पाठ्यक्रम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिकाइको बिस्तृत योजनालाई पाठ्यक्रम भनिन्छ । बालबालिकाहरूको सर्वाङ्गीण पक्ष ( शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, सांंस्कृतिक, आध्यात्मिक आदि)को विकासको लागि बिद्यालय भित्र तथा बाहिरबाट बिद्यार्थीहरूमा सिकाइका अनुभवहरू हासिल गराउन तयार पारिएका दस्तावेज, बृहत् योजना, शैक्षिक प्रकृयाको समग्र रूपलाई पाठ्यक्रम भनिन्छ। पाठ्यक्रममा यसको ढाँचा, सक्षमता, सिकाई उपलब्धि, बिषयवस्तुको क्षेत्र क्रम तथा बिस्तृतीकरण, मुल्यांकन प्रकृया आदि समावेश गरिएको हुन्छ।

पाठ्यक्रमको परिभाषाहरु[सम्पादन गर्नुहोस्]

  1. एउटा कार्यक्रममा समाबेस गरिएका र शैक्षिक उद्देश्य प्राप्तिकोलागी बिद्यालय भित्र वा बाहिरबाट सिकारुले प्राप्त गरेका सम्पूर्ण सिकाई आनुभवहरूलाई पाठ्यक्रम भन्दछन् ।
  2. पाठ्यक्रम भन्नाले औपचारिक र अनियमित विसयाबस्तु र प्रक्रिया हो जसद्वारा बिद्यालयको मातहतमा सिकरुहरूले ज्ञान र बुझाई प्राप्त गर्दछन, सिपको विकास गर्दछन, प्रब्रती आकन्छा र मुल्ले हरूलाई परिबर्तन गर्दछ ।

ग्ल्याटहर्नले उल्लेख गरे आनुसार पाठ्यक्रमका धारणा निम्न छन् :

  • सिफारिस गरिएको पाठ्यक्रम
  • योजना गरिएको पाठ्यक्रम
  • सहयोग पुर्याउने पाठ्यक्रम
  • कार्यान्वयन गरिएको पाठ्यक्रम
  • सिकेको पाठ्यक्रम
  • परीक्षण गरिएको पाठ्यक्रम