पाँडे वंश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाँडे काजी खलक/पाँडे काजी वंश
पाँडे भारदार परिवार
भारदार परिवार
राष्ट्रनेपाल
सम्पदालाजिम्पाट दरबार
उपाधिहरूकाजी, मुख्तियार
सम्बोधन शैलीहरूकाजी साहेब, पाँडे काजी
स्थापनावि.सं. १६१६ (द्रव्य शाहसँगै)
संस्थापक शासकगणेश पाँडे
अन्तिम शासकरणजङ्ग पाँडे
अपदस्थवि.सं. १९००
जातियताखस क्षेत्री
शाखा वंशहरूकाला पाँडे खलक, गोरा पाँडे खलक
धर्महिन्दु
कुलघरान/गोत्रकुलघरान:
गोत्र:
काजी कालु पाँडे, पाँडे वंशका महानायक

पाँडे काजी खलक वा पाँडे काजी वंश वा पाँडे भारदार परिवार नेपाली राजनीतिक पृष्ठभूमिको एक वंश हो । यो वंश क्षत्रिय वर्णको नेपाली क्षेत्री जातिहरूको परिवार थियो र यिनीहरूको दुश्मनी थापा वंशसँग लामो समयसम्म रह्यो । कालु पाँडेका सन्तानहरू काला पाँडे र तुलाराम पाँडेका सन्तानहरू गोरा पाँडे भनी माथवरसिंह थापाले यस वंशमा सामान्य विभाजन गरेका थिए। यस वंशका पुरुष व्यक्तित्वहरूलाई पाँडे काजी भनी सम्बोधन गरिन्छ। पाँडे वंशको उदय गोरखाका राजा द्रव्य शाहको राज्यारोहणबाट सुरू भएको थियो । पछि शिवराम सिंह बस्न्यातको परिवारसँग पृथ्वीनारायण शाहको पालामा यस परिवारको जोडदार सम्बन्ध बन्यो ।

गणेश पाँडे यस भारदार परिवारका पहिलो भारदार देखिन्छन् । उनी राजा द्रव्य शाहलाई गोरखाको गद्दीमा बसाउन सफल भएका थिए । काजी वीरुदत्त पाण्डे गोरखाका काजी हुन् ।[१] उनी गणेश पाँडेकै पछिल्ला वंशज हुन्। वीरुदत्तका छोरा काजी भीमराज पाँडे राजा नरभूपाल शाहलाई राज्यारोहण गराउने भारदारी समुहमा थिए । भीमराजका छोरा काजी वंशीधर कालु पाण्डे गोरखाको सेनापति भए । यस परिवारको सर्वोच्च प्रतिनिधि कालु पाँडे नै थिए । काजी कालु पाण्डेले लमजुङसँग सन्धि गराइ नेपाल एकीकरणमा चातुर्य भूमिका खेलेका थिए ।[२] उनको देहान्त कीर्तिपुरको युद्धमा तयारी नपुग्दा भएको थियो । उनका तीन छोरा थिए; वंशराज पाँडे, रणशूर पाँडे र दामोदर पाँडे। उनका जेठा छोरा देवान काजी वंशराज पाँडे पनि नेपाली जनरल थिए ।[२] वंशराजले नेपाल एकीकरण युद्धहरूमा नेतृत्व गरेका थिए । त्यस्तै कान्छा छोरा मूलकाजी दामोदर पाँडे नेपालको पहिलो प्रधानमन्त्री हुन् । उनले नेपाल-तिब्बत युद्धमा कुत्ती इलाकाको नेतृत्व लिएका थिए ।[३] उनले मूलकाजी भै शासन चलाउँदा राजा रणबहादुर शाहको फिर्ता सवारीमा भीमसेन थापाको आदेशमा यिनको अप्रिय मृत्युदण्ड भयो ।

मूलकाजी दामोदर पाँडे, पाँडे वंशका प्रधानमन्त्री

दामोदरका छोरा मुख्तियार रणजङ्ग पाँडे नेपालको तेस्रो प्रधानमन्त्री हुन् । मुख्तियार भीमसेन थापाको पतनमा यिनको ठूलो भूमिका थियो । वि.सं. १९०० मा माथवरसिंह थापाको उदय हुँदा पाँडे वंशमाथि भीमसेन हत्याको कारबाही भयो । त्यस घटनाले रणजङ्ग पाँडेको मृत्यु भयो । जङ्गबहादुर राणाद्वारा मच्चाइएको कोत पर्वमा दलभञ्जन पाँडे मारिँदा पाँडेहरू सम्पूर्ण शक्तिविहिन भए ।

मुख्तियार रणजङ्ग पाँडे, पाँडे वंशका प्रधानमन्त्री

काजी वीरुदत्तका नाति र काजी भीमराजका भतिजा काजी तुलाराम पाँडे थिए । तुलारामका छोरा काजी भोटु पाँडे, काजी रणजीत पाँडे र काजी जगजीत पाँडे थिए ।[४] काजी भोटु पाण्डे र काजी रणजीत पाण्डेले नेपाल तिब्बत युद्ध लडेका थिए ।[३] काजी रणजीत पाँडे नैनसिंह थापाका ससुरा हुन् । त्यसैले तिनै प्रधानमन्त्री माथवरसिंह थापा रणजीत पाँडेका नाति हुन् । यद्यपि माथवरसिंहले मावली वंशजमाथि बडाबाको हत्याको बदला लिए । काजी भोटुका छोरा बलभञ्जन र जगजीतका छोरा दलभञ्जन अस्ताउँदो पाँडे वंशका अन्तिम दिग्गज थिए । जङ्गबहादुर राणाको उदय अघि बलभञ्जन सरदार थिए र दलभञ्जन काजी थिए ।[४]

पाँडे दरबार[सम्पादन गर्नुहोस्]

लाजिम्पाट दरबार (राणा शासनमा अग्नि भवन भनियो)

लाजिम्पाट दरबार, वा अग्नि भवन काठमाडौंमा स्थित एक पाँडे दरबार थियो जसलाई राणावंशले हत्यायो । यो दरबार काजी वीरकेशर पाँडेको निज निवास थियो । जुन पछि वीर शम्शेर र त्यसपछि अग्नि शम्शेरले लिए ।

लाजिम्पाट दरबार (अग्निभवन पनि भनिन्छ) १९६४ पश्चात

जसरी थापाथली थापा वंशको थलो थियो त्यसरी नै लाजिम्पाट पाँडे वंशको थलो थियो । कोत पर्वपश्चात राणावंशी शासकहरूका मामा काजी कर्णेल त्रिविक्रम सिंह थापाले यस दरबार कब्जा गरे र २८ वर्ष सन् १८७५ सम्म बसोबास गरे ।[५]

होटल शङ्कर[सम्पादन गर्नुहोस्]

होटल शङ्कर जुन पहिले लाजिम्पाट दरबार थियो

होटल शङ्कर जुन पहिले लाजिम्पाट दरबार थियो ।

सदस्यहरू[सम्पादन गर्नुहोस्]

काला पाँडे वंश

गोरा पाँडे वंश

_को अर्थ अज्ञात पुस्ता सङ्ख्या

वर्तमान् वंशजको अवश्था[सम्पादन गर्नुहोस्]

भारतका लागि राजदूत भएका सरदार भीमबहादुर पाँडे कालु पाँडेका सातौँ पुस्ताका वंशज थिए। उनका ५ पुत्रहरू सैनिक तथा बैङ्किङ्ग क्षेत्रमा अगाडि छन्। भीमका छोरा पृथ्वीबहादुर पाँडे नेपाल ईन्भेस्टमेन्ट बैङ्कका वर्तमान् अध्यक्ष हुन्। अन्य थुप्रै पाँडे सन्ततिहरू सैनिक क्षेत्रमा छन्।

स्रोत[सम्पादन गर्नुहोस्]