रैग्नर फ्रिश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Uio frisch 2006 0025.jpg
Uio frisch 2006 0025

रैगनार फ्रिश अर्थशास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो अर्थशास्त्री हुन् । उनीलाई जन टिनबर्जेनका साथ सन् १९६९ मा नोबेल स्मृति पुरस्कार प्रदान गरिएको थियो । यी दुवैलाई अर्थशास्त्रमा शुद्ध विज्ञानका प्रविधि, शब्द र गणितीय उपकरण प्रयोग गरिएकोमा विशेष योगदान गरे बापत यो पुरस्कार दिइएको हो । व्यष्टि अर्थशास्त्र (माइक्रो अर्थशास्त्र) र समष्टि अर्थशास्त्र (म्याक्रो अर्थशास्त्र) शब्दको प्रयोग सर्वप्रथम फ्रिशले गरेका हुन् । अर्थशास्त्रलाई गतिशील (डाइनैमिक) दृष्टिकोणलाई समावेश गरेर अर्थशास्त्रलाई एक विशेष क्षेत्रमा विकसित गराउने श्रेय पनि यी दुवैलाई जान्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]