रोमन अब्रामोभिच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रोमन आर्काडाइभिच अब्रामोभिच (रसियन उच्चारण: Рома́н Арка́дьевич Абрамо́вич ; जन्म 24 अक्टोबर 1966) रसियन अर्बपति हुनुका साथै लगानीकर्ता र राजनीतिज्ञ पनि हुन् । मिलहाउस एलएलसी नामक कम्पनी उनको व्यक्तिगत लगानीमा स्थापित कम्पनी हो । रसिया बाहिर भने उनले इङ्गलिस प्रिमियर लिग क्लब चेल्सीका मालिकका रूपमा प्रसिद्धी कमाएका छन् । फोर्ब्स पत्रिकाका अनुसार 2014 मा उनी रसियाका पाँचौँ धनी र विश्वका 50 औँ धनी व्यक्तिका रूपमा अगाडि आएका छन् ।

व्यापारिक जीवनवृत्ती आब्रामोभिचले आफू शैनिक सेवामा रहँदा मल्टी विलियन डलर बिजनेस सुरू गरेका थिए । उनले पहिले सडक ट्रेडर र उद्योगमा मेकानिकको काम समेत गरे ।