहरू ब्रह्माजी र शंकरजीसँग मद्दत माग्न क्रमशः ब्रह्मलोक र कैलाश पर्वतमा पुगे। ब्रह्माले र शिवजीले देवताहरूलाई यथा सम्भव सम्झाएर सबै भगवान विष्णु भए ठाउँ "बैकुण्ठ धाम" गए। ब्रह्मादी देवताहरूले भगवान बिष्णुसँग प्रार्थना गरेर भनेकी "प्रभु ! त्वष्टा पुत्र बृतले हामीलाई स्वर्गबाट निकाली दियो आफू स्वर्गको गद्दीमा बसेर हामिहरू सबैमाथी आफ्नो हुकुम चलाउन लाग्यो। हामी बरुणादी ३३ कोटी देवता सूर्यादी ९ ग्रह सबै उसैको अधिनमा बाद्येतावस चल्नु परिरहेको छ। यसै भयो भने सृष्ठीको बिनास हुने छ। कोही उपाए निकाल्नु होस्।" भनि प्रार्थना गरे। यो सुनेर भगवान बिष्णुले देवताहरूलाई भनेकी देवताहरू हो! डराउनु पर्ने केही कुरा छैन म यसको उपाय भनि दिन्छु- "तिमिहरू सबै महर्षि दधिचि भए ठाउँ जाउ बृतासुरलाई दधिचिको हाडको बज्र बनाएर बज्रको प्रहारबाट मर्ने श्राप भएकाले ऋषिसँग हाड मागेर त्यसको बज्र तयार गर्न लगाउ त्यो बज्रको प्रयोग गरेर देवराज ईन्द्रले बृतासुरलाई मार्न सक्ने छन्।"

महर्षि दधिचिको योगदान[सम्पादन गर्नुहोस्]

भगवान बिष्णुको आज्ञा सुनेर ब्रह्मादी देवताहरू महिर्षि दधिचि भए ठाउँ गए। महर्षि दधिचिले देवताहरूको परीक्षा लिनकोलागी "म कसरी आफ्नो जिउँदो शरीर तपाईहरूलाई दिउँ ?"भनेर सोद्दा देवताहरूले लाचार भएर ऋषिसँग उनको प्राण माग्नै परेको थियो। यो देखेर महर्षि दधिचिले देवताहरूको भलाईकोलागी आफुले प्रणायम गरेर प्राण त्यागी दिए।[२] महर्षिले प्राण त्यागी दिएपछि उनको मृत शरीरलाई गाईहरूले चाटेर हाड निकालि दिए। त्यो हाडहरू लिएर देवताहरूका मिस्त्री बिश्वकर्माले बज्र बनाएर देवराज ईन्द्रलाई दिए।महर्षि दधिचिलाई महादानीको रूपमा लिईएको छ। किन भने अरुको भलाईको लागि सबै सबैले आफ्नो प्राण दिन सक्दैन।

बृतासुरको बध[सम्पादन गर्नुहोस्]

बृतासुरलाई मार्नकोलागी देवराज ईन्द्रले घोर परिश्रम गर्नु परेको थियो। महर्षि दधिचिको हाडबाट निर्माण गरिएको "ईन्द्र बज्र"प्रहार गरेर देवराज ईन्द्रले पहिले बृतासुरका दुबैहात काटी दिएका थिए आफ्ना दुबै हातहरू काटीए पछि बृतासुरले देवराजलाई जिउदै निलेर पेटमा एक वर्ष सम्म राखेको थियो।[२] एक वर्ष सम्म देवराज ईन्द्रले नारायण कवचको पाठ गरेका थिए देवराजलाई नारायण कवच विश्वरूप ऋषिले सिखाएका थिए। ऋषि विश्वरूप पनि नारायण कवच जपेर शुद्ध भएका थिए। नारायण कवचका प्रतापले गर्दा देवराज इन्द्र बृतासुरको पेटबाट बाहिर आएको दुईटा मत रहेको छ।

  • सरस्वती देविले बृतासुरको आलस्य बढाई दिईन् बृतासुरलाई हाई आएर देवराज बाहिर निस्के।[३]
  • बज्रको प्रयोग गरेर बृतासुरको पेट चिरेर देवराज ईन्द्र बाहिर निस्केका थिए।[२] बृतासुरको पेटबाट बाहिर आएर देवराज इन्द्रले बृतासुरसँग मित्रता गाँसेका थिए। एक साल पछि बृतासुरलाई धोका दिएर देवराज ईन्द्रले बज्रको प्रयोग गरी बृतासुरको बध गरेका थिए। धोका दिएर एक ब्रह्म ज्ञानी व्याक्तिको हत्या गरेका कारण देवराज ईन्द्रलाई ब्रह्म हत्या लागेको थियो। ब्रह्म हत्याको पाप काट्नको लागि ईन्द्रले मानसरोवरमा गएर भारी तपस्या गरेका थिए। पछि गएर यो ब्रह्म हत्यालाई देवराजले अग्नी, जल, वनस्पती र स्त्री लाई चार भागमा बाँटेका थिए। आगोमा जे बाले पनि भस्म हुने, पानि जती फोहोर गरे पनि शुद्ध मानिने, स्त्रीहरूले सधैं सहवास गराउन सक्ने र वनस्पतिहरू जति काटे पनि पलाउने देवराज ईन्द्रले आफ्नो पाप लगेको बदलामा बर दिएका थिए। स्त्रीहरू रजश्वाला हुनु, रुख काट्दा चोप निस्कनु, आगोमा धुवाँ निस्कनु र पानीमा फिंज आउनु यसै ब्रह्म हत्याको प्रभाव मानिन्छ। साथै रजस्वाला स्त्रीसँग सहवास गरेमा, फलेको वनस्पति काटेमा, आगोमा खाना पकाएर आहुती नदिएमा र पानीमा दिशा पिसाब गरेमा ब्रह्म हत्या जत्तिकै पाप लाग्ने कुरा पौराणीक ग्रंथहरूमा उल्लेख छ।[२]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. भागवत पुराण, ४/१
  2. २.० २.१ २.२ २.३ २.४ २.५ २.६ २.७ सुब्बा होमनाथ केदारनाथ कृत सुक सागर
  3. देवी भागवत पुराण

यो पनि हेरौँ[सम्पादन गर्नुहोस्]