न्यूनतम ज्याला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

न्यूनतम ज्याला भनेको रोजगारदाताले कानूनी रूपमा उनीहरूका कामदारहरूलाई भुक्तान गर्न सक्ने न्यूनतम पारिश्रमिक हो । यो भनेको न्यूनतम निर्धारित मूल्य हो जसको तल कामदारहरूले आफ्नो श्रम बेच्न सक्दैनन्। धेरै देशहरूले २० औं शताब्दीको अन्तसम्ममा न्यूनतम ज्याला कानून लागू गरेका थिए। [१] न्यूनतम ज्यालाले श्रम लागत बढाउँने भएकाले , धेरै कम्पनीहरू ठेक्कामा काम दिएर, न्यूनतम ज्याला कम भएको वा नभएको ठाउँमा श्रमिक लाई सारेर वा रोजगार कार्यहरू स्वचालित गरेर न्यूनतम ज्याला कानूनबाट उम्कने गर्छन्।[२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "ILO 2006: Minimum wages policy (PDF)", Ilo.org, मूलबाट २९ डिसेम्बर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मार्च २०१२ 
  2. Larsson, Anthony; Teigland, Robin (२०२०), The digital transformation of labor: Automation, the gig economy and welfare, Routledge, London: Routledge Studies in Labour Economics, आइएसबिएन 978-0-429-31786-6, अन्तिम पहुँच १३ फेब्रुअरी २०२१