सुमेरी भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुमेरी ( 𒅴𒂠 Emegir "मातृभाषा") प्राचीन सुमेरको भाषा हो। यो भाषा वियोजक हो भन्ने भाषाविज्ञहरुको धारणा छ। यो भाषा प्राचिन मेसोपोटामिया (वर्तमानको इराकमा) बोलिन्थ्यो।

अक्कादी भाषाले २००० ईसापूर्व वरिपरिको समयमा (सही मिति बहसजनक छ) बिस्तारै त्यस क्षेत्रमा बोलिने भाषाको रूपमा सुमेरीलाई प्रतिस्थापन गर्न थाल्यो । यद्यपि, पहिलो शताब्दीसम्म सुमेरी भाषालाई अक्कादी-भाषी मेसोपोटामियाली राज्यहरू जस्तै एसेरिया र बेबिलोनियामा पवित्र, औपचारिक, साहित्यिक र वैज्ञानिक भाषाको रूपमा प्रयोग भइरहयो ।

सुमेरी एक पश्चिम एसियाली भाषा वियोजक हो भन्ने मान्यता छ। एक समयमा सुमेरीलाई एक भारोपेली भाषा मानिन्थ्यो, तर पछि यो विचार लगभग सर्वसाधारण रूपमा अस्वीकृत हुन पुग्यो। यस भाषाको व्याख्यापछि, यसलाई विभिन्न भाषाहरूसँग सम्बन्धित गर्न धेरै प्रयासहरू भएका छन्। यो पहिलो लेखित भाषा भएकोले, यसलाई विशेष प्रतिष्ठा प्राप्त भएको कारणले, भाषागत नाताको प्रस्तावहरूले कहिलेकाहीँ राष्ट्रियतावादी रुप लिएर, सुमेरियनलाई विभिन्न भाषापरिवार जस्तै अष्ट्रोएसियाली, द्रविड , युरालिक, र तिब्बर्मेली जस्ता भाषापरिवारसँग जोड्ने प्रयासहरू गरेका छन्। तुर्केली राष्ट्रियतावादीहरूले सुमेरियनलाई तुर्की भाषा भनेर दाबी गरेका छन।  यस्ता प्रस्तावहरू आधुनिक भाषाविद्, सुमेरोलोजिस्ट र असीरियोलोजिस्टहरूको बीचमा लगभग कुनै समर्थन प्राप्त गर्दैनन् र सामान्यतया कपोलकल्पित सिद्धान्तका रूपमा देखिन्छन्।