पिट्युटरी ग्रन्थि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पिट्युटरी ग्रन्थि एक नाली बिहिन ग्रन्थी हो। मानव शरिरमा यसको आकार करिब चनाको बराबर हुन्छ रतौल ०.५ ग्राम हुन्छ।

पिट्युटरी ग्रन्थि ले सम्पूर्ण ग्रन्थिहरूलाई नियन्त्रण गर्दछ। त्यसैले यो ग्रन्थिलाई गुरु ग्रन्थि (master gland) पनि भनिन्छ। पिट्युटरी ग्रन्थि मस्तिष्कको तल्लो भागमा हाडको खोपिल्टोमा रहेको हुन्छ। यो ग्रन्थिले उत्पादन गर्ने वृद्धि हर्मोन (growth hormone) ले हाम्रो शरीरको वृद्धि गर्ने कार्य गर्दछ । यो हर्मोनको कमी भएमा मानिसको उचाइ बढ्न सक्दैन । यो हर्मोन बढी भएमा अस्वाभाविक रूपमा वृद्धि हुने रोग जिगान्टिज्म (gigantism) हुन्छ । पिट्युटरी ग्रन्थिले महिलाको डिम्बाशयमा डिम्बको विकास गर्ने र गर्भवती अवस्थामा स्तनलाई दुध उत्पादन (milk secretion) गर्न उत्तेजित गर्ने हर्मोन पनि उत्पादन गर्छ। यस ग्रन्थिको ट्यूमरलाई एडिनोमा भनिंछ।

कार्य[सम्पादन गर्नुहोस्]

पिट्युटरी ग्रन्थि निम्नलिखित शारीरिक प्रक्रियालाई नियन्त्रण गर्न मद्दत गर्छ:

  • शारीरिक वृद्धि
  • रक्तचाप
  • गर्भावस्था र प्रसव को समयमा गर्भाशयको संकुचन
  • स्तन दूधको उत्पादन
  • पुरुष र महिला दुवैमा यौन अंगको कार्य
  • थाइराइड ग्रन्थिको कार्य
  • भोजनलाई ऊर्जाको रूप मा परिवर्तन (metabolism)
  • शरीरमा जल एवं परासरण दबाब नियंत्रण
  • मलद्वारमा जलको अवशोषणलाई नियंत्रित गर्नको लागि ADH (मूत्र वर्द्धन रोधी हार्मोन) को स्रावित गर्नु
  • शरीरको तापमान नियंत्रण

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]