सुष्मिता बनर्जी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुष्मिता बनर्जी
जन्म१९६३/१९६४
कलकता (वर्तमान कोलकाता)
मृत्यु४/५ सेप्टेम्बर २०१३ (उमेर ४९)
पकतीका प्रान्त, अफगानिस्तान
उल्लेखनीय कार्यहरूकाबुलीवालार बङ्गाली बौ
(एक काबुलीवालाको बङ्गाली पत्नी)
जीवनसाथीजाँबाज खान
धर्महिन्दू, पछाडि इस्लाम

सुष्मिता बनर्जी, (सुष्मिता बंधोपाध्यायसईदा कमाल पनि)[१] (१९६३/१९६४ – ४/५ सेप्टेम्बर २०१३०), भारतको एक लेखिका एवं बुद्धिजीवी थिइन्। उनको संस्मरण काबुलीवालार बङ्गाली बौ (एक काबुलीवालाको बङ्गाली श्रीमती; १९९७) उनको एक अफगानीसँग विवाह र तालिबान शासनको बेला अफगानिस्तानमा उनको अनुभवमा आधारित छ। उनको यो संस्मरणमा आधारित एक बलिउड चलचित्र एस्केप फ्रम तालिबान पनि बनाई सकिएको छ।

सन्दिग्ध तालिबानी आतङ्कवादिहरूले ४ सेप्टेम्बर राति पछाडि र ५सेप्टेम्बर २०१३को बिहान भन्दा पुर्वको कुनै समयमा उनको पकतीका प्रान्त, अफगानिस्तानमा स्थित घरको बाहर उनको हत्या गरेका थिए।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Indian author Sushmita Banerjee executed in Afghanistan by Taliban", द टाइम्स अफ इण्डिया , ५ सितंबर २०१३, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१३ 
  2. Narayan, Chandrika; Popalzai, Masoud (५ सितम्बर २०१३), "Afghan militants target, kill female author, police say", सीएनएन, अन्तिम पहुँच १८ अक्टूबर २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]