बजेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सामान्यतया बजेटलाई आय र व्ययको विवरण भनिएतापनी बजेट गत आर्थिक वर्षको आर्थिक गतिविधिहरूको अभिलेख, चालु आर्थिक वर्षका आर्थिक गतिविधिहरूको चित्रण र आगामी वर्षका गतिविधिहरूको प्रक्षेपित अनुमानको दस्तावेज हो । तर एसियाली विकास बैङ्कले बजेटलाई आर्थिक गतिविधिहरूको ऐना भनेर परिभाषित गरेको छ । बजेटलाई जिम्मेवारी किटान गरी अख्तियारि दिने माध्यम पनि भनिन्छ । बजेट आवधिक योजनाहरु कार्यान्वयन गर्ने माध्यम पनि हो ।
शाब्दिक रूपमा हेर्ने हो भने Budget शब्द ल्याटिन भाषाको Bauge र फ्रेन्च भाषाको Bougetteबाट आएको हो जसको अर्थ छालाको सानो थैली भन्ने हुन्छ ।[१] विश्वमा बजेट प्रणालीको सुरूवात सन् १७३३ मा बेलायतबाट भएको हो । जतिबेला बेलायतका प्रधानमन्त्री रवर्ट वालपोलले कालो छालाको झोलामा राखी बजेट पेश गरेका थिए ।

 सरकार [सम्पादन गर्नुहोस्]

प्रतिनिधि बेगरले कर लगाउन पाइँदैन' भन्ने बजेटको मान्यता छ । सरकारको बजेट अनुमानित स्रोतहरू (अक्सर तर सधैं करहरूबाट होइन) र सरकारको खर्चहरूको सारांश वा योजना हो। सरकारी बजेट तीन प्रकारका हुन्छन्: सञ्चालन वा चालु बजेट, पुँजी वा लगानी बजेट र नगद वा नगद प्रवाह बजेट।[२]

संयुक्त राज्य अमेरिका[सम्पादन गर्नुहोस्]

संघीय बजेट व्यवस्थापन र बजेट कार्यालय द्वारा तयार गरिन्छ, र छलफलको लागि कांग्रेसमा पेश गरिन्छ। लगभग सबै अमेरिकी राज्यहरूमा सन्तुलित बजेट हुनु आवश्यक छ, तर संघीय सरकारले घाटाको बजेट पेश गर्न सक्छ।[३]

नेपाल[सम्पादन गर्नुहोस्]

नेपालमा जेठ १५ गणतन्त्र दिवसमा संसदमा बजेट पेश गर्नु पर्ने संवैधानिक प्रावधान छ । [४] [५] संविधानको धारा ११९ को उपधारा (३) मा ‘नेपाल सरकारको अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको पन्ध्र गते संघीय संसदमा पेस गर्नेछ’ भन्ने प्रावधान छ ।

व्यवसायिक बजेट[सम्पादन गर्नुहोस्]

व्यवसाय, शाखा वा निगमको बजेट सञ्चालन, मानव संसाधन, आईटी, आदि विभिन्न विभागहरूको अपेक्षित आम्दानी र खर्चको निकट- भविष्यको लागि वित्तीय पूर्वानुमान हो।[६] [७] [८] [९][८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "bouget", Merriam-Webster 
  2. Cliche, P. (2012). "Budget", in L. Côté and J.-F. Savard (eds.), Encyclopedic Dictionary of Public Administration, [online], http://www.dictionnaire.enap.ca/Dictionnaire/en/home.aspx वेब्याक मेसिन अभिलेखिकरण २०१२-११-०५ मिति
  3. "Constitutional Balanced Budget Amendment Poses Serious Risks", Center on Budget and Policy Priorities (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-१३ 
  4. सिंह, शंकर मान (२०७९, जेठ १), "गणतन्त्र दिवस र बजेट वक्तव्य : एकै दिन", aarthikdainik 
  5. वाग्ले, अच्युत (जेष्ठ १५, २०७४), [गणतन्त्र दिवसमा खप्टिएको ‘बजेट डे’ "https://ekantipur.com/opinion/2017/05/29/20170529081742.html"] |url= योजना जाँच गर्ने (सहायता), कान्तिपुर 
  6. Jonas Elmerraji (2021). How Budgeting Works for Companies, investopedia.com
  7. Edriaan Koening (N.D.) What is Corporate Budgeting?, chron.com
  8. ८.० ८.१ "CIMA Official Terminology", मूलबाट २०१३-०८-१०-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-१० मिति
  9. Rosemarie Kelly (2019). "Budgeting" Institute of Certified Public Accountants in Ireland