अञ्जु पन्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अञ्जु पन्त
अञ्जु पन्त सिड्नीमा एक कार्यक्रममा
व्यक्तिगत विवरण
जन्मसन् १९७७
पेशागायन
सक्रिय वर्षसक्रिय
वेबसाइटanjupanta.net/about-anju-panta

अञ्जु पन्त नेपाली गायिका हुन् । नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित गीतहरू गाएकी छिन् जसमध्ये न बिर्सें तिमीलाई..., म तिमी बिना मरीहाल्छु, भुन भुन बोल्यो भमरा आदि रहेका छन् । उनले हालसम्म १८ वटा नेपाली चलचित्रका लागि गीत गाईसकेकी छिन् भने सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जादु छरिसकेकी छिन् । पाँचथरको आठराईकी आमा मनु योञ्जन र काठमाडौंँ नजिक फफिर्ङका विष्णु पन्तकी छोरी अञ्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी छिन् । उनको सर्वप्रिय गीत ' तिम्ले पराइ ठाने पछि पराइ हुन के भयो र " (शब्द लोकराज अधिकारी संगीत सन्तोष श्रेष्ठ ) नेपालको मोबाइल रिङ्ग ब्याक टोन CRBT मा सर्बाधिक २,८२,७५७ पटक डाउनलोड भएको छ । जुन गित मोबाइलबाट डाउनलोड गरिएको नेपालको सर्वाधिक डाउनलोडेड गीत हो । जुन गीत को डाउनलोड रेकर्ड अहिले सम्म अरुले तोडन सकेका छैनन ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

राजेश पायल राई र अञ्जु पन्त, सिड्नीमा साङ्गीतिक प्रस्तुति दिदै

०५२/०५३ सालतिर कृष्णमान डङ्गोलसँग औपचारिक सङ्गीत सिक्न थालेको बताउने पन्तले त्यसै अवधितिर गुरूकै सङ्गीतमा रेडियो नेपालमा 'मनवा मन नै योगी बनाऊ' बोलको भजन रेकर्ड गराएकी थिइन् । आफ्नो भाग्यको कारण डङ्गोल जस्ता गुरु पाएको बताउँदै पन्त त्यसपछि सुरु भएको गायन यात्रा अहिले सार्थक भए जस्तो महसुस गर्छिन् । मनोज शिवाकोटिसँग विवाहित उहाँको एक छोरी (परिशोतिका) छिन| यी गायिका इसाई धर्म मान्छिन् ।

विवादहरू[सम्पादन गर्नुहोस्]

२०१४ को सेप्टेम्बर ५ मा एउटा अनलाइन पत्रिकामा उनले हिन्दु धर्मको देवताहरूको नाम भएको र आफूले त्यस्तो गीत नगाउने भनेर गीत गाउन अस्विकार गरेको खबर आएपछि सामाजिक सन्जालहरूमा उनको व्यापक आलोचना भएको थियो ।[१] पछि उनले उक्त आरोप अस्विकार गर्दै आफूले बिरामी भएर उक्त गीत नगाएको बताएकी थिइन् । उनले केहि समय अगाडि आफ्नो धर्म हिन्दुबाट परिवर्तन गरेर ईसाई बनेकी छिन्।[२][३][४][५][६]

अवार्डहरू[सम्पादन गर्नुहोस्]

२००९ को डिसेम्बरमा भएको क्लोज अप हिट्स एफएम म्युजिक अवार्डको तेह्रौँ संस्करणमा उनले उत्कृष्ट गायिका, वर्षको उत्कृष्ट रेकर्डेड गीत "नबिर्से तिमीलाई न पाए तिमीलाई" सहित अधिकांश अवार्डहरू जितेकी थिइन् ।[७]

लोकप्रिय गीतहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. The Global Dispatch. ". Sep 27th, 2014
  2. "Clarification on Official page"  वेब्याक मेसिन अभिलेखिकरण २०१४-११-११ मिति
  3. "Musickhabar.com page" 
  4. "Official facebook page" 
  5. "Media misinterpreted my statement" 
  6. "Anju Panta clarifies the controversy", Nepal Toronto.com, सेप्टेम्बर २०१४, अन्तिम पहुँच ११ अक्टोबर २०१४ 
  7. Karmacharya, Avash (१८ डिसेम्बर २००९), "Anju Panta grabs limelight at Hits Award", MyRepublica (Kathmandu), अन्तिम पहुँच ८ सेप्टेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ८ सेप्टेम्बर २०१४ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]