मत्स्य अवतार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भगवान बिष्णुको मत्स्य रूप

मत्श्य हिन्दू धर्म अनुसार भगवान श्री विष्णुको अवतार मध्यको प्रथम अवतार हो । मत्स्यावतारमा भगवान बिष्णुले माँछाको रूप लिएका थिए।

मत्स्यावतार बर्णन[सम्पादन गर्नुहोस्]

ब्रास रथमा मत्स्य अवतार,सियरसोल राजबारी, पश्चिम बंगाल, भारत

हिन्दू धर्म ग्रन्थका अनुसार प्राचिन कालमा सत्यव्रत नामका एक राजा थिए । उनी ठुला उद्धारवान र भगवानका परम भक्त थिए । एक दिन उनी कृतमाला नदीमा तर्पण गर्न लागेका थिए यसै बेला उनको हातमा एक सानो माँछा आयो । माँछाले राजालाई भने "हे! महाराज यी नदीका जिव तथा ठुला माँछाहरूले मलाई खान्छन् अत: तपाईँ मेरो रक्षा गर्नु होस् ।" माँछाको विन्ती सुनेर दयालु राजा सत्यव्रतले माँछालाई आफ्नो कमण्डलुमा राखे । केही छिनमै मत्स्य बढेर कमण्डलुमा न अटाउने भए । यो देखेर उदार वादी सत्यव्रतले मत्स्यलाई एक मट्कामा राखे । केही छिन पछि मत्स्य बढेर मट्कामा पनि न अटाउने भए । यो देखेर राजाले पुन: मत्स्यलाई एक तलाउमा राखे । केही छिनमै मत्स्य तलाउमा पनि न अटाउने भए । अन्तमा राजा सत्यव्रतले हार मानी मत्स्यलाई समुद्रमा छोड्ने निधो गरे । यो देखेर मत्स्यले "महाराज ! समुद्रमा त झनै ठुला जलिय जिवहरू छन् तिनले मलाई खाई दिन्छन् मलाई समुद्रमा न छोड्नुहोस्" भनि विन्ती गरे । मत्स्यको यो मधुर वाणी सुनेर राजा मोहित भए राजाले भगवानको लिला हो भन्ने थाह पाए । राजाले हात जोरेर भगवान मत्यको प्रार्थना गर्न लागे ।

प्रार्थना[सम्पादन गर्नुहोस्]

हे प्रभु! हे गुण निधान! जति मैले यो संसारमा चिजहरू देख्छु तपाईँले त्यो सबैलाई एकै छिनमा नास गर्न सक्नु हुन्छ । तपाईँबाट नै यो सृष्ठीको शृजना भएको हो । तपाईँ नै यसको पालन गर्नु हुन्छ । तपाईँ एक अदृश्य शक्तीको रूपमा व्याप्त हुनुहुन्छ । यो संसार तपाईँको शरीर हो, चन्द्रमासूर्य तपाईँका नेत्रहरू हुन्, यो वायू तपाईँको स्वाँस हो । मेघहरू तपाईँका केश हुन् । तपाईँको लिला ठूला ठुला नारद, वशिष्ठ, कश्यप दुर्बाशा,आदी तपश्वी ऋषि मुनीहरू इन्द्र, बरुण, ब्रह्मा, आदी देवतागणहरूले त थाहा पाउन सक्दैनन् भने म एक सामान्य मर्त्य चोलाको मनुष्यलाई के थाहा हुनु मैले तपाईँको लिला थाहा न पाएर जो आफ्नो घमण्डीपना देखाएँ त्यसमा मलाई क्षमा गर्नु होस् । म मात्र नभएर यो सारा जगत नै तपाईँको दाश हो । मेरो भक्ती ठूलो थियो जसले गर्दा तपाईँले म माथी कृपा गरेर दर्शन दिनु भयो म धन्य हुँ जसको दर्शनको लागि यो सारा जगत नै तडपीरहेको छ उनको मैले सहजै दर्शन पाएँ र सेवा तथा प्रार्थना गर्न पाएँ । जसको बल वायू समान छ, जसको पानीको जस्तै मधुरता र सूर्य समान तेज छ । जसमा फूल समान कोमलता र विजुली झैँ चमक छ । जसको मेघको समान वाणी छ जो चराचर जगतको सृष्टी कर्ता, पालन कर्ता र संहार कर्ता हो उन प्रमेश्वरलाई मेरे बारम्बार प्रार्थना छ ।

भगवान मत्स्यले गरेको कामहरू[सम्पादन गर्नुहोस्]

मत्स्य भगवान सत्यव्रतको प्रार्थनाबाट खुसी भए अनि आफ्नो प्यारो भक्त सत्यव्रतलाई भन्दा भए "भक्त ! आजको सातौँ दिनमा तिनै लोक प्रलयकालको जलराशीमा डुब्ने छ । त्यसबेला मेरो प्रेरणाले तपाईँ सामु एक ठूलो डुङ्गा आउने छ । तपाईँले सबै जिवहरू र अन्नहरूको बिज लिएर त्यसै डुङ्गामा सप्तर्षिहरूका साथमा बसेर घुम्नु आँधी र हुरीका कारण नाउ डगमगाउन लाग्ने छ । त्यसै बेला म यसै माँछोको रूपमा तिमीहरूको रक्षा गरौँला ।" यति भनेर भगवान अन्तर्ध्यान भए । न भन्दै सातौँ दिनमा सत्यव्रतको सामु सबै पृथ्वी जलमा डुब्न लाग्यो । राजालाई भगवानको कुरा याद आयो उनले एक नाउ देखे । उनी बिउहरू लिएर सप्तर्षिहरूका साथ त्यसै नाउमा बसे । केही छिन पछि समुद्रमा भयंकर आँधी आयो आँधीका कारण नाउ डगमगाउन थाल्यो । सप्तर्षि लगाएत राजा सत्यव्रतले भगवान मस्त्यको ध्यान गरे । त्यसैबेला समुद्रको विचमा विशाल मत्स्य रूपमा भगवान प्रगट भए नौका सवार आठै जनाले आफ्नो नाउ माँछाको सिँगमा बाँधे । त्यसपछी भगवानले प्रलयको समुद्र बिहार गर्दै सत्यव्रतलाई ज्ञान र भक्तिका उपदेशहरू दिए । हयग्रिव नाम गरेको राक्षसले वेदहरूलाई चोरेर समुद्रमा लुकाई राखेको थियो भगवान मत्स्यले हयग्रिवलाई मारेर वेदहरूको पनि उदार गर्नु भएको थियो।[१]

संदभ्[सम्पादन गर्नुहोस्]

  1. गिताप्रेस गोरखपुरको प्रकाशन हिन्दी पूस्तक दशावतार

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]