काँगडा जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काँगडा जिल्ला
माथि-बायाँबाट घडीको दिशामा: बैजनाथ शिव मन्दिर, दलाई लामा मन्दिरबाट म्याक्लियोड गंज, रणजितसिंह गेट, काँगडा किल्ला, मसरुर मन्दिरहरू, त्रिउन्डबाट धौलाधार पर्वतशृङ्खलाको दृश्य
हिमाचल प्रदेशमा स्थानको अवस्थिति
हिमाचल प्रदेशमा स्थान
निर्देशाङ्क: ३२°१३′०″उ॰ ७६°१९′०″पू॰ / ३२.२१६६७°N ७६.३१६६७°E / 32.21667; 76.31667निर्देशाङ्कहरू: ३२°१३′०″उ॰ ७६°१९′०″पू॰ / ३२.२१६६७°N ७६.३१६६७°E / 32.21667; 76.31667
देश भारत
राज्यहिमाचल प्रदेश
मुख्यालयधर्मशाला
क्षेत्रफल
 • जम्मा५७३९ किमी (२२१६ वर्ग माइल)
उच्चतम उचाई
५९३० मिटर (१९४६० फिट)
न्यूनतम उचाई
५०० मिटर (१६०० फिट)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा१५१००७५
 • घनत्व२६३/किमी (६८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
वेबसाइटhpkangra.nic.in

काँगडा जिल्ला भारतीय राज्य हिमाचल प्रदेशको सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला हो। धर्मशाला जिल्लाको प्रशासनिक सदरमुकाम हो।

इतिहास[सम्पादन गर्नुहोस्]

सन् १८०५ मा गोर्खा सेनाको सहयोगमा छिमेकी पहाडी राज्यहरूले विद्रोह गरे। राजा संसार चन्दलाई सिख साम्राज्यका महाराजा रणजित सिंहको सहयोग लिन बाध्य पारियो। गोर्खा सेनालाई निष्कासित गरियो तर रणजित सिंहले काँगडा उपत्यकाको सबैभन्दा उर्वर भाग पनि कब्जा गरे, काँगडाका कटोचहरू र छिमेकी राजाहरूलाई जागीरदारको दर्जामा झारे। काँगडालाई सन् १८१० मा महाराजा रणजित सिंहको सिख साम्राज्यले कब्जा गरेको थियो।[१]

काँगडा सन् १८४६ मा ब्रिटिस भारतको एक जिल्ला बनेको थियो, जब यो पहिलो अङ्ग्रेजी-सिख युद्धको समाप्तिमा ब्रिटिस भारतलाई सुम्पिएको थियो। ब्रिटिस जिल्लामा हालको काँगडा, हमीरपुर, कुल्लूलाहुल र स्पीति जिल्लाहरू सामेल थिए। काँगडा जिल्ला ब्रिटिस प्रान्त पन्जाबको एक भाग थियो। जिल्लाको प्रशासनिक मुख्यालय सुरुमा काँगडामा थियो, तर १८५५ मा धर्मशालामा सारिएको थियो।[१]

जनसाङ्ख्यिकी[सम्पादन गर्नुहोस्]

२०११ को जनगणना अनुसार काँगडा जिल्लाको जनसङ्ख्या १,५१०,०७५ थियो। यस जिल्लाको जनघनत्व २६३ बासिन्दाहरू प्रति वर्ग किलोमिटर (६८०/वर्ग माइल) रहेको छ। सन् २००१ देखि २०११ को दशकमा यहाँको जनसङ्ख्या वृद्धिदर १२.७७ प्रतिशत थियो। ५.७१% जनसङ्ख्या सहरी क्षेत्रमा बस्छ। काँगडा जिल्लामा प्रति १० पुरुषमा १०१२ महिलाको लिंग अनुपात रहेको छ भने साक्षरता दर ८५.६७% रहेको छ। अनुसूचित जाति र अनुसूचित जनजातिहरू क्रमशः जनसङ्ख्याको २१.१५% र ५.६०% छन्।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Parry, Jonathan P. (२०१३), Caste and Kinship in Kangra, Routledge, पृ: ११, आइएसबिएन 978-1-136-54585-6 
  2. "District Census Handbook: Kangra", censusindia.gov.in, Registrar General and Census Commissioner of India, २०११।