मुरली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुरली एक प्रकारको बाजा हो । मालिङ्गो जातको सानो बाँसबाट मुरली बनाइन्छ।

निगालोमुरली बाँसको मुरली अति राम्रो हुन्छ । यसको एक छेउमा तेर्सो काटेर त्यहाँ बाँसको पातलो चोया वा भक्किमिला काठ राखिन्छ र एउटा दुलो पारिन्छ । अर्का छेउमा ६-७ वटा दुला पारिन्छन् । यसलाई बजाउन मुरलीको तेर्सा काटेको छेउ मुखभित्र हालेर विस्तारो फुकेपछि त्यहाँबाट ध्वनि प्रवाहित हुन थाल्छ । यस प्रवाहित ध्वनिलाई संगितमा परिवर्तन गराउन औंलाले छोपी राखेका प्वालहरू क्रमअनुसार छोप्ने र उघार्न गरिन्छ । यसरी मुरली बजाउँदा अति सुरिलो स्वर प्रवाहित हुन्छ । यो नेपाली समाजको अति प्रिय वाद्ययन्त्र हो ।

जोर-मुरली[सम्पादन गर्नुहोस्]

बाँसमा ठेडी राखेर बनाएको दुइटालाई धागोले बाँधेर बराबर एकै स्वर निकाली फुकेर जोर मुरली बजाईन्छ। तर यो किराँत राई शैलीको जोर मुरली वर्तमान अवस्थामा बनाउन छाडिएको छ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]