उपरदाङगढी
उपरदाङगढी ढुङ्गाले बनाइएको चित्तार्कषक गढी हो। यो गढी पृथ्वी नारायण शाहको कान्छा छोरा राजकुमार बहादुर शाहको छोरा शत्रुभन्जन शाहले बनाएका थिए। यो गढी भर्खरै नेपालको एकीकरण हुँदै गर्दा नेपाल र अङ्ग्रेजसँग हुनसक्ने सम्भावित भिडन्तलाई ख्याल गरी बनाइएको थियो। निर्माणपछि प्रशासनिक र व्यापारिक केन्द्र बनेको उपरदाङगढी चितवन जिल्लाको पुरानो सदरमुकाम रहेको गढी हो। पहाडको टाकुरामा रहेको गढी र यातायातको असुविधाले गर्दा वि.सं. २०१८ सालदेखि वि.सं. २०२४ साल सम्ममा यहाँबाट सदरमुकाम भरतपुर सारिएको थियो।