समावेशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

समावेशी नेपालमा लोकतन्त्रको उदयपछि बढि प्रचलित शब्दहरू मध्येको एक शब्द समाविशी पनि हो। नेपालमा प्रतिनिधि सभाको घोषणा पश्चात् निर्माण भएको अन्तरिम सम्विधान २०६३ ले समावेशीको नारालाई चर्चामा ल्याई प्राथमिकता दिएको छ।

नेपाल बहु भाषिक बहु-सांस्कृतिक, बहु-जातिय , बहुवर्गिय र भौगोलिक दृश्टिले विविधता युक्त देश हो। नेपालमा विभिन्नको भागमा भिन्न भिन्न जातजाति, भाषाभाषी वर्ग सम्प्रदायका मानिसहरू बस्छन्। यी सबै वर्ग र सम्प्रदायका मानिसहरू राज्यको मूलधारसम्म नपुगेको नेपाली समाजमा यिनै पिछडिएको मानिसहरूलाई राज्यको मूलधारसम्म पुर्याउन तथा समान प्रतिनिधित्व गराउने उपाय समावेशी प्रकृया हो। राज्य सञ्चालनको हरेक पक्ष र निकाय कार्यपालिका, व्यबस्थापिका, न्यायपालिका, विभिन्न सङ्घ सस्था, स्थानिय निकाय, गैर सरकारी सस्था, सार्वजनिक सस्थान आदि हरेक ठाँउमा सबैको समान सहभागिता गराउने नीति समावेशी प्रकृया हो।



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]