वाङसिङ देउराली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वाङसिङ देउराली
पूर्व गाविस
वाङसिङ देउराली is located in गण्डकी प्रदेश
वाङसिङ देउराली
नेपालको नक्सामा वाङसिङ देउरालीको अवस्थिति
वाङसिङ देउराली is located in नेपाल
वाङसिङ देउराली
वाङसिङ देउराली (नेपाल)
निर्देशाङ्क: २७°५७′१३″N ८३°३०′४४″E / २७.९५३७२८°N ८३.५१२३५१°E / 27.953728; 83.512351निर्देशाङ्कहरू: २७°५७′१३″N ८३°३०′४४″E / २७.९५३७२८°N ८३.५१२३५१°E / 27.953728; 83.512351
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लास्याङ्जा जिल्ला
जनसङ्ख्या
 • जम्मा२,३७४
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

वाङसिङ देउराली नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, स्याङ्जा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २३७४ रहेको थियो जसमध्ये ९९६ पुरुष र १३७८ महिला रहेका थिए भने यहाँ ६२४ घरधुरी रहेको थियो।[१][२] यो आधिँखोला गाउँपालीका वडा नं ४ मा अवस्थित छ। यहाँ श्रवणकुमारको मन्दिर रहेको छ श्रबणकुमार अन्धा वाआमालाई पानी खुवाउन पुगेको पोखरी रहेको छ, जहाँ श्रवणकुमारलाई बाण लागेको थियो। बाहुन, क्षेत्री, दमाई, कामीसार्की जातिको बसोबास रहेको यो गाउँ दुईतिरबाट सामुदायिक वनले घेरिएको छ । पर्यटकीय क्षेत्र पञ्चासे र डहरे देउरालीको काखमा अवस्थित यस गाविसको छिमेकमा बाँगेफड्के , कास्कीको भदौरे तामागी, पर्वतको आर्थर का साथै विचारी चौतारा, चिलाउनेवाससेतीदोभान गाविस रहेका छन ।

यातायात[सम्पादन गर्नुहोस्]

वाङसिङ देउराली गाविस पुग्नका लागि सिद्दार्थ राजमार्गको फेदीखोला गाविस अन्तर्गत खड्केटारीबाट भाटखोला,बाँगेफड्के गाविस पार गरेर एक पर्यटकीय सडक प्रयोग गर्न सकिन्छ । यसका साथै सिद्दार्थ राजमार्गको पुतलीबजार नगरपालिका अन्तर्गत नौडाँडाबाट नौडाँडा कार्कीनेटा सडकखण्डबाट सेतीदोभान गाविसलाई पार गरेर पनि उक्त स्थान पुग्न सकिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति