मे ब्रिट मोजर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मे ब्रिट मोजर
२०१० मा मे ब्रिट मोजर
जन्म (1963-01-04) ४ जनवरी १९६३ (उमेर ६१)
फोस्नावाग, नर्वे
राष्ट्रियतानर्वेजियन
चिनारीको कारणग्रीड कोषिका, प्लेस कोषिका, बोर्डर कोषिका, न्यूरो कोषिका
जीवनसाथीएडभार्ड मोजर
पुरस्कारचिकित्सा (२०१४)
वैज्ञानिक करियर
क्षेत्रन्यूरो विज्ञान
शिक्षाकभ्ली इन्स्टिच्युट फर सिस्टम्स न्यूरोसाइन्स एन्ड सेन्टर फर द बायोलोजी अफ मेमोरी

मे ब्रिट मोजर (जन्म ४ जनवरी १९६३) नर्वेको प्रसिद्ध मनोवैज्ञानिक र ट्रनह्याम, नर्वे स्थित नार्वेजियन यूनिवर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (एनटीएनयू) मा रहेको कभ्ली इन्स्टिच्युट फर सिस्टम्स न्यूरोसाइन्स एन्ड सेन्टर फर द बायोलोजी अफ मेमोरीमा संस्थापक निर्देशक हुन् ।

मोजर तथा उनको लोग्ने एडभार्ड मोजर पीएचडी गरेको एक वर्ष पछि सन् १९९६ मा एनटीएनयूमा मनोविज्ञान तथा न्यूरोविज्ञानका सह-प्राध्यापक (एसोशिएट प्रोफेसर) पदमा नियुक्त भएका थिए । मोजरले आफ्नो लोग्नेसँग मिलेर विभिन्न पुरस्कार प्राप्त गरेका छन् जस मध्ये लोइसा ग्रास होविट्ज प्राइज र कार्ल अवार्ड पनि सामेल छन् । सन् २०१४ मा मस्तिस्कको स्थान पत्ता लगाउने प्रणालीबारे अध्यन गरेवापत उनलाई उनको लोग्ने तथा जोहन ओ केफे संगै चिकित्साको क्षेत्रमा नोबेल पुरस्कार प्राप्त गरेका छन् ।[१][२]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. ताजा खबर (६ अक्टोबर २०१४), "चिकित्सा शास्त्रको नोवेल ३ बैज्ञानिकलाई", जनखबर। 
  2. "Press Release: The 2014 Nobel Prize in Physiology or Medicine" [प्रेस विज्ञप्ति: २०१४ के चिकित्सा के क्षेत्र में नोबेल पुरस्कार] (अङ्ग्रेजीमा), नोबेल प्राइज, ६ अक्टोबर २०१४।  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]