चार्ल्स सि एगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चार्ल्स सि एगर (सन् १९१६-सन् २०१०) युनिसेफका पूर्व कार्यकारी निर्देशक हुन्।

सन् १९१६मा स्विट्जरल्यान्डमा जन्मेका एगर सन् १९४८मा संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)मा काम गर्न थालेका थिए। उनले बुल्गेरियामा आपतकालिन सेवा प्रमुख भई काम गरे। त्यसपछि उनलाई विश्वका विभिन्न क्षेत्रमा खटाइयो। सन् १९६७मा कार्यकारी निर्देशक बनेका एगर सन् १९८१मा सेवानिवृत्त भएका थिए। उनीपछिका कार्यकारी निर्देशक जेम्स ग्य्रान्टले एगरलाई एक उर्जाशिल अग्रजका रूपमा बयान गर्थे।

उनले नेपाललगायत युरोप, मध्यपूर्व, दक्षिण तथा मध्य एसियाका बालबालिकाका लागि युनिसेफमार्फत काम गरे। उनको सन् २०१० अक्टोबर १२मा निधन भयो।