साङ्घाई स्टक एक्सचेन्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१९९२ मा साङ्घाई स्टक एक्सचेन्जले आफ्नो पहिलो स्टक वारेन्ट जारी गर्यो।

सांघाई स्टक एक्सचेन्ज (SSE ) चीनको साङ्घाई सहरमा रहेको एक स्टक एक्सचेन्ज हो। सांघाई स्टक एक्सचेन्ज चीनको मुख्य भूमीमा स्वतन्त्र रूपमा सञ्चालन हुने तीनवटा स्टक एक्सचेन्ज मध्ये एक हो।अन्य स्टक एक्सचेन्जमा बेइजिङ स्टक एक्सचेन्ज र सेन्जेन स्टक एक्सचेन्ज छन्। साङ्घाई स्टक एक्सचेन्ज जुलाई २०२१ अनुसार सम्ममा ७.६२ ट्रिलियन अमेरिकी डलरमा बजार पूँजीकरणको आधारमा विश्वको तेस्रो ठूलो स्टक बजार हो। यो एशियाको सबैभन्दा ठूलो स्टक एक्सचेन्ज पनि हो। [१] हङकङ स्टक एक्सचेन्जको विपरीत, सांघाई स्टक एक्सचेन्ज अझै पनि विदेशी लगानीकर्ताहरूका लागि पूर्ण रूपमा खुला छैन र चिनियाँ मुख्य भूमि (बेइजिङका) अधिकारीहरूले प्रयोग गर्ने पूंजी खाता नियन्त्रणहरूका कारण[२] यो प्रायः केन्द्रीय सरकारका निर्णयहरूबाट यस स्टक एक्सचेन्ज प्रभावित हुन्छ, [३]

सांघाई स्टक एक्सचेन्ज को स्थापना सन् १८९१ मा भएको थियो। यो चीनको पहिलो स्टक एक्सचेन्ज हो। हालको स्टक एक्सचेन्ज नोभेम्बर २६, १९९० मा पुन: स्थापना भएको थियो, र सोही वर्षको १९ डिसेम्बर देखि सञ्चालनमा थियो। यो चाइना सेक्युरिटीज रेगुलेटरी कमिसन (CSRC) द्वारा प्रत्यक्ष रूपमा प्रशासित गैर-नाफामुलक संस्था हो।

साङ्घाई स्टक एक्सचेन्जको शीर्ष १० ठूला स्टकहरू[सम्पादन गर्नुहोस्]

स्रोत: साङ्घाई स्टक एक्सचेन्ज [४] (आरएमबी/चिनियाँ युआनमा बजार मूल्यहरू)। बजार मूल्य द्वारा व्यवस्थित डाटा। २०२० अगस्ट २७ मा अद्यावधिक।

  1. क्वेईचोय मोन्ताई (२,१७४ बिलियन)
  2. इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना (१,३३९ बिलियन)
  3. एग्रिकल्चरल बैंक अफ चाइना (१,०२७ बिलियन)
  4. चाइना लाइफ (८९७ बिलियन)
  5. पिङ एन इन्सुरेन्स (८२९ बिलियन)
  6. चाइना मर्चेन्ट्स बैंक (७६१ बिलियन)
  7. पेट्रो चाइना (७१७ बिलियन)
  8. बैंक अफ चाइना (६९१ बिलियन)
  9. हाइटियन फ्लेवरिङ & फुड (५९३ बिलियन)
  10. हेङ्रुई मेडिसिन (४९९ बिलियन)

भवन[सम्पादन गर्नुहोस्]

साङ्घाई स्टक एक्सचेन्ज सन् १९९७ देखि सांघाई सेक्युरिटी एक्सचेन्ज भवनमा रहेको छ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "World-exchanges.org", मूलबाट २०११-०२-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०८-१९  वेब्याक मेसिन अभिलेखिकरण २०११-०२-०९ मिति
  2. International Herald Tribune - China further loosens its capital controls - retrieved on January 21, 2009.
  3. China Briefing - Foreigners Now Allowed to List on Shanghai Stock Exchange - retrieved on January 21, 2009.
  4. Shanghai Stock Exchange, Market Value, Aug 27 2020.