उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्र:उद्योग मन्त्रालय.png
उद्योग मन्त्रालयको भवन सिंह दरवार परिसर भित्र रहेको छ।

उद्योग मन्त्रालय नेपालमा औद्योगिक प्रवर्दन,निकासी प्रवर्द्धन, वैदेशिक लगानीको व्यवस्थापन र नियमन, बहुपक्षीय, क्षेत्रीय तथाद्विपक्षीय व्यापारको सुदृढीकरण, औद्योगिक वातावरण संरक्षण, सरकारी उद्योगहरूको व्यवस्थापन,खनिजजन्य वस्तुहरूको उत्खनन्, कम्पनी प्रशासन सञ्चालन र उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्थापन, गुणस्तर परीक्षण एवम् बजार अनुगमन लगायतका कार्यहरू गर्दछ। मुलुकको र्सवाङ्गीण विकासका लागि उद्योग,वाणिज्य तथा आपूर्ति क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको छ। राष्ट्रिय अर्थतन्त्रको बलियो आधार स्तम्भको रूपमा रहेको उद्योग वाणिज्य क्षेत्रकोविकास र प्रबर्द्धन एवं उपभोग्य वस्तहु रूको आपूर्ति व्यवस्थापन गनर्ने गहन जिम्मवारी उद्यागे ,वाणिज्य तथा आपूर्ति मन्त्रालयले लिएको छ। विगतमा ३ वटा क्षत्रेलाई समेट्ने गरी छुट्टाछुट्टै मन्त्रालयहरू उद्योग, वाणिज्य तथा आपूर्ति अलग अलग मन्त्रालय भए पनि २०५७ वैशाख देखि एउटा मन्त्रालयको रूपमा आवद्ध भएको हो।

परिचय[सम्पादन गर्नुहोस्]

उद्योग मन्त्रालय उद्योग र वाणिज्य क्षेत्रको विकास र प्रवर्द्धनका लागि मुलुकले उदार र प्रतिस्पर्धात्मकबजारमुखी अर्थतन्त्रको संरचना भित्र निजी क्षेत्रको क्रियाशील सहभागितामा अघि बढ्ने प्रयत्न गरिरहेको छ। प्रत्यक्ष वैदेशिक लगानी भित्र्याई निर्यात व्यापारमा वृद्धि ल्याउनका लागि अन्तर्राष्ट्रिय व्यापारलाई Rule Based Globalization Processमा आवद्ध गरी व्यापार विविधिकरण रप्रतिस्पर्धात्मक क्षमता वृद्धिकासाथ उपलव्धी हासिल गर्ने नीति अवलम्वन गरिएको छ। मन्त्रालयलेयस नीतिलाई कार्यरूप दिँदै मन्त्रालयसँग सम्वद्ध कार्यहरूको प्रभावकारी कार्यान्वयन गर्नेजिम्मेवारीलाई उच्च प्राथमिकताकासाथ बहन गर्दै गरिवी निवारणमा यस क्षेत्रको अर्थपूर्णयोगदान सुनिश्चित गर्न क्रियाशील रहेको छ।

दिगो औद्योगिक आधारशीला तयार गरी निर्यात व्यापार वृद्धिको माध्यमबाट देशको आर्थिकवृद्धिमा यस क्षेत्रको योगदान बढाउने र गुणस्तरयुक्त उपभोग्य वस्तुहरूको आपूर्तिलाई सरल, सहज र विश्वसनीय बनाउने उद्देश्यका साथ अघि बढी रहेको उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्रालयको कार्य क्षेत्र पनि व्यापक रहेको छ।

विश्व व्यापार सङ्गठन (WTO)मा नेपालको सदस्यता, दक्षिण एसियाली स्वतन्त्र व्यापारक्षेत्र (SAFTA)मा प्रवेश र BIMSTEC स्वतन्त्र व्यापार प्रणालीमा आबद्ध भएपछि नेपालको बहुपक्षीय तथा क्षेत्रीय व्यापार प्रणालीबाट राष्ट्रिय हीत अनुकूल कसरी लाभ लिने, सेवा रवस्तुहरूको अन्तर्राष्ट्रिय व्यापार र वैदेशिक लगानीका क्षेत्रमा देखिएको तीव्र प्रतिस्पर्धाको सामना गर्न आफ्नो प्रतिस्पर्धात्मक क्षमता कसरी बढाउने, प्रत्यक्ष विदेशी लगानी कसरी भित्र्याउने रसेवा वा वस्तुको अन्तर्राष्ट्रिय बजारमा रहेका अवसरहरू कसरी उपयोग गर्ने भन्ने कार्यहरू चुनौतीपूर्ण देखिएका छन्।

उपयर्त्तु पृष्ठ ठभूमिमा अगाडिका चुनौतीहरूको सामना गदर्दै अवसरहरूको अधिकतम उपयाग गर्न तुलनात्मक लाभका क्षेत्रहरूलाई प्रतिस्पर्धात्मक बनाई सरकारी तथा निजी क्षेत्रको प्रयासमा वातावरणीय क्षत्रेमा पर्ने प्रितकलू पभ्रावलाई न्यूनीकरण गर्दै घरेलु तथा साना उद्योगको प्रवर्द्धन रविकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्‍याउने, अर्थतन्त्रको आधारस्तम्भको रूपमारहेको वैदेशिक व्यापारलाई लाभदायी हुने गरी दिगो औद्योगिक विकास हासिल गर्ने र व्यापार क्षेत्रलाई विश्वव्यापीकरण प्रक्रियामा आवद्ध र एकीकृत गरी प्रतिस्पर्धात्मक र बजारमुखी बनाउनेमूल उद्देश्यकासाथ उद्योग,वाणिज्य तथा आपर्ूर्ति मन्त्रालय अघि बढी रहेको छ।

उद्देश्यहरू[सम्पादन गर्नुहोस्]

उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि निर्धारित उद्देश्यहरू निम्नानुसार छन्

  • निजी क्षेत्रलाई आवश्यक प्रोत्साहन र सहयोगको माध्यमबाट औद्योगिक उत्पादनमा वृद्धि एवंविस्तार गरी कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदानमा अभिवृद्धि गर्ने।
  • साना तथा घरेलु उद्योग र लघु उद्यमको माध्यमबाट ग्रामीण क्षेत्रमा स्वरोजगारी तथारोजगारीका अवसरहरू सिर्जना गरी ग्रामीण जनताको आय र क्रयशक्ति वृद्धि गर्दै गरीबी घटाउनमा मद्दत गर्ने।
  • तुलनात्मक लाभका क्षेत्रहरूमा बढी भन्दा बढी विदेशी लगानी तथा उपयुक्त प्रविधि भित्र्याईऔद्योगिक प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि गर्ने।
  • निजी क्षेत्रको उच्चतम सहभागितामा वाणिज्य क्षेत्रलाई उदार, प्रतिस्पर्धात्मक एवं बजारमुखीबनाई आन्तरिक एवं बाहृय व्यापारबाट प्राप्त प्रतिफललाई जनस्तरमा पुर्‍याउने तथा
  • आयातलाई औद्योगिक विकाससँग आवद्ध गर्दै निर्यात प्रवर्द्धनमा जोड दिई कुल गार्हस्थ्यउत्पादनमा यस क्षेत्रको योगदान बढाउँदै लैजाने।
  • निजी क्षेत्रको माध्यमबाट नियमित र र्सवसुलभ रूपमा अत्यावश्यक वस्तुहरूको आपर्ूर्तिव्यवस्था मिलाउने।
  • वस्तु वा सेवाको आपूर्ति मूल्य र गुणस्तरको प्रभावकारी अनुगमन गरी अत्यावश्यकवस्तुहरूमा हुने कालो वजारी र कृत्रिम अभावलाई नियन्त्रण गर्दै उपभोक्ताको हित संरक्षण गर्ने।
  • खाद्य सुरक्षाको आवश्यक व्यवस्था मिलाउने।

कार्यक्षेत्र र जिम्मेवारी[सम्पादन गर्नुहोस्]

नेपाल सरकार (कार्य-विभाजन) नियमावली, २०६४ अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्नुपर्ने मुख्य कामहरू निम्नानुसार छन:

  1. उद्योग, वाणिज्य र अत्यावश्यक वस्तुहरूको आपूर्ति विषयक नीति, योजना तथा कार्यान्वयन सम्बन्धी,
  2. खानी तथा खनिज पदार्थ अन्वेषण सम्बन्धी नीति, योजना तथा कार्यान्वयन सम्बन्धी,
  3. खानी तथा खनिज विकास विषयक अध्ययन, अन्वेषण तथा र्सर्भेक्षण सम्बन्धी,
  4. सरकारी क्षेत्रमा औद्योगिक कार्य सम्बन्धी,
  5. औद्योगिक सङ्घ संस्थाहरू सम्बन्धी,
  6. औद्योगिक क्षेत्रहरू सम्बन्धी,
  7. औद्योगिक नियोगहरू सम्बन्धी,
  8. अन्तर्राष्ट्रिय तथा क्षेत्रीय औद्योगिक संस्थाहरूसँग सर्म्पर्क सम्बन्धी,
  9. वैदेशिक लगानी प्रवर्द्धन सम्बन्धी,
  10. घरेलु तथा ग्रामीण सीप र उद्योगको संरक्षण तथा प्रवर्द्धन सम्बन्धी,
  11. नाप, तौल र गुणस्तर निर्धारण तथा प्रवर्द्धन सम्बन्धी,
  12. औद्योगिक लगानी प्रवर्द्धन सम्बन्धी,
  13. उद्योग, वाणिज्य तथा आपूर्ति सम्बन्धी निगम, संस्थान र कम्पनीहरू सम्बन्धी,
  14. उत्पादकत्व वृद्धि विषयक नीति तथा कार्यक्रम सम्बन्धी,
  15. प्रविधि विकास र प्रविधि हस्तान्तरण सम्बन्धी,
  16. औद्योगिक जनशक्तिको विकास तथा तालीम, अन्वेषण तथा र्सर्भेक्षण सम्बन्धी,
  17. कम्पनी प्रशासन सम्बन्धी,
  18. पेटेण्ट, डिजाइन र ट्रेडमार्क सम्बन्धी,
  19. आन्तरिक तथा अन्तर्रराट्रय व्यापार विषयक अध्ययन, अनुसन्धान र र्सर्भेक्षण सम्बन्धी,
  20. आयात निर्यात व्यापार विषयक नीतिगत निर्ण्रार अन्तर्रराट्रय व्यापारहरू सञ्चालन सम्बन्धी,
  21. वाणिज्य र पारवहन सम्बन्धी सन्धी, सम्झौता, द्विपक्षीय अन्तर सरकारी वाणिज्य वार्ता रतत्सम्बन्धी समीक्षा सम्बन्धी,
  22. राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय, वाणिज्य र पारवहन सम्बन्धी सङ्घ संस्थाहरूसँग सर्म्पर्क,
  23. सहयोग र समन्वय सम्बन्धी,
  24. पारवहन, गोदाम तथा अन्तर्राष्ट्रिय परिवहन सम्बन्धी,
  25. व्यापार, परिवहन र अन्तर्राष्ट्रिय परिवहन सम्बन्धी सूचनाहरूको सङ्कलन, विश्लेषण रसूचनाको आदान प्रदान सम्बन्धी,
  26. आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार सञ्चालनका लागि विभिन्न परिवहनका साधनहरूसम्बन्धी अध्ययन, र्सर्भेक्षण र कम खर्चिलो परिवहन व्यवस्था सम्बन्धी,
  27. अत्यावश्यक वस्तुहरूको आपूर्ति विषयक अध्ययन, अनुसन्धान, र्सर्भेक्षण विश्लेषण तथातालीम सम्बन्धी,
  28. खाद्य वस्तुहरूको आपूर्ति सम्बन्धी नीति र कार्यान्वयन सम्बन्धी,
  29. अत्यावश्यक वस्तुहरूको गुणस्तर सम्बन्धी,
  30. र्सवसाधारण जनताको लागि अत्यावश्यकीय उपभोग्य वस्तुहरूको नियमित र सन्तुलितआपूर्ति व्यवस्था मिलाउने सम्बन्धी,
  31. राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय आपूर्ति सम्बन्धी सङ्घ संस्थाहरूसँगको सर्म्पर्क र समन्वयसम्बन्धी,
  32. बजार व्यवस्था र मूल्य सुपरिवेक्षण सम्बन्धी,
  33. उपभोक्ता हक हीत र अधिकारको संरक्षण सम्बन्धी,
  34. नेपाल इन्जिनियरिङ्गसेवा अर्न्तर्गत माइनिङ्ग, जियोलोजी, केमेष्ट्री, केमिकल, मेटालर्जिकल रमेट्रोलोजी समूह सम्बन्धी नियुक्ति, सरुवा, बढुवा, शुरु नियुक्तिको न्यूनतम शैक्षिक योग्यता र बढुवामा गणना हुने सम्वन्धित विषयको शैक्षिक योग्यताको निर्धारण तथा विभागिय कारवाहीआदि सम्बन्धी।

मन्त्रालय अर्न्तर्गतका निकायहरू[सम्पादन गर्नुहोस्]

विभागहरू[सम्पादन गर्नुहोस्]

संस्थानहरू[सम्पादन गर्नुहोस्]

केन्द्र, प्रतिष्ठान तथा समितिहरू[सम्पादन गर्नुहोस्]