दोधारा चाँदनी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोधारा-चाँदनी नगरपालिका
देश नेपाल
विकास क्षेत्रहरुसुदूर-पश्चिमाञ्चल
अञ्चलमहाकाली अञ्चल
जिल्लाकञ्चनपुर
क्षेत्रफल
 • जम्मा५८ किमी (२२ वर्ग माइल)
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना बि.स. २०६८)[२]
 • जम्मा३९,२५३
 • घनत्व६८०/किमी (१८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-९९
वेबसाइटwww.dodharachadanimun.gov.np

दोधारा-चाँदनी नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलमा पर्नेकञ्चनपुर जिल्लामा अवस्थित एक नगरपालिका हो ।[३] दोधारा बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[४][५] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । दोधारा-चाँदनी नगरपालिका घोषणा गर्दा दोधाराचाँदनी गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा दोधारा-चाँदनी पनि नगरपालिका बनेको हो ।[६] महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १९१ भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।[६]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

दोधाराचाँदनी गाविसहरूलाई मिलाएर दोधारा-चाँदनी नगरपालिका बनाइएको हो ।[४] त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर दोधारा-चाँदनी नगरपालिकाको जनसङ्ख्या ३९,२५३ रहेको छ । दोधारा-चाँदनी नगरपालिकामा ६,३९२ घरधुरि छन ।[१][२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "जिल्ला विकास समिति, कञ्चनपुर (तथ्याङ्कीय जानकारी)" 
  2. २.० २.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  3. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  4. ४.० ४.१ "जिल्ला विकास समिति, कञ्चनपुर (नगरपालिकाको वडा विभाजन)" 
  5. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [dead link]
  6. ६.० ६.१ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]