नाजिब रजाक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नाजिब रजाक
नाजिब रजाक
मलेशियाका छैटौ(६) प्रधानमन्त्री
कार्यकाल
३ अप्रिल २००९ – १० मे २०१८
पूर्वाधिकारीअब्दुल्लाह अहमद बदावी
उतराधिकारीमहाथीर मोहम्मद
हस्ताक्षर

नाजिब रजाक[१] (जन्म :- २३ जुलाई, १९५३) मलेशियाका एक राजनीतिज्ञ हुन् । जो सन् २००९ देखि सन् २०१८ सम्म मलेशियाका छैटौ प्रधान्मत्रीका रूपमा रहेका थिए । नाजिब रजाकलाइ सन् २०१८ जुलाई ३ मा मलेशियन विरोधी भ्रष्टाचार आयोग (MACC) द्वारा गिरफ्तार गरियो ।[२] उनी संयुक्त मलेशिया नेशनल सङ्गठन (यूएमएनओ), मलेशियाको बारिसन नसिनल(बीएन)का पुर्व अध्यक्ष थिए । जसले मलेसियाको सरकारको ६० वर्ष भन्दा धेरै वर्षसम्म संसदीय बहुमतको रूपमा नियन्त्रण गरेको थियो जुन सन् २०१८ को आम चुनावमा गठित गठबन्धन सम्म रह्यो ।[३][४][५]

प्रारम्भिक र निजि जीवन[सम्पादन गर्नुहोस्]

नाजिब रजाकको जन्म २३ जूलाई १९५३ मा पहाङ राज्य सचिवको आधिकारिक निवास बुकिट बायोस,[६] कुआ लिपिस, पहाङमा भएको थियो । नजिब मलेसियाको दोस्रो प्रधानमन्त्री अब्दुल रजाकका ६ छोराहरू मध्ये सबै भन्दा ठुला हुन् भने, तेस्रो प्रधानमन्त्री हुसैन ओनका भतीजा । उनको सानो भाइ, डटो 'सेरि मोहम्मद नजीज अब्दुल रजाक[७] देशको दोस्रो सबैभन्दा ठूलो ऋणदाता, बुमिपुत्र कमर्स होल्डिंग्स चलाउँछन् ।[८] पहाङ दारुल मकमुर (रोयल कोर्ट) का चार महान व्यक्ति मध्ये नाजिब पनि एक हुन्, जो उत्तराधिकारीका रूपमा ओरंगकाया इन्देरा शाहबर्नरका पदवी दिने गरिन्छ । उनले आफ्नो प्राथमिक तथा माध्यमिक शिक्षा सेन्ट जोहन्स संस्था क्वालालम्पुरमबाट प्राप्त गरेका हुन् । पछी उनले मल्वेरन कलेजमा भाग लिए र तत् पश्चात उनले नाटिघम बिश्वबिध्यालय गए जहाँ उनले सन् १९७४ मा औद्योगिक अर्थशास्त्र मा स्नातक डिग्री हासिल गरेका थिए । नाजिब रजाक सन् १९७४ मा मलेशिया फर्किए र ब्यापारी दुनियाको सेवा नबारा मलेशिया बैङ्क र पछि पेट्रोनास (मलेसियाको राष्ट्रिय तेल कम्पनी) सँग सार्वजनिक मामिला प्रबन्धकको रूपमा कार्य गरे ।[९]

सन् १९७६ मा नाजिबले तेंकु पुटेरी जाईनाह तेंकु एस्केन्डर ('कुई यी') सँग विवाह गरे जसबाट उहाँ का तीन जना छोराछोरी छन्: मोहम्मद निजार (जन्म:- सन् १९७८), मोहम्मद नाजिफुद्दीन नजिब र पुटेरी नोर्लिस नजिब । सन् १९८६ मा तिनले कुई यीसँग पारपाचुके गरे र डटिन सेरी रोसमाहसँग बिबाह गरे, तिनबाट दुइ वटा सन्तान जन्मिए : मोहम्मद नोरश्मन नाजिब र नूरयाना नाजवा नाजिब । उनकी छोरी नूरयानाले काजीकस्थानी राष्ट्रपतिका भतिजा नुरसुन्तान नाजारबएसँग बिबाह गरिन ।[१०][११]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Najib Razak: Malaysian ex-PM gets 12-year jail term in 1MDB corruption trial https://www.bbc.com/news/world-asia-53563065
  2. "Najib congratulates Dr Mahathir over PM appointment", New Straits Times, ११ मे २०१८। 
  3. Arrests at rally calling for Najib's resignation. The Straits Times, 1 August 2015. Retrieved 25 August 2015.
  4. Protesters Call on Malaysian Prime Minister to resign. The Wall Street Journal, 1 August 2015. Retrieved 25 August 2015.
  5. Bersih plans overnight rally in August to demand Najib's resignation. The Straits Times, 29 July 2015. Retrieved 25 August 2015.
  6. Vivien, Ann (२१ फेब्रुअरी २०१६), "Midwife proud to have cared for Najib", Sayang Sabah।  वेब्याक मेसिन अभिलेखिकरण २३ मार्च २०१८ मिति
  7. CIMB Group, 25 May 2009 वेब्याक मेसिन अभिलेखिकरण २८ अप्रिल २०१४ मिति. Cimb.com. Retrieved on 24 October 2011.
  8. PAC to haul up seven ministries, agencies for weak finances वेब्याक मेसिन अभिलेखिकरण ४ मार्च २०१६ मिति. Themalaysianinsider.com. Retrieved on 24 October 2011.
  9. “How Najib and Abdullah rose to nation’s top post”. वेब्याक मेसिन अभिलेखिकरण २१ जुन २०११ मिति, Daily Express, 4 April 2009
  10. "Malaysian PM Najib to solemnise daughter's marriage to Kazakhstan President's nephew", The Straits Times, १९ मार्च २०१५, अन्तिम पहुँच ६ जनवरी २०१७ 
  11. "Najib Razak appears secure, but looks can deceive", The Economist, ६ जनवरी २०१७, अन्तिम पहुँच ६ जनवरी २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]