चित्तधर हृदय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्तधर हृदय
Chittadhar Hridaya
चित्तधर हृदय
चित्तधर हृदय
जन्ममे १९, सन् १९०६
न्यत तुंछें, काठमाडौँ
मृत्युजुन ९, सन् १९८२
पेशासाहित्य
भाषानेपाल भाषा
राष्ट्रियतानेपाली

चित्तधर हृदय (मे १९, सन् १९०६- जुन ९, सन् १९८२) एक नेपाली कवि थिए। उनले नेपाली र नेपाल भाषामा रचनाहरू गरेका छन्। उनलाई २०औँ शताव्दीका महान् नेपाली साहित्यकार मध्ये एकको रूपमा गनिने गरिन्छ।[१] उनलाई सन् १९५६मा नेपाली राजा महेन्द्रले कवि केशरीको पदवी दिएका थिए।[२] उनका प्रायः रचनाहरू नेपालभाषामा छन्। साथै, केही रचनाहरू नेपाली र हिन्दी भाषामा पनि छन्।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

उनको जन्म न्यत तुंछें, काठमाडौँमा ल्हासामा व्यापार गर्ने तुलाधर थरको परिवारमा भएको थियो।[३] उनको परिवारको ल्हासामा व्यापार गृह थियो।[४] उनले आफ्नो परम्परागत पेशा त्यागेर नेपालभाषाको साहित्य श्रृजनामा आफ्नो जीवन बिताए। उनको पिता द्रव्यधर तुलाधर र माता ज्ञानलक्ष्मी तुलाधर थिए। उनले ज्ञानप्रभा कंसाकारसँग सन् १९१९मा विवाह गरेका थिए।[५]

Gallery[सम्पादन गर्नुहोस्]

सभ देखी[सम्पादन गर्नुहोस्]

नेपाली लेखकहरूको सूची

स्रोत[सम्पादन गर्नुहोस्]

  1. "Sugata Saurabha: An Epic Poem from Nepal on the Life of the Buddha by Chittadhar Hridaya", Oxford Scholarship Online, अन्तिम पहुँच १ मार्च २०११ 
  2. Sthapit, Arhan (२५ फेब्रुअरी २००८), "Oxford publishes Nepali epic in English", The Rising Nepal, अन्तिम पहुँच २८ फेब्रुअरी २०११  वेब्याक मेसिन अभिलेखिकरण २४ जुलाई २०११ मिति
  3. Lall, Kesar (2002). Mimmanahpau: Letter from a Lhasa Merchant to his Wife by Chittadhar Hridaya. New Delhi: Robin Books. ISBN 8187138556. Page 5.
  4. Turin, Mark (२०-२६ सेप्टेम्बर २००२), "Lovesick, homesick or simply sick of Tibet", Nepali Times, अन्तिम पहुँच १ मार्च २०११ 
  5. Bajracharya, Phanindra Ratna (2003). Who's Who in Nepal Bhasa. Kathmandu: Nepal Bhasa Academy. Page 41.