मस्यौदा:रेडियो अध्यात्म ज्योति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रेडियो अध्यात्म ज्योति
प्रशारण क्षेत्र:काठमाडौँ उपत्यका
नारा:"एफ एम अध्यात्मज्योति, शान्ति रेडियो"
आवृति१०४.८ मेगाहर्ज
प्रकार:समाचार ,अध्यात्मिक कार्यक्रम,धर्म संस्कृति,
भाषानेपाली
वेबसाइटradioaj.com.np

रेडियो अध्यात्म ज्योति काठमाडौँ उपत्यकाबाट सञ्चालित एफएम स्टेसन हो। एफएम १०४.८ मेघाहर्जमा प्रसारण हुने यो एफएममा विशुद्द अध्यात्मिक कार्यक्रमहरू प्रसारण हुन्छन्। २०५५ साल बैसाख २६ गते स्थापना भएको यो एफएमले शुरुमा रेडियो नेपालको एफएम १०० मेघाहर्जबाट आफ्नो पहिलो प्रसारण शुरु गरेको थियो । २०५८ माघ देखि डिल्लीबजार बजार स्थित आफ्नै प्रसारण केन्द्रबाट प्रसारण हुदै आएको छ । एफ एम अध्यात्मज्योति शान्ति रेडियो। [स्रोत नखुलेको]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

आध्यात्मीक रेडियो अरु व्यवसायीक र सामुदायीक रेडियोको तुलनामा फरक छ । आध्यात्मीक ज्ञानले मानिसहरूलाई सकारात्मक सोचको विकास गरी जीवनलाई सहि मार्गमा हिडाउन मदद्त गर्दछ । आफनो छुट्टै पहिचान, विशेषता र समुदाय प्रतिको जिम्बेवारी यसका पृथक आधारहरु हुन ।  शुरुका दिनहरूमा रेडियो नेपालबाट विहानको कार्यक्रममा कही अंशमात्र आध्यात्मीक चिन्तन सम्बन्धी कार्यक्रमहरू प्रसारण हुने गदथ्यो । यससँग सम्बन्धीत श्रोताहरूले आफ्नो रोजाइका भजनहरु सुन्ने अवसरबाट पनि बन्चित भएका परिप्रेक्षमा आध्यात्मीक चिन्तन , सफल जीवन भन्ने नाराका साथ एफ एम अध्यात्मज्योति रेडियो स्थापना गरिएको हो ।

परिचय[सम्पादन गर्नुहोस्]

आध्यात्मीक ज्ञानले मानिसहरूलाई सकारात्मक सोचको विकास गरी जीवनलाई सहि मार्गमा हिडाउने भएकोले यसबाट जनतालाइृ सुसुचित गराउने उदेश्यले स्थापीत यस एफ एम स्टेशन वि स .............सालमा स्थापना भएको हो । स्थापनाकालमा १०० मेगाहर्जबाट शुरु भएको यस स्टेशनले आफ्नो जीवनकालको दौरानमा देखा परेका अनेक बाधा व्यवधानलाई पार गर्दै आजको आवस्थामा आइपुगेको छ । आध्यात्मीक दर्शनको पक्षमा उभिएर आफ्ना हरेक कार्यक्रमहरू मार्फत  व्यवसायीक क्षेत्रमा समेत अगाडि सर्दै गरेको यस स्टेशनले भविश्यमा आफ्ना श्रोताहरु समक्ष यो भन्दा पनि अझ बढी मनोरन्जनात्मक कार्यक्रमहरू दिने काममा अगाडि सर्नेछ ।

==उदेश्य ==[स्रोत नखुलेको]

  1. मानिसहरूमा आध्यात्मीक चिन्तनको विकास गराउने।
  2. स्थानीय कला सस्कृति, साहित्य र असल सस्कारको प्रबर्धन र विकास गरी स्रंरक्षण गर्ने ।  
  3. निस्वार्थ सहयोगी भावना सहितको समाजको निमार्णका लागि सहयोगी संचारको भुमिका निर्बाह गर्ने।

रणनिती[सम्पादन गर्नुहोस्]

  • आफ्नो बेग्लै पहिचान बनाउन सफल यस रेडियोले अन्य व्यवसायीक रेडियोसँग प्रतिस्पर्धी  रूपमा नभै सह यात्रीको रूपमा सम्बन्ध विकास गर्नेछ ।  
  • राजर्नैतिक, व्यक्तिगत हस्तक्षेप, दबाबबाट टाठै भई कार्यक्रमहरू सञ्चालन गर्ने ।
  • व्यवसायीक प्रबर्दनका लागि पनि आध्यात्मीक सोचमा नै अडिग रहेर कार्यक्रमहरू प्रसारण गर्ने ।
  • समाजका हरेक व्यक्तिमा आध्यात्मीक सोचको विकास गराउन सहयोगीको भमिमा निर्बाह गर्ने

सञ्चालन[सम्पादन गर्नुहोस्]

विहान ५ बजे देखि बेलुका ९ बजे सम्म कार्यक्रमहरू प्रसारण हुन्छन।[स्रोत नखुलेको]

कभरेज र श्रोताहरु[सम्पादन गर्नुहोस्]

आफ्ना श्रोताहरुलाइृ भरपुर आध्यात्मीक मनोरञ्जन दिन सफल यो एफ एम काठमाडौँ उपत्यकाका सम्पूर्ण क्षेबहरु सहित आसपासका जिल्लाहरू नुवाकोट, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, बारा, पर्सा, धादिङ , गोरखा,, मकवानपुर आदि लगायतका जिल्लाहरूमा प्रस्टसँग सुन्न सकिन्छ । यो रेडियो अन्य रेडियोहरु भन्दा भिन्दै किसीमको भएकोले यसका आफ्नै प्रकारका श्रोताहरु छन । [स्रोत नखुलेको] 

बनौट र  खुबी[सम्पादन गर्नुहोस्]

बैज्ञाानिक प्रविघिबाट निमार्ण गरिएको यस स्टेशनमा स्टुडियो उपकरणहरूको सम्पूर्ण व्यवस्था गरिएको छ । योग्य रेडियो प्रस्तोताहरु रहेका यस स्टेशनमा व्यवस्थापनहरूको सक्षमताका कारण गुणस्तरीय कार्यक्रमहरू उत्पादन हुने गरेका छन । आध्यात्मीक सोच राख्ने श्रोताहरुका लागि एक मात्र स्टेशन भएकोले यसले आफ्ना श्रोताहरूबाट अत्याधिक समर्थन पाएको छ ।    

कार्यक्रमको ढाँचा[सम्पादन गर्नुहोस्]

विहान र बेलुकाको सेवामा सम्पूर्ण रूपमा आध्यात्मिक कार्यक्रमहरू सञ्चालन गरिएको छ । तर दिउसोको सेवा भने अन्य रेडियो सरह हरेक बर्ग, जाती,, समाज का लागि उपयोगी हुने कार्यक्रमहरू सञ्चालन गरिएको छ ।

लक्षित समुह[सम्पादन गर्नुहोस्]

हाम्रो श्रोताहरु भनेका विशेष गरी तिस वर्ष उमेर कटेका मानिसहरु पर्दछन तर आध्यात्मीक चिन्तनmलाई उमेरले फरक नपर्ने भएकाले यो चिन्तनसँग नजिक रहने सम्पूर्ण  मानिसहरु हाम्रा श्रोताहरु ह्ुन ।    

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

{{subst:Drafts moved from mainspace}}