छविलाल उपाध्याय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छबिलाल उपाध्याय
जन्म(१८८२-०५-१२)१२ मे १८८२
बुधिगाङ (अविभाजित डाराङ) अहिले विश्वनाथ जिल्ला, असम[१]
मृत्यु२४ जनवरी १९८०(1980-01-24) (उमेर ९७)
मजगाउँ (गंगमाउथन)
राष्ट्रियताभारतीय
अन्य नामछबिलाल उपाध्याय, छबिलाल बाबु
पेशाअसमका राजनीतिक नेता
राजनीतिक दलअसम प्रदेश कांग्रेस कमेटी

छविलाल उपाध्याय[१] (१२ मे १८८२ - २४ जनवरी १९८०), असम प्रदेश कांग्रेस कमिटीको पहिलो (निर्वाचित) अध्यक्ष थिए।[२] सन् १९१९ मा उपाध्यायको परिवार आजको असमको विश्वनाथ जिल्लाको बेहाली तहसीलको मजगाउँ (गंगमाउथन) मा बसोबास गरे।[३]

राजनीतिक योगदान[सम्पादन गर्नुहोस्]

छबिलाल उपाध्याय,[४] छबिलाल बाबु भनेर चिनिने आसामका भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख नेता थिए। उपाध्याय स्वतन्त्रता संग्राममा सामेल भए । १८ अप्रेल, १९२१ मा, जोरहटमा उपाध्यायको अध्यक्षतामा एक बैठक सम्पन्न भयो जहाँ असम एसोसिएशनलाई भारतीय राष्ट्रिय कांग्रेसमा विलय गरी असम प्रदेश कांग्रेस समिति गठन गरियो।[५] उनी असम प्रदेश कांग्रेस कमिटीको पहिलो (चयनित) अध्यक्ष बने।[६]उनी कांग्रेसमा सामेल भएको कारण अंग्रेजहरूले गिरफ्तार गरे र गान्धीजीको नेतृत्वमा असहयोग आन्दोलनमा सामेल भएर छ महिनाको जेल सजाय भोगे।

उपाध्यायले गोहपुर उप-डिभिजनमा विभिन्न स्थानीय विद्यालयहरू स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।[७] उनको नेतृत्वमा अखिल भारतीय गोर्खा लीगको आह्वानमा तीस हजार नेपाली भाषीहरूले जिन्नाको प्रस्तावको विरोध गरे।[स्रोत नखुलेको]

अब, असम सरकारले बेहाली, असममा एउटा इन्जिनियरिङ कलेज[८] स्थापना गर्ने घोषणा गरेको छ[९] जसको नाम छबिलाल उपाध्यायको नाममा राखिनेछ।


सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Chhabilal Upadhyaya (Nepali:छबिलाल उपाध्याय) Indian Gorkha freedom fighter", Indian Gorkhas, अन्तिम पहुँच २०२१-०६-०७ 
  2. "The Times of India: Latest News India, World & Business News, Cricket & Sports, Bollywood", timesofindia.indiatimes.com, अन्तिम पहुँच २०२१-०६-०७ 
  3. Upreti, Mohan (जुलाई २०२०), "BABU CHABILAL UPADHYAYA AND INDIA'S FREEDOM STRUGGLE :1920-47", Dissertation: 10। 
  4. Chabilal Upadhyaya, Good Books Distributors Publishers, २०२०। 
  5. History Book Of Class 10, Guwahati: Assam State Textbook Production and Publication Corporation Limited, २०१५, पृ: ६६। 
  6. "16", Baichitramai Assam (Hindiमा), Guwahati: Assam RashtraBhasa Prachar Samiti, २०१८, पृ: 88। 
  7. "Chabilal Upadhyaya M. E. School was .......", मूलबाट २०२०-१०-१६-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-१६ मिति
  8. "New engineering college to be named after Chabilal Upadhyaya", Time8 
  9. "Engineering college will be named after him", East Mojo, १५ अक्टोबर २०२०, मूलबाट २०२०-१०-२७-मा सङ्ग्रहित। 

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]