कोयी भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कोई भाषाबाट अनुप्रेषित)
कोइ भाषा
ᤁᤥᤕᤡ; कोयी
क्षेत्रनेपाल
रैथाने(हरू)राई
मातृभाषी वक्ता१,३००
Sino-Tibetan
  • तिब्बत बर्मेलि
    • महाकिराती (?)
      • किराती
        • पश्चिमी
          • दुधकोशी
            • कोइ भाषा
भाषा सङ्केतहरू
आइएसओ ६३९-३kkt

कोयी भाषा नेपालको खोटाङ जिल्लामा बोलिने किराँती भाषाहरूमा पर्ने चीनया-तिब्बती भाषा हो। "कोई" शब्दले भाषा र जनजातिको भन्ने जनाउछ। २०१५ सालको रेकर्ड अनुसार यसको उत्पत्ति " कुयामा " (IPA- kujämä) बाट व्युत्पन्न भएको हुन सक्छ, जसको अर्थ "गाढा" भन्ने हुन्छ। यो अँध्यारो देखिने पहाड ‘लौर्या’ मा रहेको सुङदेलको स्थानसँग जोडिएको पनि हुन सक्छ । यस क्षेत्रमा बसोबास गर्ने मानिसहरू कोयी जातिको रूपमा चिनिन थाले र तिनीहरूले बोल्ने भाषा कोयी भाषा भनेर चिनिन थाल्यो।

भौगोलिक वितरण[सम्पादन गर्नुहोस्]

कोयी भाषा सुङ्देल (रावखोलाको माथिल्लो भाग) र दिप्सुङ गाविस, र उत्तरपूर्वी खोटाङ जिल्ला, कोशी प्रान्तमा बोलिन्छ।

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]