हिले बजार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हिले
सहर
हिले बजारको सुन्दर ढृश्य
हिले बजारको सुन्दर ढृश्य
देश नेपाल
अञ्चलकोशी
जिल्लाधनकुटा
हुलाक कोड
५६८०६
क्षेत्रीय सङ्केत०२६

हिले बजार समुन्द्रि सतहबाट करीब १,९५० मीटर उचाईमा अवस्थित हिलेबजार धनकुटा नगरपालिका वडा नं. १मा अवस्थीत छ । कोशी राजमार्ग हिले बजारबाट अघि बढेर तेह्रथुम जिल्ला तर्फगएको छ भने भोजपुर जाने सडक पनि यहाँबाटै छुट्टिएको छ। धनकुटा जिल्लाको रमणीय बजार हिले एउटा व्यापारीक केन्द्र पनि हो । यहाँ पर्यटकहरूकालागि सुविधाजनक होटल, लजहरू उपलव्ध छन् ।

वर्षैभरि चिसो हावापानी रहने हिलेमा पनि चिसो वातावरणमा रमाउन चाहने मानिसहरू वर्षै भरी आइरहन्छन् । पारखिहरूका लागि हिलेको "तोङवा" र सुकुटी प्रशिद्ध छ । यहाँ एउटा आकर्षक वौद्ध गुम्बा पनि छ । तेह्रथुम जिल्लाको बसन्तपुर यहाँबाट नजीकै पर्छ भने उत्तरपानीपाख्रिबास झनै नजीकै पर्छन ।[१]

भूगोल[सम्पादन गर्नुहोस्]

हिले बजारको मध्ये बस्ती

हिले नेपालको पूर्वी भागमा कोशी प्रदेशको धनकुटा जिल्लामा अवस्थित एउटा सानो सहर हो। यो पहाडमा अवस्थित छ र सुन्दर पहाड र जंगलले घेरिएको छ। यो सहर समुद्र सतहबाट लगभग १,९४८ मिटर (६,३९१ फीट) को उचाइमा अवस्थित छ र लगभग ६.७३ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ।

सुविधा[सम्पादन गर्नुहोस्]

हिले बजार आफ्नो परम्परागत खाना र पेय, टोङ्बा र सुकुटी सहित, लोकप्रिय स्थानीय विशेषताहरु को लागी प्रसिद्ध रहेको छ। यस बजारमा आगन्तुकहरूलाई सहरको प्रवेशद्वारमा टोङ्बाको ठूलो मूर्तिद्वारा स्वागत गरिन्छ। यो सहर धनकुटा जिल्लाको आर्थिक गतिविधिको प्रख्यात केन्द्र हो, यहाँ धेरै होटलहरू, क्लिनिकहरू, भाँडाहरू र फेन्सी सामानहरू बेच्ने पसलहरू, ग्यास स्टेशनहरू, र शैक्षिक संस्थाहरू रहेको छ।

चित्र दिर्धा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]