विकिपिडिया:प्रयोगकर्ता जाँच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


विकिपिडिया प्रयोगकर्ता जाँच र प्रयोगकर्ता जाँच्ने समूहको लोगो

प्रयोगकर्ता जाँच विकिपिडियाको एउटा विशेष उपकरण हो जुन विकिपिडियाको मात्र एउटा सानो भरोसा गरिएका प्रयोगकर्ता जाँच्ने समूहलाई प्राप्त हुन्छ । यस उपकरणको मद्दतले यस वर्गमा रहेका प्रयोगकर्ताले विकिमीडिया सर्भरमा सम्बन्ध स्थापित गरी कुनै विकिपिडिया प्रयोगकर्ताले प्रयोग गरेका आइपी ठेगानाहरूका साथै प्राविधिक रूपमा सर्भरद्वारा भण्डार गरिएका अन्य कुनै प्रयोगकर्ता खाता वा आइपी ठेगनाको बारेमा खोजखबर गर्ने अनुमति दिन्छ । विकिपिडियाको प्रयोगकर्ता जाँच्ने समूहले यस उपकरणको प्रयोग गरेर कुनै दुई वा सो भन्दा बढी व्यक्ति वा मानिसहरूको समूहद्वारा सञ्चालित भइरहेको छ, यदि त्यस किसिमको विघटनकारी वा अपमानजनक व्यवहार भइरहेको अवस्था विरुद्ध विकिपिडियाको रक्षा गर्ने गर्दछन । प्रयोगकर्ता जाँच उपकरण सहि प्राविधिक ज्ञान र अनुभव बिना प्रयोग गर्न सकिदैन । विकिमिडिया फाउन्डेसनको गोपनीयता नीति र यस सँग सम्बन्धित अतिरिक्त प्रतिबन्ध वाहेक प्रयोगकर्ता जाँचको डेटा कहिल्यै पनि सार्वजनिक गरिदैन । प्रयोगकर्ता जाँच उपकरणले छानबिन पूरा गरिसकेपछि प्रयोगकर्ता जाँच्ने सञ्चालकहरुले सामान्यकृत रूपमा आफ्नो निष्कर्ष (यस्तो छ कि एक वक्तव्य साथ "खाता A एक हो, हैन, वा B वा C खातानै हुन सक्छ") भनी जारी गर्दछ ।

प्रयोगकर्ता जाँच उपकरण नेपाली विकिपिडियामा विघटनकारी सम्पादन रोक्न वा अविश्वसनीय प्रयोगकर्तालाई समुदायको समर्थनमा छानबिन गर्न प्रयोग गर्न सकिन्छ ।

जाँच गर्ने आधार[सम्पादन गर्नुहोस्]

प्रयोगकर्ताजाँच डेटा अनुसन्धान, रोकथाम, वा प्रतिक्रियाको लागि प्रयोग गर्न सकिन्छ:

  1. बर्बरता;
  2. सकपपेट्री;
  3. कुनै पनि विकिमिडिया परियोजनामा विघटन (वा सम्भावित व्यवधान) गर्ने; वा
  4. गलत सम्पादनको बारेमा अविश्वास वैध चिन्ता ।

उपकरणको प्रयोग कहिल्यै गर्न सकिदैन:

  1. राजनीतिक वा सामाजिक नियन्त्रण गर्ने;
  2. सम्पादक माथि दवाब सृजना गर्ने; वा
  3. कुनै सामग्री विवादमा एक सम्पादकलाई धमकी दिने ।

प्रयोगकर्ता जाँच्ने उपकरणको प्रयोग[सम्पादन गर्नुहोस्]