ब्याटिङ (क्रिकेट)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रिकी पोन्टिङ पुल शट प्रहार गर्दै ।

क्रिकेट खेलमा ब्याटिङ एक कला वा शैली हो जुन क्रिकेट बललाई क्रिकेट ब्याटद्वारा प्रहार गरेर रन बनाउन वा एक विकेट बचाउनका लागि गरिन्छ ।[१] एउटा खेलाडी जो वर्तमानमा ब्याटिङ गरिरहेको छ त्यसलाई ब्याट्सम्यान भनिन्छ भने बललाई हिर्काउने कलालाई शट वा स्ट्रोक भन्ने गरिन्छ । विशेसज्ञ ब्याट्सम्यान पदले सामान्य रूपमा त्यस्तो खेलाडीको वर्णन गर्छ जो ब्याटिङ गर्न विशेसज्ञ हुन्छ (जस्तै बलर जो बलिङ गर्न विशेसज्ञ हुन्छ) ब्याटिङ गरिरहेको अवस्थामा खेलाडीलाई ब्याट्सम्यान पदको पनि प्रयोग गरिन्छ ।[२] पछि यो पद आफ्नो पालोमा ब्याट गर्ने कुनै पनि खेलाडीको लागि प्रयोग गर्न सकिन्छ । महिला क्रिकेटमा कहिलेकाही ब्याटिङ गरिरहेको महिला खेलाडीलाई ब्याट्सवुमन पदको प्रयोग गर्ने गरिन्छ तर "पुरुष" शब्दावली पुरुष तथा महिला क्रिकेटमा बढी प्रयोग गर्ने गरिन्छ ।

एक इनिङको समयमा ब्याटिङ गर्ने समूहको दुई खेलाडी पिचमा सदैव रहन्छ । बलरको वर्तमान बल सामना गर्नेलाई स्ट्राइकर र अर्कोलाई नन-स्ट्राइकर भनिन्छ । जब कुनै ब्याट्सम्यान आउट हुन्छ त्यस समय उसको कुनै टिमको सदस्यले उसलाई स्थानान्तरित गर्छ । यो निरन्तर चलिरहन्छ जब सम्म एउटा टिमको इनिङको समाप्ति हुदैन वा सो टिमको १० खेलाडी आउट हुदैन वा अर्को टिमले ब्याटिङ गर्ने अवसर पाउदैन ।

ब्याटिङ शैली वा योजना म्याचको प्रकार र म्याचको वर्तमान स्थिति माथि निर्भर गर्दछ । ब्याट्सम्यानको मुख्य उद्देश्य आफ्नो विकेट नगुमाउनु र सम्भव भए सम्म चाँडो भन्दा चाँडो रन बनाउनु हो ।

कला र शैली[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Cricket: A guide book for teachers, coaches and players (Wellington: New Zealand Government Printer, 1984), p. 8.
  2. BBC SPORT | Cricket | Skills | Backlift and step

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]