नारायणी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नारायणी नगरपालिका
देश नेपाल
प्रदेशबागमती
जिल्लाचितवन जिल्ला
स्थापनामङ्सिर २०७१
क्षेत्रफल
 • जम्मा७२.६ किमी (२८�० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३९,९०७
 • घनत्व५५०/किमी (१४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५६
वेबसाइटwww.narayanimun.gov.np

नारायणी नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत चितवन जिल्लामा अवस्थित एक नगरपालिका थियो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा चितवन जिल्लामा शुक्रनगर, मेघौली, जगतपुरपार्वतीपुर यी ४ गाउँ विकास समितिहरूलाई समेटेर नारायणी नगरपालिका घोषणा गरिएको थियो।[३][४] नारायणी नगरपालिकाको केन्द्रभने साविकको शुक्रनगर गाविसको देविस्थान बजारमा रहको थियो।[२] नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७३ साल फागुन २७ गतेको निर्णयले यस साविकको भरतपुर उपमहानगरपालिकामा नारायणी नगरपालिका , चित्रवन नगरपालिका र कविलास गाविस थप गरि भरतपुर महानगरपालिकामा स्तरोन्नती गरेको थियो।[५]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नारायणी नगरपालिका साविकका शुक्रनगर, मेघौली, जगतपुरपार्वतीपुर गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ४ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा नारायणी नगरपालिकाको कूल जनसङ्ख्या ३९,९०७ हुन्छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  2. २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  3. ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मङ्सिर 
  4. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका
  5. "संक्षिप्त परिचय"भरतपुर महानगरपालिका (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]