पारसमणि प्रधान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पारसमणि प्रधान (वि.सं. १९५५ - वि.सं. २०४२) नेपाली भाषाका एक प्रसिद्ध साहित्यकार हुन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

प्रधानको जन्म वि.सं. १९५५ साल माघ महिनामा कालिम्पोङमा भएको थियो। उनको साहित्यिक नाम पारसमणि प्रधान हो भने चिनिने नाम प्रशमान प्रधान पनि थियो। ओखलढुङ्गाबाट बाजेकै पालामा दार्जिलिङ पुगी उनी त्यहीँ बस्ने गरेका थिए। बी.ए.सम्म पढेका प्रधानले लामो समय शिक्षण पेशा अपनाए ।

साहित्य-कर्म[सम्पादन गर्नुहोस्]

उनी नेपाली साहित्यका ३ जना वरिष्ठ वाङ्मयसेवी सूधपामध्ये एक ‘पा’ नामले दार्जिलिङमा चिनिएका थिए। कविता, जीवनी, व्याकरण र अन्य विषयमा प्रकाशित उनका कृतिहरूः
१. नेपाली प्राथमिक भूगोल १ र २
२. भारतवर्षको इतिहास (२)
३. विलायत यात्रा
४. सजिलो नेपाली व्याकरण
५. प्रश्नोत्तर(भानुभक्तीय)
६. चेपागाँडा
७. घिचुवा आगो
८. हुस्सु कुखुरी
९. प्राथमिक शिक्षा विधि
१०. कथा भारती जेठो भाग
११. कथा भारती माहिलो भाग
१२. कथा भारती साहिलो भाग
१३. कथा भारती काहिंलो भाग
१४. वुद्ध चरित्र नाटक
१५. नेपाली सजिलो साहित्य (भाग ४)
१६. नेपाली व्याकरण
१७. भानुभक्त ग्रन्थावली
१८. सम्पादकको विचार (पहिलो खण्ड)
१९. नेपाली मुहावरा
२०. नेपाली हाम्रो मातृभाषा
२१. नेपाली भाषाको उत्पत्ति र विकास
२२. नेपाल तरुण दल प्र.म.को कार्यक्रम
२३. भारतको इतिहास (केटाकेटीको)
२४. नेपाली कविता पाठ भाग १ र २
२५. कवि र कविता
२६. नेपाली सरल गणित पहिलो भाग
२७. १०८ अमर जीवनी भाग १ र २
२८. नेपाली व्याकरणको छोटो इतिहास
२९. टिपन टापन खण्ड १
३०. रोचक संस्मरण
३१. बाँच पौरखी पुरुष रत्न
३२. आधुनिक शिक्षा प्रति गान्धीजी
३३. नेपाली साहित्यको साउँ अक्षर
३४. नेपाली भाषा साहित्यको विवरण
३५. आफ्नो बारेमा १
३६. जयमाला
३७. क्वाँटी
३८. आठौँ अनसूचीमा नेपाली भाषा
३९. साढे सात कथा
४०. काठमाडौंमा दश दिन
४१. काठे झाँकी
४२. कविशिरोमणि लेखनाथ पौड्याल
४३. महाकवि लक्ष्मीप्रसाद देवकोटा
४४. रमाइलो सम्झना खरसाङ्‌गको
४५. बाल कविता केटाकेटीका गीत

पुरस्कार[सम्पादन गर्नुहोस्]

टिपन-टापन ग्रन्थका लागि गद्य विधामा मदन पुरस्कार २०२५ प्राप्त गरेका हुन्। उनले त्रिभुवन प्रज्ञा पुरस्कारत्रिभुवन विश्वविद्यालयबाट सम्मानार्थ महाविद्यावारिधी (डीलिट) उपाधी पाएका थिए ।

निधन[सम्पादन गर्नुहोस्]

उनको वि.सं. २०४२ सालमा कालिम्पोङमा निधन भयो ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]