सुनिल बल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनिल बल
नेपालको फुटबल जर्सीमा सुनिल बल
व्यक्तिगत जानकारी
पुरा नाम सुनिल बल
जन्म मिति १९९८ जनवरी १
खेल्ने स्थान(हरू) आक्रमक मीडफिल्डर
क्लब जानकारी
वर्तमान टोली
थ्री स्टार क्लब
युवा करियर
२०१२-२०१६ एन्फा एकेडेमी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
वि.स.२०७५- थ्री स्टार क्लब
अन्तर्राष्ट्रिय करियर
२०१३-२०१४ नेपाल यू-१७ (१)
२०१५-२०१७ नेपाल यू-१९
२०१८ नेपाल यू-२३ (०)
२०१६– नेपाल (१)
*क्लब घरेलु लिग उपस्थिति र गोल
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २०७५ चैत ०९

सुनिल बल एक नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य हुन् । मुख्य गरी उनी मैदानमा आक्रमक मीडफिल्डरका रूपमा खेल्ने गर्दछन् । उनी एन्फा एकेडेमी का उत्पादन हुन् । २०१५ सालमा नेपाली १९ वर्ष मुनिको राष्ट्रिय फुटबल टिमले साफ च्याम्पियनसिप यू-१८ को उपाधि जित्दा उनी टोलीका एक महत्त्वपूर्ण सदस्य रहेका थिए । उनी नेपाली राष्ट्रिय फुटबल जगतका फ्रि किक तथा कर्नर किक हान्नका लागि माहिर खेलाडका रूपमा २०१८ साफ च्याम्पियनसिप देखि स्थापित भएका थिए सुनिल बल हाल थ्री स्टार क्लबबाट नेपाली राष्ट्रिय लिग शहिद स्मारक ए-डिभिजन लिग खेल्ने गर्दछन् ।

बलले सन् २०१६ मा लाओसविरुद्ध भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए । साथै २०१८ साफ च्याम्पियनसिप उनको राष्ट्रका लागि पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता उपस्थिति थियो[१] । उक्त प्रतियोगितामा भुटानसँगको खेलमा उत्कृष्ट प्रदर्शनी गरे पछि सुनिल बल नेपाली फुटबल जगतमा स्टार खेलाडीका रूपमा स्थापित हुन सफल भएका थिए ।

क्लब जीवन[सम्पादन गर्नुहोस्]

घरेलु फुटबलमा उनी हाल रुस्लान थ्री स्टार क्लबबाट खेल्ने गरेका छन् । त्यसअघि उनले संकटा क्लब तथा सुदूरपश्चिम फुटबल क्लबबाट पनि विभिन्न खाले घरेलु फुटबल प्रतियोगितामा सहभागी जनाउने गर्दथे ।

२०७५ राष्ट्रिय लिग[सम्पादन गर्नुहोस्]

सुनिल बलले सहिद स्मारक ए-डिभिजन लिग का लागि थ्री स्टार क्लबको तर्फबाट २०७५ सालमा डेब्यु गरेका थिए[२]। साथै उनी अन्य घरेलु प्रतियोगीताका लागि पनि थ्री स्टार क्लबबाटै सहभागीता जनाउने गर्दछन्।

अन्तराष्ट्रिय जीवन[सम्पादन गर्नुहोस्]

इन्डोनेसियामा सम्पन्न २०१८ एसियाली खेलकुदमा पनि उनी नेपाली राष्ट्रिय यू-२३ टोलीमा पनि सहभागी रहेका थिए[३] । साथै उनले नेपालको प्राय सबै खाले उमेर समुहका टिमबाट सहभागी जानाएका छन् । उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल पाकिस्तान विरूद्व खेलेका थिए ।

२०१५ यू-साफ च्याम्पियनसिप[सम्पादन गर्नुहोस्]

उनी सन् २०१५ मा साफ यू-१९ च्याम्पियनसिप जित्दाका नेपाली टोलीका महत्त्वपूर्ण सदस्य थिए । उनकै फ्रिकिकमा नेपालले उक्त प्रतियोगिताको सेमिफाइनलमा उपाधि दाबेदार मानिएको अफगानिस्तानलाई पराजित गरेको थियो ।

२०१८ साफ च्याम्पियनसिप[सम्पादन गर्नुहोस्]

२०१८ साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गर्दा सुनिल बलले उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाल राष्ट्रिय टोलीबाट तेस्रो पटक खेलिरहेका सुनील पहिलो पटक त्यो खेलम सुरुआती ११ मा परेका थिए । भुटानविरुद्ध सुनीलले १ गोल गर्नुका साथै २ असिस्ट प्रदान गरेका थिए । २१ औँ मिनेटमा सुनीलकै कर्नरमा अनन्त तामाङले हेडरमार्फत गोल गरेका थिए । ७१ औँ मिनेटमा विमल घर्ति मगरको पेनाल्टी गोलरक्षकले रोकेपछि फर्केर आएको बलमा उनले गोल गरे । ८८ औँ मिनेटमा उनकै कर्नरमा निराजन खड्काले गोल गरेका थिए । एकाएक उनको यो भुटान विरूद्वको खेल प्रदर्शनले नेपाली फुटबल प्रेमी माझ स्टार खेलाडीका रूपमा स्थापित हुन सफल भएका थिए[४] । सम्भव भुटानसँगको खेलमा सबैभन्दा उच्च र उत्कृष्ट प्रदर्शनी गरेका सुनिल बलले उक्त खेलमा म्यान अफ दी म्याच घोषित हुन सफल भएका थिए[५]

अन्तर्राष्ट्रिय खेल विवरण[सम्पादन गर्नुहोस्]

अद्यावधिक ६ जुन २०१९
नेपाल राष्ट्रिय टिम
वर्ष खेलहरू गोलहरू
२०१६
२०१७
२०१८
२०१९
जम्मा

अन्तर्राष्ट्रिय गोलहरू[सम्पादन गर्नुहोस्]

अन्डर-१८[सम्पादन गर्नुहोस्]

गोल नम्बर. मिति स्थान विपक्ष स्कोर नतिजा प्रतियोगिता
१. २७ अगस्ट २०१५ एन्फा कम्प्लेक्सहल, ललितपुर, नेपाल  बङ्गलादेश –० ३-२ २०१५ साफ यू-१८ च्याम्पियनसिप

राष्ट्रिय टिम[सम्पादन गर्नुहोस्]

नम्बर. मिति स्थान विपक्ष गोल अवस्था अन्तिम नतिजा प्रतियोगिता
२. ६ सेप्टेम्बर २०१८ बङ्गबन्धु राष्ट्रिय रंगशाला, ढाका, बङ्गलादेश  भुटान –० ४–० २०१८ साफ च्याम्पियनसिप

उपाधि तथा सम्मानहरू[सम्पादन गर्नुहोस्]

उपाधिहरू[सम्पादन गर्नुहोस्]

सम्मान[सम्पादन गर्नुहोस्]

  • म्यान अफ दि म्याच : साफ च्याम्पियनसिप(२०१८ ६ सेप्टेम्बर, भुटान विरूद्व समूह चरण)

खेल्ने शैली[सम्पादन गर्नुहोस्]

सुनिल मुख्यतय आक्रामक मीडफिल्डरका रूपमा मैदान उत्रने हुदाँ उनले टीमका लागि जस्तो सुकै अवस्थामा पनि सकारात्मक नतिजा दिलाउने सामर्थ्य राख्छन् । उनको एकल प्रयासले पनि टिमले खेलमा उत्कृष्ट नतिजा ल्याउन सफल रहेको छ । जस्तै उदाहरणमा २०१८ साफ च्याम्पियनसिप को भुटानसँगको खेल पनि हो । साथै उनी एक मिहिनेती खेलाडी पनि हुन् । फ्रि-किक तथा कर्नर किकका लागि उनी उत्कृष्ट खेलाडी हुन् । साथै तेज गति वा रफ्तारमा बललाई विपक्षी टिमको गोल पोष्ट नजिक पुर्याएर अन्य खेलाडीहरूलाई सहि समयमा सहि तरिकाबाट पास उपलब्ध गराउन उनी माहिर रहेका छन् ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]