ब्लग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

के हो ब्लग ?[सम्पादन गर्नुहोस्]

ब्लग भन्नाले त्यस्ता वेबसाइटहरूलाई जनाउँछ जहाँ प्रयोगकर्ताहरूले आफ्ना लेख तथा विचारहरू एक अनलाइन डायरीको रुपमा प्रकाशित गर्ने गर्दछन् । आफुलाई लागेको कुरा लेखेर इन्टरनेटमा प्रकाशित गर्नका लागि ब्लग अहिले विश्वमा नै चर्चित बन्दै गएको छ । ब्लग शब्द अङ्ग्रेजी शब्दहरू वेब र लग को समिश्रणद्वारा बनेको हो । सुरुमा ब्लगको प्रयोग इन्टरनेटमा आफ्नो स-साना नोटहरू राख्न भए पनि अहिले ब्लग आफ्नो विचार प्रस्तुत गर्ने एक प्रमुख माध्यमको रुपमा विकसित भएको छ ।

नेपालको परिप्रेक्षमा ब्लगको शुरुवात कहिलेवाट भयो भत्रे एकिन इतिहास छैन । तर २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले राजनीतिक कु गरी शासनसत्ता आफ्नो हातमा लिएपछि नेपालमा वैकल्पिक सञ्चारमाध्यमको रुपमा ब्लग देखिएको हो । नेपाली भाषाको ब्लगहरू हेर्ने हो भने माइसंसार डटकम अगाडि देखिएको छ । अहिले करिब एक सयको हाराहारीमा नेपाली ब्लगहरु संचालनमा रहेका पाइन्छ । तर पछिल्लो समय अनलाइन मिडियाको बाढीले ब्लग ओझेलमा परेको भान हुन थालेको छ ।

सामान्यतया लेखहरू राखिने ब्लगहरू प्रचलित भए पनि ब्लगहरू अन्य विभित्र प्रकारका हुने गर्दछन् । भिडियो सम्बन्धित ब्लग लाई भि­लग भत्रे गरिन्छ । त्यस्तै फोटोहरू राखिने फोटो­ब्लग हरू पनि प्रचलित छन् । अचेल मोबाइलबाट पनि ब्लग गर्ने प्रबिधिको बिकास भैसकेको छ, त्यस्ता ब्लगलाई मोब्लग भत्रे गरिन्छ । विषयवस्तुको हिसाबले पनि बिभित्र प्रकारका ब्लगहरु हुने गर्दछन्, जस्तै राजनैतिक ब्लग, ट्राभल ब्लग, फेसन ब्लग, आदि । ब्लग लेख्न सुरु गर्नु भन्दा पहिले आफु कुन विषयवस्तुमा ब्लग लेख्ने भत्रे बारे निर्णय गर्नु राम्रो हुन्छ । कसैले ब्लग लेख्दा आफ्नो दिमागमा जे आयो त्यही लेख्ने गर्छन । कसैले कुनै निश्चित बिषयमा ब्लग लेख्ने गर्छन । धेरैले कुनै निश्चित विषयमा लेख्ने गरे पनि बेला बेलामा विषय परिवर्तन गर्ने गर्छन् ।

ब्लगको चरम स्वच्छन्दता कारण यसको कुनै निश्चित तोकिएको परिभाषा एवम् यस्तै प्रकारको हुनुपर्छ भन्ने कुनै सुत्र छैन। जसका कारण ब्लगलाई एउटै प्रकृतिको आधारमा परिभाषित गर्न सम्भव छैन। तैपनि ब्लगलाई प्राय सबैले अनलाईन डायरीको रूपमा परिभाषित गर्ने गरेका छन। त्यसैले ब्लग लाई विभिन्न रूपमा परिभाषित गर्न सकिन्छ जस्तै :–

  • ब्लग यस्तो अनलाईन जर्नल हो जहाँ तपाईले आफ्नो अनुभव र अनुभुतिलाई क्रमबद्ध रूपमा राख्न सक्नुहुन्छ ।
  • ब्लग यस्तो अनलाईन डायरी हो जसलाई एकल ब्यक्तिले दैनिक व्यवस्थापन गरी सामाग्रि प्रकाशन गर्छन ।

ब्लग शब्दको प्रारम्भ वेबलगबाट शुरु भएको हो। वेभ लग बाट नै ब्लग शब्द निर्माण भएको मानिन्छ । कसैले यसलाई वि ब्लग पनि भन्छन्। छोटकरी रूपमा ब्लग शब्द नै प्रचलनमा छ । ब्लग गर्ने ब्यक्तिलाई ब्लगर भनिन्छ भने ब्लग गर्ने प्रक्रियालाई ब्लगगिङ्ग भनिन्छ ।

ब्लगको इतिहास [सम्पादन गर्नुहोस्]

इन्टरनेटको प्रारम्भमा प्रत्येक नयाँ पन्नाहरू खुल्दा उमंग र उत्साहको माहौल बन्थ्यो। इन्टरनेटको संजालमा जो जो छिर्नसक्थे उनीहरूमा गर्व हुन्थ्यो एक छुट्टै संसारमा पुग्न सकेकोमा। सन् १९९२को दशकमा आएर टाम बर्नरर्स लिले प्रारम्भमा क्यानयाँ पन्ना नामक पेज निर्माण गरे। त्यसपछि अर्का हस्ती र्माक एन्डरसर्नले उस्तै अर्को पन्नाको निर्माण गरे। दुबैले आफ्ना रचनाहरू इन्टरनेटको दुनियमा लिंक गरिदिए। जव इन्टरनेटका प्रयोगकर्ताहरूको प्रयोग बढ्दै गयो, र वल्डवाइड वेभको प्रयोग बढ्दै गयो अन्य कार्यक्रम निर्माताहरूले कोडेड पन्नाहरूको निर्माण गरी इन्टरनेटका प्रयोगकर्ताहरूमाझ फालिदिए जस्टीन हलले सन् १९९४मा फिल्टर लगको प्रारम्भ गरे। उनले त्यो बेला ष्लिप।लभत बाट ब्लगको शुरुवात गरेका थिए। सन् १९९८मा जर्न र्बारगरले पहिलो पटक वेभलग भन्ने शब्दको प्रारम्भ गरे। त्यसपछि यसलाई वेभलगर भनेर उच्चारण गर्न थालियो। र यो अहिलेको ब्लग शब्दमा रूपान्तरित भयो। सन् १९९९ मा ब्लगरपिटास (Pitas)ले सहज रूपमा ब्लग पेजहरू खोल्ने सुविधानको प्रारम्भ गरे। यि दुबै साइट प्रदायहरूले सहज रूपमा जसलाई पनि वेभब्लग खोल्ने सुविधा उपलब्ध गराए।
दुबैका सहजै साइनअप गरेर आफुलाई मन लागेको कुरा लेखेर प्रकाशित गर्न सक्ने भए। यि दुबैले एचटिएमएल कोड विहिन सेवा शुरु गरेकाले यो ज्ञान नभएकाका लागि पनि सहज बन्दै गयो। त्यसपछि करौडौ ब्लगहरू इन्टरनेटको दुनियामा तैरिन थाले ।

नेपालमा ब्लग[सम्पादन गर्नुहोस्]

नेपालको परिप्रेक्षमा ब्लगको शुरुवात कहिलेबाट भयो भन्ने एकिन इतिहास छैन। तर २०६१ माघ १९मा तत्कालिन राजा ज्ञानेन्द्र शाहले राजनीतिक कु गरी शासनसत्ता आफ्नो हातमा लिएपछि नेपालमा बैकल्पीक साचारमाध्ययमको रूपमा ब्लग देखिएको हो। राजाले शासनसत्ता आफ्नो हातमा लिएपछि सम्पूर्ण साचार माध्ययमलाई नियन्त्रणमा राख्ने प्रयास भयो। यसको सांकेतिक विरोध गर्दै मुलधारको पत्रकारीतामा संलग्न रहेका युवाहरू पत्रकारहरूले नेपालामा ब्लगिङ्गलाई प्रवेश गराएका हुन्। हुन पनि क्रुर र तानाशाही सरकारको कारण राजाको सक्रियतामा ब्लग निक्कै चर्चामा आएको थियो। मुलधारको पत्रिकाको तुलनामा ब्लग सबैको समाचारको माध्यम बन्न सफल भएको थियो।

नेपालमा ब्लग साइटहरूमा समाचारको निकै बाहुल्य पाइन्छ। कतिपय ब्लग साइटहरू त समाचार साइटले जस्तै समाचार मात्र पस्किन्छन्। त्यसैले ब्लगहरू पनि नेपालमा समाचारका माध्यम बन्न थालेका छन्। यद्यपि ब्लग समाचार साइट होइन। ब्लग व्यक्तिले आफ्नो दैनिकी लेखेर वेवमा प्रकाशित गर्ने पद्दति हो। वेब-लग शब्दबाट ब्लग बनेको हो। विभिन्न सञ्चारकर्मी, भाषाकर्मी आदिले ब्लग सञ्चालन गरेका छन्। ब्लग स्वतन्त्र रुपमा आफ्ना भनाइहरु राख्ने माध्यमको रुपमा लिइन्छ । यो नेपालको लागि नौलो रहेन । किनभने सन् २००५ देखिनै नेपालमा ब्लगको सुरुवात भइसकेको थियो । वा नेपालीहरुले पनि ब्लगमा आफ्ना विचार तथा भनाइ राख्न थालिसकेका थिए । हालसम्म अनवरत रुपमा उमेश श्रेष्ठले आफ्नो ब्लग सञ्चालन गर्दै आउनभएको छ । यस्तै पछिल्लो समयमा नेपालका अन्य ब्लगरहरुमा कमल धिताल, आशेष श्रेष्ठ, रिमा दवाडी लगायतको नाम अग्रपङ्तीमा आउँछ ।

नेपालको सबैभन्दा पुरानो ब्लग माइसंसार हो । उमेश श्रेष्ठले सुरु गरेको ब्लग हालसम्म पनि उत्तिकै चर्चित रहेको छ । सन् २००५ मा उमेश श्रेष्ठद्वारा स्थापना गरिएको माइसंसार नेपाली डायस्पोराका बीचमा निकै लोकप्रियता हासिल गरेको छ ।  यसलाई इन्टरनेटमा धेरै पटक हेरिने नेपाली ब्लगहरू मध्ये एक बनाएको छ। यस्तै अर्को चर्चित ब्लग आशेषको ब्लग पनि हो । यसमा भएका टुलहरुका कारणले पनि यो ब्लग निकै चर्चित रहेको छ । यसमा मुख्य रूपमा क्यालेन्डर डेट कन्भर्टरहरू जस्ता नेपाली उपकरण रहेका छन्। यसले वेब प्रोग्रामिङ, डिजाइन, नेपाली घटनाहरू, र थप सहित विभिन्न विषयहरू समेटने गरेको पाइन्छ । केडी ब्लग नेपालको अर्को चर्चित ब्लग हो । पत्रकार कमल धितालको पर्सनल ब्लग भएपनि उनले राख्ने कन्टेन्टका कारण यो ब्लग निकै चर्चित रहेको छ ।  यस्तै लण्डनमा बसेर ब्लग सञ्चालन गरिरहेका लेक्स लिम्बुको ब्लग अर्को चर्चित ब्लग हो ।

वेबसाइटले मुख्यतया नेपाल र नेपाली डायस्पोरा समुदायसँग सम्बन्धित समाचार र घटनाहरू समेट्छ। विशेषगरी नेपाली सेलिब्रेटीहरुको जीवनको बारेमा यस ब्लगले बढी चर्चा गर्ने गरेको छ ।

नेपालमा ब्लगको प्रवेश[सम्पादन गर्नुहोस्]

राजाको सञ्चार र स्वतन्त्रताप्रति अनुदार नैतिका साथ शुरु भएको प्रत्यक्ष शासनसंगै नेपालमा ब्लग शब्द भित्रिएको मानिन्छ। २०६१को शाही कु संगै स्वतन्त्र रूपमा पत्रकारीतालाई आफ्नो पेशाका रूपमा अङ्गाल्दै आएका युवा पत्रकारहरूले सूचना प्रति अनुदार सरकारको प्रत्यक्ष अनुभव गर्नपुगे।। राजाको प्रत्यक्ष शासन अगाडि केही अपवादलाई छोडेर हेर्ने हो भने उनीहरू निर्धक्कताका साथ दे देख्थे त्यो लेख्थे। उनीहरूमा मैले लेखेको समाचार कतै सेन्सर हुने होकि भन्ने पूर्व भय थिएन।

ज्ञानेन्द्रको प्रत्यक्ष शासनसंगै हतियारसहित समाचार कक्षमा प्रवेश गरेको सेनाले धमाधम बन्दुको भरमा कलमले लेखीएका समाचारहरू सम्पादन हुन थाले। उनीहरू कालोलाई सेतो अनी सेतोलाई कालो बनाउन थाले। केही सञ्चार गृहहरूले सरकार जे चाहन्छ त्यो लेख्न आफ्ना पत्रकारहरूलाई दवाव दिन थाले। तर, आफुले देख्दादेख्दा कालो सेतो र सेतो कालो भएको युवा सञ्चारकर्मीले सहज रूपमा स्विकार गर्न सकेनन्। तर, गर्ने के ? राज्यलाई चुनौतिदिँदै आफै सञ्चार गृह चलाउन सम्भव भएन। समस्याको जालोमा बेरिइरहेको अवस्थामा उनीहरूको सामु बरदान बनेर आयो ब्लग। स्वतन्त्रताका भोका युवा पत्रकारहरूले आफ्नो सही सूचना जनसमक्ष ल्याउन यसरी ब्लगको दुनियामा प्रवेश गरे।

बैशाख ११, २०६३को राजनीतिक परिर्वतनमा नेपाली ब्लगरहरूको समेत उल्लेख्य सहभागिता रहेको देखिन्छ। २०६१ माघ १९ राजनीतिक रूपमा नेपालको इतिहासमा काला अक्षरले आतंकित दिनका रूपमा रहेतापनि नेपालमा ब्लग जस्तो शसक्त बैकल्पिक जनताको सञ्चार माध्ययमको जन्म गराउनमा योगदान दिएकाले यसको सम्झना हुनेछ।

ब्लगिङ् गर्दा ध्यान दिनुपर्ने कुराहरु [सम्पादन गर्नुहोस्]

  • १. सकेसम्म सिर्जनात्मक लेखलाई मात्र स्थान दिनुहोस् । साभार जानकारी जस्तै समाचार पोष्ट गर्दै हुनुहुन्छ भने लिङ्क ब्याक गर्न नबिर्सुहोला । अरुको रचना चोरेर नकरात्मक ख्याति नकामाउनुहोस् । 
  • २. ब्लगपोष्टका शीर्षकहरू छोटा र आकर्षक बनाउनुस् । शीर्षक नदोहोर्याउनुस् । शीर्षक लेख सुहाउँदो भए नभएको मुल्याङ्कन गर्नुहोस् । 
  • ३. ब्लगपोष्टको प्रस्तुतिमा ध्यान दिनुहोस् । कुरा र अनुच्छेद दुवै छोटा र विषय केन्द्रित राख्नुहोस् । आफ्नो ब्लगको मूल उदेद्दय पहिचान गर्नुहोस् । 
  • ४. पाठक बढाउँन अरूका ब्लगपोष्टहरू अध्ययन गर्नुहोस् र प्रतिक्रिया दिनुहोस् । तपाईँले अरूको पोष्टमा जति प्रतिक्रिया दिनुहुन्छ, त्यति नै तपाईँको पोष्टले पनि प्रतिक्रिया र पाठक पाउने सम्भवना रहन्छ । 
  • ५.पाठकहरूसित नियमित अन्तरक्रियामा रहनुस् र उनीहरूले दिएका प्रतिक्रियालाई खुला दिलले स्वागत् गर्नुहोस् । 
  • ६. ब्लगलेखनलाई नियमित बनाउनुहोस् । अनियमित ब्लगरलाई अरु पाठक र ब्लगरहरूले ध्यान नदिन सक्दछन् । 
  • ७. आफ्ना लेखरचनालाई समाजिक सञ्जालको प्रयोग गरी धेरै जनामा बाड्नुहोस् । यसो गर्दा तपाइंको पोष्टका पाठकसंख्या बढ्ने सम्भवना रहन्छ । 
  • ८. समय सापेक्षित लेखरचना र पढ्दा फाईदा हुने कुराहरु लेख्नुहोस् र बाढ्नुहोस । 

रिफरेन्सहरू[सम्पादन गर्नुहोस्]