सेन्जेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शेनझेनबाट अनुप्रेषित)
सेन्जेन
深圳市
सेन्जेन शहरको अवस्थिति
सेन्जेन शहर
देशचीन
प्रान्तगुआङ्गडोङ्ग
शहरमार्च १९७९
SEZ गठन गरिएको१ मे १९८०
सरकार
 • मेयरझु किन
क्षेत्रफल
 • नगर२०५० किमी (७९० वर्ग माइल)
 • सहरी
१९९१.६४ किमी (७६८.९८ वर्ग माइल)
उन्नतांश
०–९४३.७ मिटर (०–३१४५.७ फिट)
जनसङ्ख्या
 (२०१४)
 • नगर१०७७८९००
 • घनत्व५३००/किमी (१४०००/वर्ग माइल)
 • सहरी
१०,६३०,०००
 • सहरी घनत्व५३००/किमी (१४०००/वर्ग माइल)
क्षेत्रीय सङ्केत७५५
वेबसाइटsz.gov.cn

सेन्जेन  ([ʂə́nt͡ʂə̂n] ( ); चिनियाँ: 深圳[१])चीनको गुआङ्गडोङ्ग प्रान्तको मुख्य शहरहरू मध्ये एक हो । सेन्जेन शहर चीनको विशेष प्रसाशनिक क्षेत्र हङ्गकङ्गको उत्तरमा अवस्थित रहेको छ । यस शहरलाई उप प्रान्तिय प्रसाशनिक सरहको अधिकार हासिल छ जुन प्रान्त भन्दा थोरै कम हुन्छ । [२]

पहिला सेन्जेन कोउलुन देखि क्यानटन रेलमार्गको बिचको ३०,००० जनसङ्ख्या भएको सानो बजारी इलाका थियो भने यस क्षेत्रलाई सहरको दर्जामा सन् १९७९ मा स्तरोन्नति गरिएको थियो र सन् १९८० मा यस सहरलाई चीनको पहिलो विशेष आर्थिक क्षेत्रको रूपमा तोकिएको थियो ।[३] २०१५ को सरकारी प्रतिवेदन अनुसार सेन्जेन सहरमा कुल १,०८,७८,९०० जनसङ्ख्या सहितको सहरीकरण भएको जनाईएको थियो ।[४] सन् १९९० तथा २००० को दशकमा सबै भन्दा छिटो विकास भएको शहरहरू मध्ये सेन्जेन पनि एक हो । सेन्जेनको जनसङ्ख्या विकासको गति उत्पादन क्षेत्रको उछालमा कमि आई अन्य क्षेत्रमा सरे पछि सन् २०१३ देखि १ प्रतिशत भन्दा कम भएको थियो । [५]

इतिहास[सम्पादन गर्नुहोस्]

सेन्जेन क्षेत्रमा मानिसको बसोवास पुरातन समय देखी नै रहेको देखिन्छ । हालसम्म भेटिएको सबैभन्दा पूरानो पुरातात्त्विक अवशेषहरू करिब ५००० वि.सि को रहेको अनुमान लगाईएको छ । 

सेन्जेन चीनको मे १९८० को पाँच विशेष आर्थिक क्षेत्र मध्ये पहिलो क्षेत्र हो । प्रारम्भमा विशेष आर्थिक क्षेत्रको क्षेत्रफल मात्र ३२७.५ वर्ग कि.मि दक्षिण शेन्झेनमा रहेको थियो । जसले चार जिल्लालाई छुन्थ्यो ।

भूगोल[सम्पादन गर्नुहोस्]

सेन्जेन पर्ल नदीको छेउमा अवस्थित रहेको छ भने यससँग सिमा जोडिएको शहरहरू दक्षिणमा हङ्गकङ्ग, उत्तर र उत्तरपूर्वमा हुइझाउ, उत्तर र उत्तरपश्चिममा डोङ्गगुआन हुन् ।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

सन् २०१५ मा सेन्जेनको कुल ग्राहस्थ उत्पादन जम्मा २७० बिलियन अमेरिकी डलर थियो । यस शहरको आर्थिक उत्पादन पोर्टुगाल, आयरल्यान्ड तथा भियतनाम भन्दा बढी छ । सन् २०१४ मा यहाँको प्रति व्यक्ति आय १६४,६६४ (युएसडि २५,०३८) रहेको थियो, जुन विकसित देशहरूको बराबर हुन आउँछ ।


प्रसाशनिक विभाजन[सम्पादन गर्नुहोस्]

सेन्जेनको मातहतमा आठ प्रसाशनिक जिल्लाहरू तथा दुई नयाँ जिल्लाहरू पर्दछन् ।

सेन्जेनको प्रशासनिक विभाजन

शहरीकरण[सम्पादन गर्नुहोस्]

सेन्जेनको सबैभन्दा अग्लो भबन १०० तल्लाको किंगके हो, जुन ४४१.८ मिटर अग्लो छ । सेन्जेनमा सन् १९९६ मा बनेको एसियाकै अग्लो भवन शुन हिंग स्कवायर (भवनको एन्टिनालाई पनि गणना गर्ने हो भने) पनि छ । यस शहरमा २०० मिटर भन्दा अग्ला ५९ भवनहरू छन् भने ती मध्ये ३०० मिटर भन्दा ९ वटा भवनहरू छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Chinese Characters for Shenzhen and Stroke Order", अन्तिम पहुँच १५ अगस्ट २०१५ 
  2. "中央机构编制委员会印发《关于副省级市若干问题的意见》的通知. 中编发[1995]5号", 豆丁网, १९९५-०२-१९, मूलबाट २९ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०५-२८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. Fish, Isaac Stone (२०१०-०९-२५), "A New Shenzhen", Newsweek, अन्तिम पहुँच २०१४-०४-२९ 
  4. "2000-2014年各市年末常住人口数_2015年广东统计年鉴查阅和Excel下载_数析网(tjsql.com)", www.tjsql.com, अन्तिम पहुँच २०१६-०५-०१ 
  5. "深圳人口数量2015", अन्तिम पहुँच २५ मे २०१५