शूरप्रताप शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शूरप्रताप शाह राजा नरभूपाल शाहका छोरा एवम् राजा पृथ्वीनारायण शाहका भाइ हुन् । उनले नेपालको एकिकरणकालमा निकै सहयोग पुर्याएका थिए । कीर्तिपुरको युद्धमा यिनको एक आँखा फुटेको थियो जसको बदलामा कीर्तिपुरवासीको नाक काटिई नास्कटीपुर नाम राखिएको थियो ।

कीर्तिपुरको दोश्रो लडाइँ[सम्पादन गर्नुहोस्]

वि.सं १८२३ साउन महिनामा पाँगा, चोभारक्षेत्रमा गोर्खाली सेनाले अधिकार गर्यो। गोरखालीहरूको साहस बढेको हुनाले भदौ महिनामा कीर्तिपुरमाथी आक्रमण गरे। गोर्खाली सेनाको नेतृत्व शूरप्रताप शाहले गरेका थिए। कीर्तिपुरनिवासीले कान्तिपुर र भक्तपुरका राजासँग मद्दत मागेका भए पनि मद्दत मिलेन र एक्लै लड्न तयार भए। कीर्तिपुरनिवासीले वरिपरिबाट कीर्तिपुरलाई अग्लो ढुङ्गेपर्खालले घेरेका थिए, जसलाई गोपुर भनिन्थ्यो। अन्यत्रबाट पर्खाल नाघ्न कठिन पर्थ्यो। गोरखालीले पर्खाल चढ्ने भर्याङ बनाएर किल्लाभित्र जाने तर्जुमा गरे। तर सेनानायक शूरप्रताप सो भर्याङ चढी किल्ला माथि पुग्दा कीर्तिपुरेली छोडेको तिर दाहिने आँखामा गढ्दा आँखा फुट्यो र उनी घायल भए। दलजित शाह पनि केही बेरमा घायल भएकाले गोर्खाली सेना तितरबितर भयो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १७५, आइएसबिएन 99933-2-406-X