सामग्रीमा जानुहोस्

हेलम्बू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(हेलम्बुबाट अनुप्रेषित)
हेलम्बू
पूर्व गाविस
हेलम्बू is located in बागमती प्रदेश
हेलम्बू
नेपालको नक्सामा हेलम्बूको अवस्थिति
हेलम्बू is located in नेपाल
हेलम्बू
हेलम्बू (नेपाल)
निर्देशाङ्क: २७°४१′N ८५°५४′E / २७.६८°N ८५.९०°E / 27.68; 85.90निर्देशाङ्कहरू: २७°४१′N ८५°५४′E / २७.६८°N ८५.९०°E / 27.68; 85.90
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुपाल्चोक जिल्ला
जनसङ्ख्या
 • जम्मा२,५६४
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

हेलम्बू नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २५६४ रहेको थियो जसमध्ये १२५८ पुरुष र १३०६ महिला रहेका थिए भने यहाँ ६५६ घरधुरी रहेको थियो।[१][२]

यो सिन्धुपाल्चोक जिल्लको रमणिय पर्यटकीय स्थल पनि हो| सुन्दरीजलबाट थारेपाटी पुगेपछि गोसाइँकुण्ड र हेलम्बू जाने बाटो छुटिन्छ । देब्रे लागे गोसाइँकुण्ड र दाहिने लागे हेलम्बू। सुन्दरीजलदेखिको तीन दिनको हिँडाइले थकाइ लागेको हुनाले यो रात थारेपाटीमै बास बस्नुपर्दछ। भोलिपल्ट दाहिनेतिरको 'रालो बाटो लागेपछि हेलम्बू भेकको यात्रा शुरु हुन्छ। यहाँबाट पूर्व सिन्धुसम्मको दृश्य देख्न सकिन्छ।

यो भेक घुम्नाले पूरा हेलम्बू क्षेत्रको रमणीय दृश्यावलोकन गर्न र धार्मिक-सांस्कृतिक विषयको जानकारी पाउन सकिन्छ। शेर्पाको आतिथ्य सत्कार, सरसफाइ, चीज, गुम्बा र गुजुमुज्ज घरहरूमा फहराइरहेका झ्ण्डा अध्ययनका नयाँनयाँ विषय हुन्। हेलम्बूका स्याउ चर्चित मात्र हैनन्, सुन्दरीका गालाको तारीफमा सबैभन्दा बढी प्रयोग हुने बिम्व पनि बनिसकेका छन्।

मेलम्ची गाउँ, २५९१ मि

जिल्ला सदरमुकामबाट १४ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १८५.५० वर्ग किलोमिटर छ। हेलम्बुको पूर्वी सिमानामा बरुवा गाविस पश्चिममा काठमाडौ जिल्ला. नुवाकोट जिल्ला. रसुवा जिल्ला उत्तरमा तिब्बत र दक्षिणमा इचोक तथा किउल गाविसहरू पर्दछन्। हेलम्बु गाविस पाल्चोक थुम अन्तर्गत पर्दछ। हेलम्बु गाविसले आफ्नै पहिचान बोकेको छ। चिसो हावापानी पाइने हेलम्बु जिल्लाकै एक आकर्षक गाविस हो। प्राकृतिक रूपमा निकै सुन्दरताका साथै साँस्कृति रूपमा पनि हेलम्बुको आफ्नै विशेषता छ। हिमाली शेर्पा संस्कृतिमा धनी चिसो हावापानी मनोरम हिमश्रृङ्खला आदिले जो कोही पर्यटकलाई हेलम्बुले लोम्भ्याउदछ। सिन्धुपाल्चोक जिल्लामा नै बढी स्याउ उत्पादन हुने गाविस हेलम्बु हो। उर्जा उत्पादनमा हेलम्बुमा हेलम्बु साना जलविद्युत परियोजनाको निर्माण गरिएको छ। जिल्ला निर्वाचन क्षेत्र नम्बर तीन अन्तगर्त पर्ने हेलम्बुको वि.सं. २०५८ सालमा साक्षरता दर ३९ घरपरिवार संख्या ५८९ र कुल जनसङ्ख्या २६७९ थियो।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  3. "हेलम्बु- मेरोसिन्धु डट कम", मेरोसिन्धु डट कम, अन्तिम पहुँच २०११-०८-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-११ मिति