मैत्रीपाला सिरिसेना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महामहिम
मैत्रीपाला सिरिसेना
මෛත්‍රීපාල සිරිසේන
மைத்திரிபால சிறிசேன
सातौ श्रीलङ्काका राष्ट्रपति
कार्यकाल
९ जनवरी २०१५ – १८ नोबेम्बर २०१९
प्रधानमन्त्रीरणिल बिक्रमासिंघे
महिन्दा राजपाक्ष
पूर्वाधिकारीमहिन्दा राजपाक्ष
उतराधिकारीगोतबाया राजपाक्षे
रक्षा मन्न्री
पद बहाली
१२ जनवरी २०१५
राष्ट्रपतिआफै
प्रधानमन्त्रीरणिल बिक्रमासिंघे
महिन्दा राजपाक्ष (विवादित)
पूर्वाधिकारीमहिन्दा राजपाक्ष
विकास तथा वातावरण मन्न्री
पद बहाली
१२ जनवरी २०१५
राष्ट्रपतिआफै
प्रधानमन्त्रीरणिल बिक्रमासिंघे
महिन्दा राजपाक्ष (विवादित)
पूर्वाधिकारीसुसिल प्रेमजयनथा
व्यक्तिगत विवरण
जन्म
पल्लेवत्त गमरालगे मैत्रीपाला यापा सिरिसेना

(1951-09-03) ३ सेप्टेम्बर १९५१ (उमेर ७२)
यागोडा
राष्ट्रियताश्री लंका
राजनीतिक दलश्रीलङ्का फ्रिडम पार्टी
(१९६८–हाल)
सिलोन कम्युनिष्ट पार्टी
(१९६६-१९६८)
अन्य राजनीतिक
संलग्नता
युनाइटेड पिपल्स फ्रिडम एलाएन्स
(२००४– हाल)
(1994–2004)
जीवन साथीजयंथी पुष्पा कुमारी
मातृ शिक्षाप्रतिष्ठानअग्रिकल्चार स्कूल
पेशाराजनीति
हस्ताक्षर
वेबसाइटOfficial website

"पल्लेवत्त गमरालगे मैत्रीपाला यापा सिरिसेना" (pronounced [pallewat̪t̪ə ɡaməraːləlaːɡeː majt̪ɾiːpaːlə jaːpaː siɾiseːnə]; सिंहालीसिंहली: මෛත්‍රීපාල සිරිසේන; तमिलतमिल: மைத்திரிபால சிறிசேன; जन्म ३ सेप्टेम्बर १९५१ ) एक श्रीलङ्काली राजनीतिज्ञ र जनवरी २०१५ श्रीलङ्काका सातौँ राष्ट्रपति हुन् । [१][२] पश्चिमी प्रान्तमा जन्मे पनि सिरिसेना उत्तरी केन्द्रिय प्रान्तका निवासी हुन् र उक्त प्रान्तका प्रथम राष्ट्रपति हुन् । उनी कृषक पृष्ठभूमिबाट आएका थिए र उनको कुनै राजनितीक परिवारसँग सम्बन्ध थिएन ।

सिरिसेना श्रीलङ्काको प्रतिनिधि सभा सदस्यको रूपमा १९८९ मा मुलधारको राजनीति प्रवेश गरे र १९९४ यता उनले कयौं मन्त्रालयको जिम्मेवारी सम्हाले । [३] उनी २०१४ नोबेम्बर मा २०१५ को राष्ट्रपतीय निर्वाचनमा  बिपक्षी गठबन्धनको "साझा उमेदवार" घोषणा नभएसम्म उनी  श्री लंका फ्रिडम पार्टीका महासचिव थिए र स्वास्थ्य मन्न्री समेत थिए । [४][५] उक्त निर्वाचनमा उनको विजयलाई एक अप्रत्याशित नतिजाको रूपमा हेरिन्छ । बैकल्पिक सिंहाली बहुल क्षेत्र र अल्पसंख्यक तमिल तथा मुस्लिमको क्षेत्रबाट युद्ध पश्चात को राजापाक्ष सरकारको हिंसात्मक दमनले उनको विजय सजिलो बनाएको थियो ।[६][७][८] उनीहरूको मत सिरिसेनाको समर्थक भन्दा पनि राजापाक्षे बिरोधि थियो ।[९] मैत्रीपाला सिरिसेनाले १०० देने सुधार कार्यक्रमको घोषणा गर्दै भ्रस्टाचार बिरुद्ध लड्ने , विवादास्पद अठारौँ संसोधन उल्टाउने, २००९ देखि युद्ध अपराधको जांच गर्ने बचन गर्दै नेता  रणिल बिक्रमासिंघेलाई प्रधानमन्त्री नियुक्त गरे ।[१०][११][१२]

सिरिसेनाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश के. श्रीपवन को सामु स्वतन्त्रता चोक , कोलम्बोमा ६:२० बेलुका ९ जनवरी २०१५ मा छैटौ कार्यकारी राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेका थिए । [१३][१४] त्यसको तत्कालै उनले रणिल बिक्रमासिंघेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।[१५][१६] सपथ ग्रहण पछि सिरिसेनाले एक कार्यकाल मात्र राष्ट्रपति हुने बताएका थिए । २८ अप्रिल २०१५ को दिन , सिरिसेनाले राष्ट्रपतिको महत्त्वपूर्ण शक्ति / अख्तियार संसदलाई हस्तान्तरण गरेका थिए। [१७][१८]

२०१८ मा , सिरिसेनाले पुर्व राष्ट्रपति महिन्दा राजपाक्ष लाई प्रधानमन्त्री नियुक्त गरे , रणिल बिक्रमासिंघेलाई बर्खास्त गरे र संसद भंग गरे  जुन कदमले २०१८ को संबैधानिक संकट निम्त्यायो ।[१९][२०][२१]  यो सिरिसेनको राजपाक्षलाई शक्तिमा ल्याउने दोश्रो र सबैभन्दा शक्तिशाली कदमको रूपमा हेरिएको छ ।[२२][२३]

प्रारम्भिक जीवन र वृति[सम्पादन गर्नुहोस्]

मैत्रीपाला सिरिसेना को जन्म ३ सेप्टेम्बर १९५१ मा यागोदा गाउँ मा भएको थियो। [२४][२५] उनका पिताले द्वितीय विश्व युद्धमा लडेकाले ५ एकड धान खेत पोलोननरुवा मा पुरस्कार पाएका थिए र उनको परिवार पोलोनानारुवा बसाई सर्यो । [२६] उनको माता स्कुल शिक्षिका थिइन्। [२७]

रोयल कलेज पोलाननरुवामा पढ्दा उनले पहिलो पटक राजनीतिमा रुची देखाए।[२८] उनी स्कुल पढ्दा उनी साम्यवाद प्रति झुकाव राख्थे र कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । १९६८ मा उनले सरकार बिरोधि कम्युनिस्ट पार्टीको र्यालीमा सहभागी भएका थिए र पुलिसद्वारा पिटिएका थिए ।[२९]

संबैधानिक संकट[सम्पादन गर्नुहोस्]

सिरीसेनाले २०१८ अक्टोबर २६ को साँझ बहुमतप्राप्त रणिल बिक्रमासिंघेको सरकार गत अक्टोबरमा बर्खास्त गरेका थिए। श्रीलङ्काको संविधानमा राष्ट्रपतिलाई निर्वाचित प्रधानमन्त्री बर्खास्त गर्ने अधिकार छैन ।

त्यहाँको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई सन् २०१५ अघि त्यस्तो अधिकार थियो। २०१५ को संविधान संशोधनले प्रधानमन्त्री हटाउन सक्ने लगायत राष्ट्रपतिका धेरै अधिकार कटौती गरेको थियो।

बिक्रमासिंघेलाई पदच्यूत गरेर सिरीसेनाले आफ्ना पूर्व राजनीतिक प्रतिद्वन्द्वी तथा पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।

‍बिक्रमासिंघेले आफू वैध प्रधानमन्त्री रहेको भन्दै प्रधानमन्त्री निवास खाली गर्न अस्वीकार गर्दै आएका थिए। उनले उल्टो संसद बैठक बोलाउन माग गरे। संसदमा आफ्नो पक्षमा बहुमत प्रमाणित गर्ने हाँक दिए।

सिरीसेनाले सुरुमा संसद अधिवेशन बोलाउने जनाए पनि अन्तत: उनी पछि हटे। राजपाक्षेको पक्षमा बहुमत पुग्ने नदेखेपछि उनी नोभेम्बर १४ मा संसद अधिवेशन बोलाउने आफ्नो बाचाबाट पछि हटेको थिए। त्यसको बदलामा उनले संसद भंग गरेर अर्को वर्ष जनवरीमा संसदीय चुनाव घोषणा गरेका थिए।

संसद भंग गर्ने राष्ट्रपतिको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Sirisena to be sworn in as Sri Lanka's new president", Gulf Times, Agence France-Presse, ९ जनवरी २०१५। 
  2. Balachandran, P. K. (९ जनवरी २०१५), "Sirisena Finally Romps Home With 51.28 Per Cent", The New Indian Express  वेब्याक मेसिन अभिलेखिकरण ५ मार्च २०१६ मिति
  3. "All you need to know about Maithripala Sirisena", The Hindu, ९ जनवरी २०१५। 
  4. "Central & South Asia Sri Lanka minister to challenge president", Al Jazeera, २१ नोभेम्बर २०१४। 
  5. "Maithiripala Sirisena of SLFP emerges as common opposition candidate contesting Rajapaksa", TamilNet, २१ नोभेम्बर २०१४। 
  6. "Sirisena Calls for Peace After Surprise Sri Lanka Victory", Bloomberg News, ९ जनवरी २०१५। 
  7. Crabtree, James (९ जनवरी २०१५), "Maithripala Sirisena faces task of repairing Sri Lanka’s image", Financial Times 
  8. Burke, Jason; Perera, Amantha (१० जनवरी २०१५), "Sri Lanka’s new president promises ‘no more abductions, no more censorship’", The Guardian 
  9. Haviland, Charles, "Sri Lanka's life after Rajapaksa", BBC News, BBC, अन्तिम पहुँच १४ जनवरी २०१५ 
  10. Bastians, Dharisha (२२ नोभेम्बर २०१४), "No Maithri for Mahinda", Daily FT, मूलबाट २९ नोभेम्बर २०१४-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २९ नोभेम्बर २०१४ मिति
  11. Mallawarachi, Bharatha (२१ नोभेम्बर २०१४), "Sri Lanka leader to face health minister in polls", San Francisco Chronicle, Associated Press 
  12. Srinivasan, Meera (२२ नोभेम्बर २०१४), "Chandrika returns to politics", The Hindu 
  13. "Sirisena sworn in as Sri Lanka president", Al Jazeera, ९ जनवरी २०१५। 
  14. "Maithri sworn in", The Daily Mirror (Sri Lanka), ९ जनवरी २०१५। 
  15. Srinivasan, Meera (९ जनवरी २०१५), "Sirisena deposes Rajapaksa", The Hindu 
  16. "Ranil new Prime Minister", The Daily Mirror (Sri Lanka), ९ जनवरी २०१५। 
  17. Maithripala’s finest hour The Sunday Times, Retrieved 4 May 2015
  18. The Monk and the Man who changed history वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-२० मिति Sunday Observer, Retrieved 4 May 2015
  19. Diplomat, Tasnim Nazeer, The, "Sri Lanka’s Constitutional Crisis and the Right to Press Freedom", The Diplomat (en-USमा), अन्तिम पहुँच २०१८-११-०६ 
  20. "Sri Lankan Strongman's Return Sparks 'Constitutional Crisis'", Time (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-११-०६ 
  21. "House of Cards in the Indian Ocean", BBC News (en-GBमा), २०१८-११-०४, अन्तिम पहुँच २०१८-११-०६ 
  22. "A Nation Betrayed Looks At Maithri’s Next Move", The Sunday Leader, १२ जुलाई २०१५। 
  23. "JVP claims the greatest political betrayal", DailyMirror, ५ जुलाई २०१५, अन्तिम पहुँच १० जुलाई २०१५ 
  24. "Directory of Members: Sirisena, Maithripala", Parliament of Sri Lanka 
  25. Domínguez, Gabriel (९ जनवरी २०१५), "introducing Maithripala Sirisena - Sri Lanka's new president", Deutsche Welle 
  26. Gunewardene, Prasad (२५ सेप्टेम्बर २००७), "'Mangala, Sripathi, JVP and UPFA'", Daily News (Sri Lanka) 
  27. "Who is this Sirisena?", Dailymirror, Wijeya Newspapers Ltd., अन्तिम पहुँच १८ जनवरी २०१५ 
  28. "Enter Maithripala Sirisena", The Sunday Leader, २३ नोभेम्बर २०१४। 
  29. Burke, Jason (९ जनवरी २०१५), "Sri Lanka election result: Who is new President Maithripala Sirisena?", The Guardian