लभ एन्ड डेथ इन काठमान्डु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लभ एन्ड डेथ इन काठमान्डु
लेखकमार्क व्हिट्टेकर तथा एमी विल्लेसि
भाषाअङ्ग्रेजी
प्रकारTravel
प्रकाशकप्यान माकमिल्लान अस्ट्रेलिया प्रा. लि. तथा राइडर बुक्स
प्रकाशित मिति
२००३
मिडियाको प्रकारकिताब
आइएसबिएन१८४४१३५५८६ Parameter error in {{isbnt}}: Invalid ISBN.

लभ एन्ड डेथ इन काठमान्डु (Love and Death in Kathmandu) अस्ट्रेलियन दम्पति "एमी विल्लेसि" तथा "मार्क व्हिट्टेकर" ले लेखेका किताब हो। यस किताब मा जेष्ठ १९, २०५८ को नेपाल दरबार हत्याकाण्डको बारे लेखिएको छ। यस किताबले नेपाल दरबार हत्याकाण्डको भित्रि कथालाई बाहिर ल्याउने प्रयास गरेको छ। यस किताबले सन् २००२ मा "Asia-Pacific Travel Writing Award" जीतेको थियो।

सिंहावलोकन[सम्पादन गर्नुहोस्]

यस किताबको लेख नेपालको एक गाउँ, दोलखा, मा घटेको एक घटनाबाट शुरु हुन्छ। यस घटनाको विवरण यस प्रकारले दिएको छ: दोलखाको ५५० वर्ष पुरानो दोलखा भीमसेन देउताको मुर्ति बिना कारण पसिना चुहाउन थाल्छ। इतिहासको अनुसार यो साह्रै नै नराम्रो सङ्केत हो। लेखको अनुसार, पछिल्लो पटक मुर्तिले यसरी पसिना चुहाउँदा वि.स. १९९० सालको भुकम्प गएको थियो। जब पनि यस मुर्तिले पसिना चुहाउँछ, कुनै न कुनै नराम्रो घटना घट्छ भनेर विश्वाश गरिन्छ। यसै गरी अरु पनि प्रलयको संकेतहरु देशभर देखा परि रहेको थियो। गोर्खामा बादल नभएको आकाशबाट पानी परेको समाचार, काठमाडौँको कुमारी ( जीवित देवी) को अनुहारमा खटेरा आउनु, सबै केहि प्रकारको प्रलयको सङ्केत गर्दै थियो। अन्तमा नेपाल राजपरिवारको हत्या हुनपुग्यो।


लेखकहरुका अनुसार यहि घटना र यस घटना सँग जोडिएको कथाले नेपाल आई यस कथा लाई पछ्छ्याउन तान्निएका थिए। लेखकहरूले यस किताबमा आफ्ना यात्राको शुरुवात काठमाडौँको कुमारी ( जीवित देवी)बाट गर्छन्। कुमारीको छान्ने बेलामा गरिने पुजा तथा त्यस बेलाको परीस्थिति र गतिविधिको बारे पनि किताबको यस पाठमा बताइएको छ। कुमारीका बारे यस किताबमा वर्णण गरिएको तरिकाले देखाउँछ कि कुमारी र राजपरिवारको निकै पुरानो तथा घनिष्ट सम्बन्ध छ। यस पछि किताबले माओवादी र त्यसबेलाको माओवादीले गरेका घटनाहरू तथा नेपाल बन्दका कुरा गरेको छ। लेखकहरु एक माओवादी लडाकु सँग पनि भेटघाट गरेका बताईएको छ। लडाकुका अनुभति तथा उनी के का लागि माओवादी छिरेका थिए र किन बाहिरिए भन्ने कुराको बयान गरिएको छ। साथै त्यस बखतमा पटक-पटक भइरहने नेपाल बन्दका कारण लेखकहरुका धेरै भ्रमणहरूमा बाधा पुगेको पनि उल्लेख गरिएको छ। यस्तै बन्दका दिनहरूको बिच एक सैनिक क्यप्टेनले पनि किताबको लागि बयान दिन राजी हुँदै निमन्त्रणा गरिएको पनि थियो। यस भेटघाटले यस किताबमा एक सैनिकका आवाज पनि थपिदिएको छ। किताबमा लेखिएको यस सैनिक क्यप्टेन संगको कुराकानी अनुसार सैनिकहरूलाई पनि आफ्नै देशवासी लाई मार्न कुनै रहर थिएन। यस्तै भावमा कुरा गर्दै यस सैनिक क्यप्टेनले उनको अनुभुतिहरु जनाइएको छ।


चौथौँ पाठमा गोरखा र त्याहाँको इतिहासको बारे लेखिएको छ। यहिँबाट पृथ्वी नारायण शाह र उनका काठमाडौँ शहर (त्यस बेलाको नेपालय देश) आफ्नो बनाउने ईच्छाको बारे बताइएको छ। साथै नेपालको जातीय भेदभाव, विषेश गरी बिहेका कुरामा, बताइएको छ। यो विषय जोडिएको कारण सपष्ट रूपमा राजकुमार दिपेन्द्र र उनका बिहेको बारे चलिरहेको तकरारलाई अझ सपष्ट रूपमा देखाउन देखिन्छ।


यसै गरी यस लेखमा नेपाली इतिहास तथा समाजका धेरै कुराहरु, जुन कुनै पनि रूपले राजपरिवार अथवा राजपरिवार हत्याकाण्डसँग जोडिएको छ, त्यस्को बयान गरिएको छ। जस्तै, यस किताब मा नेपाली समाजमा राजपरिवार तर्फको विचार, राजकुमार दिपेन्द्र, पारस तथा राजपरिवारका अरु सदस्यहरुका व्यवहार तथा क्रियाकलाप देखि लिएर राणा शाशनको उदय र गिरावट सम्मको बारे लेखिएको छ। राजपरिवारका विभिन्न टाढाका सदस्यहरु सँग स्वर्गिय राजा तथा रानीको आफ्ना सन्तानहरु सँगको सम्बन्धको बारे सोधपुछ गरिएको छ। यसै सोधपुछका कथाहरूको साथमा किताब पहिलो भागबाट दोस्रो भागमा पुग्छ।


दोस्रो भागको शुरुवात राजकुमार दिपेन्द्रको जन्मको निश्चित दिन र समयबाट हुन्छ। यसैबाट दिपेन्द्रको बाल्यकाल, तन्नेरी जीवन तथा इंग्ल्यान्डको इटन कलेजमा पढाइ गर्दाको दिन हरूको वर्णण गरिएको छ। यस वर्णणमा दिपेन्द्रको दुईटा भिन्न व्यक्तित्वको बारे पनि बताइएको छ -- एउटा सरल र चाखलाग्दो, अर्को भने रिसाहा र साह्रैनै कठोर। दिपेन्द्रको देवयानी राणा तथा सुप्रिया शाह सँगको चहानाको भित्री कथाहरूलाई बाहिर ल्याउन कोशिस गरिएको छ। साथ साथै राजा बिरेन्द्र वीर विक्रम शाह देवले देशलाई राजनीति दल हरूलाई हस्तान्तरण गरिएकोले दिपेन्द्रको रिसको चुमा पुगेको भनि लेखिइएको छ।


किताबका अनुसार यी दुई विषय -- आफ्नो विवाह र देशको स्थिति, ले गर्दा दिपेन्द्र चिन्तित थिए। यस विषयहरु को व्याख्या पछि भने किताबमा जेष्ठ १९, २०५८ को दरबार हत्याकाणड र त्यस हत्याकानडको अगाडि, पछडीका घटनाहरू, त्यस बखतको परिस्थिति र गतिविधिका बारे मितिक्रमानुसार वर्णण गरिएको छ। साथै, यस दुखद घटना पछिको देश व्यापी आक्रोश र नतिजाका बारे पनि लेखिएको छ। देश भरी कुरा भएको विभिन्न षडयन्त्रको बारे तर्कहरुका बारे पनि बयान गरिएको छ।


अन्तको उपसंहारमा जेष्ठ १९, २०५८ घटनाको लगभग एक वर्ष पछि लेखकहरु फेरी नेपाल आउँदाको नेपाल को स्थितिको बारे बताईएको छ। अन्तिम वाक्य पुर्वराजा ज्ञानेन्द्रले जारी गरेका राजनीतिक "कु" का बारे लेखेर सिद्दिएको छ।

किताबका पाठहरु[सम्पादन गर्नुहोस्]

पहिलो भाग:

१ The Goddess and the King

२ The most powerful Woman in the country

३ Emergency

४ Birthplace of a Dynasty

५ Star-Crossed Lovers

६ A Wedding Season

७ The Bodyguard

८ Delinquent Princes

९ The Rise of the Ranas

१० The Battle of the Bedchambers

११ The Toppling of the Ranas

१२ Devyani's Father

१३ Cracks in the Veneer

१४ A Royal Affair

१५ We All Are sufferers


दोस्रो भाग:

१६ The Birth of a Prince

१७ Eton

१८ The Hindu World's Most Eligible Bachelor

१९ Poor Relations

२० The Future Queen

२१ The Games

२२ The arm wrestle

२३ Wedding Season

२४ Jeshta १९ (जेष्ठ १९)

२५ A Family Affair

२६ K Gardeko? (के गर्देको?)

२७ The ADCs

२८ The Emergency Ward

२९ Long Live the King

३० The Romanovs vs Columbine

३१ Taming an Angry Spirit

Epilogue: One Year On

संस्करण[सम्पादन गर्नुहोस्]

लभ एन्ड डेथ इन काठमान्डु को दुइवटा संस्करणहरू छन्। यी दुई संस्करण मध्य शुरुमा निकालिएको किताब "हार्ड कभर" मा छ भने पछि निकालिएको सुधार गरिएको संस्करण "पेपरब्याक" मा छ।

पुरस्कारहरु[सम्पादन गर्नुहोस्]

यस किताबले सन् २००२ मा "Asia-Pacific Travel Writing Award" जीतेको थियो। उद्दरण त्रुटी: Invalid <ref> tag; refs with no name must have content

[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Love and Death in Kathmandu awards", अन्तिम पहुँच ४ अगस्ट २०१३