मुसिकोट नगरपालिका, पश्चिम रुकुम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुसिकोट नगरपालिका रुकुम जिल्लाको सदरमुकामको रूपमा रहेको मुसिकोट जिल्लाकै विकसित वडा हो । यो अग्लो र केहि भिरालो भु-भागमा रहेको छ। यो जिल्लाको मुख्य आकर्षण स्थल हो। यहाँ सम्पूर्ण किसिमका सरकारी तथा गैरसरकारी कार्यालयहरु रहेकाले जुनसुकै काम गर्न मुसिकोट खलगां धाउनै पर्छ। यो खलगां गाविस अन्तर्गत पर्ने भएकोले गर्दा कतिपयले खलगां भनेर चिन्छन्। सरकारले हालै थप गरेका नयाँ ७२ वटा नगरपालिका मध्ये खलगां र साख गाविस मिलाई खलगां नगरपालिका बनाइएको छ।जसको मुसिकोट नाम राखियो ।फेरि पछिल्लो पटक चौरजहारी पनि नगरपालिका बनाईयो ।

ऐतिहासीक परिचय[सम्पादन गर्नुहोस्]

पहिला नेपालमा बाइसे राज्यचौबिसे राज्य हुँदा एकजना राजाले आफनी मुसी नाम गरेकि एक नोकर्निलाई रुकुममा पठाए। उसले राजालाई रुकुमको कोट भन्ने ठाउँ स्वर्ग झैं सुन्दर भएको भनेर बताईन। राजालाई पनि त्यो ठाउँ निकै मन परेछ र उनले आफ्नो दरबार रुकुममै सारेछन्। उनै राजाले त्यो ठाउँलाई मुसिको नामबाट मुसिकोट राखेछन। उनको दरबारको आजपनि भग्नावशेष छ । [१]

मुख्य संस्थाहरू[सम्पादन गर्नुहोस्]

जिल्ला विकास समिति, जिल्ला प्रशासन, अदालत, प्रहरी कार्यालय, जिल्ला खानेपानी, र्सिंचाई, हुलाक आदि कार्यालय तथा जिल्ला अस्पताल सल्ले, म.प. सिचाई कार्यालय, नेपाल बैकंको शाखा, IME,Global-IME बैकं, नापि कार्यालय, दूरसंचार कार्यालय, निर्वाचन कार्यालय, जि.टि.जेड., मालपोत, शिक्षा,महिला तथा बालबालिका कार्यलय, UNO,UNESCO,UNICEF,WFP,सिविन नेपाल ,रेडियो सानिभेरी, रेडियो सिस्ने, रेडियो उतरगंगा आदि कार्यालयहरु रहेका छन।

शिक्षण संस्थाहरू[सम्पादन गर्नुहोस्]

जिल्ला शिक्षा कार्यालय, श्री त्रिभुवण जनता उच्च माध्यमिक विद्यालय (यो रुकुमकै सबभन्दा पुरानो र ठूलो विद्यालय हो) । यसको स्थापना वि.स.२००९ मा भएको हो । बहूमुखि क्यामपस, न्यु मुनलाईट बोर्डिङ, प्याबसन रूकुम आदि

मन्दिर[सम्पादन गर्नुहोस्]

मुख्य धार्मिक स्थलको रूपमा डिग्रे मन्दिर, कालिका मन्दिर आदि ।

श्रोत सामग्री[सम्पादन गर्नुहोस्]

  1. रुकुमको स्यालापाखामा बस्ने कर्ण ब. पुन र कृष्णी पुन

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]