२०१८ नेपाल राष्ट्रिय फुटबल टिमको सिजन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल
उपनाम(हरू)गोर्खाली
प्रमुख प्रशिक्षकजापान गोतुकि कोजी
कप्तानविराज महर्जन
सर्वाधिक गोलकर्तानवयुग श्रेष्ठ
(१ गोल)
गृह रङ
बाह्य रङ
ठूलो विजय
नेपालनेपाल:०-४:भुटानभुटान
६ सेप्टेम्बर २०१८
२०१८ साफ च्याम्पियनसिप


खेल नतिजा[सम्पादन गर्नुहोस्]

मिति विपक्ष नतिजा गोल* खेल स्थान प्रतिस्पर्धा
१३ मार्च २०१८  यमन हार २-१ कतार सुहिम बिन हमाद स्टेडियम, दोहा (कतार) एसिया कप छनोट
४ सेप्टेम्बर २०१८  पाकिस्तान हार २-१ बङ्गलादेश बंगबन्धु राष्ट्रिय रंगशाला, ढाका (बङ्गलादेश) साफ च्याम्पियनसिप
६ सेप्टेम्बर २०१८  भुटान जित ४-० बङ्गलादेश बंगबन्धु राष्ट्रिय रंगशाला, ढाका (बङ्गलादेश) साफ च्याम्पियनसिप
८ सेप्टेम्बर २०१८  बङ्गलादेश जित २-० बङ्गलादेश बंगबन्धु राष्ट्रिय रंगशाला, ढाका (बङ्गलादेश) साफ च्याम्पियनसिप

खेलहरू[सम्पादन गर्नुहोस्]

 यमन २–१  नेपाल

नेपाल  १–२  पाकिस्तान
विवरण


खेल विवरण[सम्पादन गर्नुहोस्]

यमनविरूद्ध नेपाल[सम्पादन गर्नुहोस्]

नेपालले २०१८ सालको पहिलो खेलमा यमनसँगको हार सँगै एसियन कप छनोटको यात्रा अन्त्य गरेको थियो । कतार स्पोर्टस क्लब सुहेन बिन हमाद रंगशालामा २७ मार्च मा मंगलबार राती भएको यमनसँगको खेल नेपालले २–१ ले गुमाएको थियो ।यमनले २४ औँ मिनेटमा अग्रता बनाएको थियो । तर, नेपालका लागि नवयुग श्रेष्ठको गोलमा नेपालले पहिलो हाफमा बराबरी गरेको थियो । खेल सकिन ६ मिनेट बाँकी रहँदा यमनले पेनाल्टीमा गोल गर्दा नेपाल पराजित हुन पुग्यो । ८३ औँ मिनेटमा नेपालका कप्तान विराज महर्जनले यमनका खेलाडीलाई डि–बक्समा फाउल गरेपछि यमनले पेनाल्टी पाएको थियो । जसलाई यमनी खेलाडीले सदुपयोग गरे ।

छनोट चरणबाट बाहिरिसकेको नेपालको लागि यो खल प्रतिष्ठाको लागि मात्रै थियो । भने, यमनलाई एसियाएसियन कपमा छनोट हुनु नेपालविरुद्धको खेल जित्नै पर्ने दवाव थियो । जितसँगै यमन सन् २०१९ मा युएईंमा हुने एएफसी एसियन कपको लागि छनोट हुन सफल भएको छ । गत जेठमा नेपालले यमनलाई गोलरहित बराबरीमा रोकेको थियो । यमनसँग नेपालको यो चौथो भेट हो । सन् २००० को एसिया कप छनोटमा नेपाल यमनसँग ३–० ले पराजित भएको थियो । सन् २०१४ को मैत्रीपूर्ण खेलमा पनि नेपाल २–० ले पराजित भएको थियो । सन् २०१७ को एसियन कप छनोटमा भने नेपालले यमनलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो ।[१]

यमनविरुद्ध नेपाली टोली[सम्पादन गर्नुहोस्]

२०१८ साफ च्याम्पियनसिप[सम्पादन गर्नुहोस्]

नेपालले साफ च्याम्पियनसिप(साफ सुजुकी कप) मा निराशाजनक सुरु गरेको छ । बंगलादेशको ढाकामा सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा मंगलबार ५ मिनेट इन्जुरी टाइममा सम्हालिन नसक्दा नेपालले हार बेहोरेको छ । इन्जुरी समयमा मुहम्मद अलिले गोल गरेपछि नेपाल २– १ ले पराजित भएको थियो ।

नेपाली टोली[सम्पादन गर्नुहोस्]

२०१८ साफ च्याम्पियनसीपका लागि नेपाली राष्ट्रिय फुटबल टिमका सदस्यहरू:-[२]

गोलकिपर

डिफेन्डर

मिडफिल्ड

फरवार्ड

पाकिस्तानविरूद्ध नेपाल[सम्पादन गर्नुहोस्]

नेपालले साफ च्याम्पियनसिप (साफ सुजुकी कप) मा निराशाजनक सुरु गरेको थियो। बंगलादेशको ढाकामा सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा ५ मिनेट इन्जुरी टाइममा सम्हालिन नसक्दा नेपालले हार बेहोरेको छ । इन्जुरी समयमा मुहम्मद अलिले गोल गरेपछि नेपाल २– १ ले पराजित भएको थियो । सदुल्लाहको क्रसमा मुहम्मदले नजिकबाट गोल गर्दै पाकिस्तानलाई जित दिलाएका थिए ।त्यसअघि नेपाललाई खेलमा फर्काउने क्रममा विमल घर्तीमगरले ८२ औंमा मिनेटमा खेलमा बराबरी गरेका थिए ।

पाकिस्तानविरुद्ध मंगलबार सुजल श्रेष्ठको कर्नरमा आएको बल परिवर्तित निराजन खड्काले हेडमार्फत मिलाएपछि विमलले नजिकबाट गोल गरेका थिए । ६७ औँ मिनेटमा नवयुग श्रेष्ठको ठाँउमा नीराजन मैदान प्रवेश गरेपछि नेपालले दबाब बढाएको थियो । त्यसअघि ३६ औँ मिनेटमा हसन नविद बसिरको पेनाल्टी गोलमा नेपाल पछि परेको थियो । नेपाली टोली कप्तान विराज महर्जनले महम्मद रिजाजलाई पेनाल्टी बक्समा फाउल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । विराजले पहेलो कार्डको दर्शन गरेका थिए ।खेलमा पछि पर्नुअघि नेपालले केहि अवसर पाएर पनि फितलो प्रहार गरेको थियो । १३ औँ मिनेटमा विमल घर्ती मगरको क्रसमा नवयुग श्रेष्ठको हेड पोस्टको धेरै टाढाबाट बाहिरयो । २५ औँ मिनेटमा विराजको क्रस सोझै किपरको हातमा परेको थियो । ३० औँ मिनेटमा नवयुगको फिलतो प्रहार क्रसबारको निक्कै माथिबाट बाहिरिएको थियो । खेलमा पछि परेर पनि नेपालले एउटा राम्रो अवसर पाएको थियो । तर, सफल हुन सकेन । कर्नरमा आएको बलमा डेब्यू गरिरहेका सुमन अर्यालले हेड प्रहार गरे पनि पाकिस्तानका गोलकिपर युसफ इजाज बटले रोकेका थिए ।

दोस्रो हाफमा पनि नेपालले केहि अवसर पायो, तर उपयोग गनए सकेन । ४९ औँ मिनेटमा अनन्त तामाङको प्रहार गोल हुन सकेन । उल्टो पाकिस्तानले अन्तर दोब्बर पार्ने अवसर प्राप्त गरेको थियो । दुई रक्षकलाई विट गर्दै गोलकिपर किरण चेम्जोङसँग वान भर्सेस वानमा सादुल्लाहको प्रहार पोष्टमा लागेर फर्केको थियो ।[३]

  • पाकिस्तानविरूद्ध नेपाली टोली

किरण चेम्जोङ, विराज महर्जन (कप्तान), सुमन आर्याल, अनन्त तामाङ, आदित्य चौधरी,विमल घर्ती मगिर, रोहित चन्द सुजल श्रेष्ठ, अन्जन विष्ट, भरत खवास (सुनिल बल ७३ मिनेट), नवयुग श्रेष्ठ (नीराजन खड्का,६७ मिनेट)

भुटानविरूद्ध नेपाल[सम्पादन गर्नुहोस्]

बंगलादेशविरूद्ध नेपाल[सम्पादन गर्नुहोस्]

२०१८ बंगबन्धु गोल्डकप[सम्पादन गर्नुहोस्]

मैत्रीपूर्ण खेलहरू[सम्पादन गर्नुहोस्]

गोलकर्ताहरू[सम्पादन गर्नुहोस्]

२ गोल

१ गोल

स्रोत[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


उद्दरण त्रुटी: <ref> tags exist for a group named "note", but no corresponding <references group="note"/> tag was found