करबीर
करबीर | |
---|---|
Nerium oleander in flower | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति जगत
|
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
उपकुल: | |
वंश: | |
वंश: | Nerium |
प्रजाति: | N. oleander
|
वैज्ञानिक नाम | |
Nerium oleander L. | |
पर्याय[१][२] | |
|
करबीर (वैज्ञानिक नाम : Nerium oleander , अंग्रेजी नाम : oleander, उच्चारण: /ˈnɪəriəm ˈoʊliː.ændər/) ) एक बुट्यान वर्गमा पर्ने अपोसाइनेसी परिवारको वनस्पति हो। यसको विश्वमा व्यापक खेतीले गर्दा उत्पत्तिको कुनै सटीक क्षेत्र पहिचान गरिन सकिएको छैन, यद्यपि यो सामान्यतया भूमध्य बेसिनमा रैथाने भएको मान्यता छ।
करबीर प्राय २–६ मिटर (७–२० फिट) अग्लो र सदाबहार हुन्छ। यो सामान्यतया यसको प्राकृतिक बुट्यानको रूपमा हुर्किन्छ, तर एकल ट्रंकसंग सानो रूखको रुपमा यसलाई हुर्काउन सकिन्छ। यो खडेरी र डुबान दुवै देखि सहनशील छ यद्यपि अति चिसो मौसम यसले सहन सक्दैन। यसको सेतो, गुलाफी वा रातो फूलहरू वर्षैभरी तर धेरैजसो न्यानो ग्रीष्म ऋतुमा फुलेको देख्न सकिन्छ।
करबीरलाई व्यापक रुपमा अति विषालु वनस्पति मानिन्छ र यसको विषालुपन ऐतिहासिक रुपमा पनि प्रसिद्ध थियो। यद्यपि यसको तीतोपनले यसलाई मानव र धेरैजसो जनावरहरूले खानबाट निरुत्साहन गर्दछ त्यसैले विषाक्तताका घटनाहरू दुर्लभ हुन्छन् र मानव मृत्युको लागि सामान्य जोखिम कम हुन्छ।
करबीर उत्तरपश्चिम अफ्रिका र आइबेरियाली र इटालियाली प्रायद्वीपदेखि भूमध्यसागरीय क्षेत्र र कालो सागर क्षेत्र, अरबी प्रायद्वीप, दक्षिणी एशिया, र चीनको दक्षिणी भागहरूमा पूर्वमा युनानसम्म फैलिएको फराकिलो क्षेत्रमा रैथाने वा प्राकृतिकरण भएको मानिन्छ । यसलाई संसारको धेरै उपोष्णकटिबंधीय र उष्णकटिबंधीय क्षेत्रहरूमा रोपिएको छ।
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ "World Checklist of Selected Plant Families, entry for Nerium oleander", अन्तिम पहुँच मे १८, २०१४।
- ↑ "World Checklist of Selected Plant Families, entry for Nerium", अन्तिम पहुँच मे १८, २०१४।