म्यारी सेली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् १८४०मा, रोयल एकडमी मा प्रदर्शनीमा राखिएको म्यारी सेलीको चित्र

म्यारी वुलस्टनक्राफ्ट सेली (पारिवारिक नाम: गडविन, अङ्ग्रेजी: Mary Shelley, जन्म: ३० अगस्ट १६९९ – १ फेब्रुअरी १८५१) अङ्ग्रेजी उपन्यासकार, नाटककार, निबन्धकार, जीवनीकार र यात्रा संस्मरणकार थिइन् । मुख्यत: उनी फ्रेंनकाइन्साटाइन को लेखिका रूपमा परिचित छिन् । एघार वर्षछँदा उनकी आमा, दार्शनिक तथा नारीवादी, म्यारी वुलस्टनक्राफ्टको मृत्यु भएपछि उनी बाबुद्वारा नै हुर्काइइन् । आफ्ना बाबू राजनीतिक दार्शनिक विलियम गडविनबाट उनले उदारतावादका राजनीतिक सिद्धान्तहरु सिक्ने अवसर पनि पाइन्।

सन् १८१४मा म्यारीले आफ्ना बाबुको अनुसरणकर्ता पर्सि सेलीसँग प्रेम सम्बन्ध सुरु गरिन् । सौतेली दिदी क्लेयर क्लेरमन्ट र म्यारी-पर्सि जोडी युरोप गए, फर्कदाँ म्यारी गर्भवती पनि भइन् । त्यसपछिका दुई वर्षहरूमा जोडीले सामाजिक जातीय बहिष्कृत, आर्थिक समस्या, र असमय गर्भधारणबाट शिशुको मृत्यु जस्ता समस्याहरु झेल्नुपर्यो । सन् १८१६ को गर्मी याम म्यारी र पर्सीले अन्य कविहरुसित गेनेभा, स्वीजरल्यान्डमा बिताए; त्यतिबेला नै म्यारीले आफ्नो उपन्यास फ्रेंनकाइन्साटाइन को बारे सोच बनाइन् । सन् १८१८ मा उनीहरू इट्ली गए जहाँ उनिहरूको दोस्रो र तेस्रो सन्तानको मृत्यु भयो, उनको अन्तिम सन्तानको जन्म पनि त्यहीँ भयो । सन् १८२२ मा म्यारीको श्रीमानको डुङ्गा दुर्घटनामा परी मृत्यु भयो । एक वर्ष पछि म्यारी इङग्ल्यान्ड फर्किन् र आफ्नो एक मात्र सन्तान हुर्काउन र लेखकीय जीवन अगाडि बढाइन् । जीवनका अन्तिम वर्षहरूमा भने म्यारी रोगी भइन्, अन्ततः ५३ वर्षको उमेरमा उनको मृत्यु भयो ।

बाह्य लिङक्[सम्पादन गर्नुहोस्]