ब्याटम्यान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्याटम्यान

ब्याटम्यान (अङ्ग्रेजी: Batman) डिसी कमिक्सको एक काल्पनिक पात्र हो। बब केन र बिल फिंगरले यसको रचना गरेका हुन्। ब्याटम्यान ब्रुस वेनको नामबाट गोथम शहरमा बस्छन्। ब्याटम्यानलाई डार्क नाइट पनि भनिन्छ।

अधिकांश सुपरहिरोको जस्तो ब्याटम्यानसँग कुनै अलौकिक शक्ति छैन।

पात्र[सम्पादन गर्नुहोस्]

ब्रुस वेन[सम्पादन गर्नुहोस्]

चित्र:Bruce Wayne Concept Art.png
डिसी कमिक्स ब्रुस वेनको को कल्पना चित्र

ब्याटम्यानको गोप्य पहिचान एक धनी अमेरिकी उद्योगी ब्रुस वेन हुन्। बालक हुँदा, उनको आफ्नो आमाबुबा डक्टर थोमस वेनमार्था वेन को हत्या उनकै आँखा अगाडि भएको थियो। त्यसैले आफ्नो जस्तो नियति अरुले भोगुनु नपरोस् र अपराध विरुद्ध न्यायको खोजी गर्न ब्रुस वेन ब्याटम्यान बने। उनी गोथम सहरमा रहेको आफ्नो निवास वेन मेनर मा बस्छन्। आफ्नो पारिवारिक पैतृक सम्पत्ति र वेन इन्टरप्राइजको नाफाबाट एक ऐयासी देखावटी जीवन बिताएर ब्रुस आफ्नो ब्याटम्यान रुपी अनुहार लुकाउने गर्छन्। [१][२] उनले वेन फाउन्डेसन मार्फत परोपकारको काम पनि गर्छन्, जस अनुसार अपराधका पिडितलाई सहायता पुर्याइन्छ।[३] सार्वजनिक रुपमा, उनी कहिलेकाही उच्च वर्गको पार्टीमा देखिन्छन्।[४] ब्रुस वेन एक सकृय ऐयासी जीवन बिताएको देखिए पनी, उनले आफ्नो अधिकांश समय ब्याटम्यानको रुपमा भिजितान्ते गतिविधिमा बिताउँछन्। [५]

धेरै आधुनिक कथाहरूमा ब्रुस वेनको खर्चालु र ऐयासी छविलाई देखावटी मुहारको रुपमा प्रस्तुत गरिएको छ।[६] यस विपरित क्राइसिस,सुपरम्यान मा क्लार्क केन्ट वास्तविक परिचान हो भने सुपरम्यान देखावटी हो।[७][८] टेलिभिजन डकुमेन्ट्री ब्याटम्यान अनमाक्स्डमा ब्याटम्यानको व्यक्तित्व ब्रुस वेन परिवारको पैतृक मानवताबाट प्रेरित भएको उल्लेख गरेका छन्। ब्रुस वेनको सिद्धान्तमा भविस्यमा हुन सक्ने हानी रोक्ने र "कसैको ज्यान नलिने" पर्छ। ब्रुस वेन यो कुरामा विश्वास गर्छन् कि हाम्रो कदमले हामीलाई परिभाषित गर्छ, हामी केही कारण वश असफल हुन्छौ र जे कुरा पनि सम्भव हुन्छ। [९]

ब्याटम्यान र सुपरम्यान कथाका लेखहरूले अक्सर यी दुईको तुलना र फरक गर्ने गरेका छन्। यो व्याख्या लेखक, कथा, र समय अनुसार फरक हुने गर्छ। ग्रान्ट मरिसन[१०] ले दुवै हिरोले उनीहरूको दिन/ रातको भुमिकाको बाबजुद "उस्तै किसिमको कुरामा विश्वास गर्ने" उल्लेख गरेका छन्। उनले उनीहरूको वास्तविक पहिचानमा फरक पनि उल्लेख गरेका छन्। ब्रुस वेन र क्लार्क केन्ट भिन्न सामाजिक वर्गसँग सम्बन्धित छन्: "ब्रुस सँग बटलर छ, क्लार्कको आफ्नो मालिक छ।" टि. जेम्स मस्लरको किताब अनलिसिङ द सुपरहिरो इन अस अलमा ब्रुस वेनलाई उनको जीवन र ब्याटम्यानको भुमिकामा प्रस्तुर हुन उनको व्यक्तिगत सम्पत्ति कति महत्त्वपूर्ण थियो भन्ने कुरा उजागर गरेका छन्। [११]

विल ब्रुकरले आफ्नो किताब ब्याटम्यान अनमाक्स्डमा लेखेका छन् "ब्याटम्यानको पहिचानको पुष्टिले युवा दर्शकलाई झुट हुन्छ ...उनलाई ब्रुस वेन हुन पर्दैन; उनलाई सुट र ग्याजेट, दक्ष र अझ महत्त्वपूर्ण नैतिकता र मानवता भए हुन्छ। 'उनीहरूले उनलाई विश्वास गर्छन् ...र उनीहरू कहिल्यै गलत हुदैनन्।"[१२]

चलचित्रहरूमा[सम्पादन गर्नुहोस्]

ब्याटम्यानको धेरै चलचित्रहरू बनेका छन्।

भिडियो गेम[सम्पादन गर्नुहोस्]

  • ब्याटम्यान: आरखम असायलम

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Dennis O'Neil, Batman: Knightfall. 1994, Bantam Books. आइएसबिएन ९७८-०-५५३-०९६७३-६
  2. Daniels (1999)[page needed]
  3. Pearson & Uricchio (1991), p. 202
  4. Lewis, Andrew (जनवरी ३, २०१७), "Batman: 15 Things You Didn't Know About Bruce Wayne", ScreenRant, अन्तिम पहुँच २ डिसेम्बर २०२१ 
  5. Morrison, Grant (w). Batman Incorporated v2, #0 (September 2012), DC Comics
  6. Scott Beatty, The Batman Handbook: The Ultimate Training Manual. 2005, Quirk Books, p51. आइएसबिएन ९७८-१-५९४७४-०२३-७
  7. Aichele, G. (1997). "Rewriting Superman" in G. Aichele & T. Pippin (eds.), The Monstrous and the Unspeakable: The Bible as Fantastic Literature, pp. 75–101. Sheffield: Sheffield Academic Press.
  8. Superman vol. 2 #53
  9. "Holy Wisdom, Batman!: 24 Most Famous Batman Quotes", brightdrops.com, अगस्ट २५, २०१७, अन्तिम पहुँच मे १३, २०१९ 
  10. Boucher, Geoff (अगस्ट १३, २०१०), "Batman versus Superman as class warfare? Grant Morrison: 'Bruce has a butler, Clark has a boss'", Los Angeles Times, मूलबाट अक्टोबर १५, २०१२-मा सङ्ग्रहित। 
  11. T. James Musler. 2006. Unleashing the Superhero in Us All.
  12. Brooker, Will (२००१), Batman Unmasked, NY/London: Continuum International Publishing Group, पृ: ३६८, आइएसबिएन 978-0-8264-1343-7 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]